• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    रक्सौलमा तीनदिने धर्म संसद सम्पन्न, हिन्दु राष्ट्र घोषणा र गौमातालाई ‘राष्ट्रमाता’को मान्यता दिन माग

  • वीरगंज संजाल
  • Aug 1, 2026, 2:12 pm
  • ०

    वीरगंज | अभिलाष गुप्ता
    रक्सौल साउन १६

    गुरु पूर्णिमाको अवसरमा भारतको सीमावर्ती सहर रक्सौलमा आयोजित तीनदिने धर्म संसद धार्मिक तथा भक्तिमय वातावरणबीच सम्पन्न भएको छ। कार्यक्रममा भारत र नेपालका विभिन्न सन्त–महात्मा, अखाडाका प्रतिनिधि तथा हजारौँ श्रद्धालुको उल्लेखनीय सहभागिता रहेको थियो।

    धर्म संसदमा सनातन धर्मको संरक्षण, गौसंरक्षण, धार्मिक एकता तथा सांस्कृतिक संरक्षणसँग सम्बन्धित विभिन्न प्रस्ताव सर्वसम्मत रूपमा पारित गरिएको आयोजकले जनाएको छ।

    धर्म संसदका संयोजक जगतगुरु वामाचार्य सेवक संजयनाथजी महाराजले धर्म संसदको उद्देश्य समाजलाई सनातन संस्कृति, आध्यात्मिक मूल्य र राष्ट्रसेवाप्रति जागरूक गराउनु रहेको बताउनुभयो। उहाँले भारत र नेपालका सन्तहरूको ऐतिहासिक संगमले धार्मिक एकता, सामाजिक सद्भाव तथा मानव कल्याणको सशक्त सन्देश दिएको उल्लेख गर्दै धर्म, संस्कृति र नैतिक मूल्यहरूको संरक्षणका लागि सबैले संगठित भएर कार्य गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

    काली सेनाकी राष्ट्रिय प्रमुख पार्वती तिवारीले धर्म संसद केवल धार्मिक कार्यक्रम मात्र नभई सनातन संस्कृति, सामाजिक समरसता तथा भारतीय परम्पराको संरक्षणका लागि प्रभावकारी मञ्च भएको बताउनुभयो। उहाँले धर्म संसदबाट पारित प्रस्तावहरू सन्तहरूको सामूहिक चिन्तन र संकल्पको प्रतिफल भएको उल्लेख गर्दै गौसंरक्षण, सांस्कृतिक चेतना तथा राष्ट्रहितसँग सम्बन्धित विषयमा शान्तिपूर्ण र संवैधानिक संवादलाई निरन्तर अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो।

    धर्म संसदबाट भारतलाई हिन्दु राष्ट्र घोषणा गर्न, गौमातालाई ‘राष्ट्रमाता’को संवैधानिक मान्यता प्रदान गर्न, सनातन संस्कृति तथा भारतीय परम्पराको संरक्षण र प्रवर्द्धन गर्न तथा समाजमा धार्मिक चेतना अभिवृद्धि गर्दै संगठनात्मक एकतालाई सुदृढ बनाउन आह्वान गर्ने प्रस्ताव पारित गरिएको छ।

    यसैगरी, जम्मु–कश्मीरबाट धारा ३७० हटाइएको तथा अयोध्यामा श्रीराम मन्दिर निर्माण सम्पन्न गराएकोमा भारत सरकारप्रति धन्यवाद प्रस्ताव पारित गरिएको छ। साथै बिहार सरकारसँग गुरुनाथ अखाडालाई आवश्यक सरकारी सुविधा उपलब्ध गराउन आग्रह गरिएको छ।

    धर्म संसदमा अखाडाको परम्पराअनुसार विभिन्न सन्तहरूलाई नयाँ जिम्मेवारीसमेत प्रदान गरिएको छ। नेपालका रामसुरत नाथलाई मण्डलेश्वर, अल्टर बाबालाई भारतको सभापति, बुद्धनाथलाई महामन्त्री, नेपालका कलैया निवासी नागा बाबालाई सेनापति प्रमुख तथा गुरुनाथ भोलानाथलाई अखाडाको महन्त नियुक्त गरिएको जनाइएको छ।

    तीन दिनसम्म सञ्चालन भएको धर्म संसदको सञ्चालन जगतगुरु वामाचार्य सेवक संजयनाथजी महाराजले गर्नुभएको थियो। कार्यक्रममा सहभागी भारत र नेपालका सन्त–महात्माहरूले सनातन धर्मको संरक्षण, सामाजिक सद्भाव, आपसी भाइचारा तथा राष्ट्रहितका पक्षमा संयुक्त रूपमा कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। धर्म संसदमा ठूलो सङ्ख्यामा श्रद्धालु, धर्मगुरु तथा सन्त–महात्माहरूको उत्साहजनक सहभागिता रहेको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
  • गणेश यादवका परिवारसँग आठबुँदे सहमति भयोः गृहमन्त्री गुरुङ
  • शिल्पा शेट्टीले गरिन् पशुपतिनाथको दर्शन (तस्बिरहरू)
  • कुटपिट गर्ने युवक पक्राउ, भ्रामक हल्लाको पछि नलाग्न पर्सा प्रहरीको अपिल
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रक्सौलमा तीनदिने धर्म संसद सम्पन्न, हिन्दु राष्ट्र घोषणा र गौमातालाई ‘राष्ट्रमाता’को मान्यता दिन माग

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    गणेश यादवका परिवारसँग आठबुँदे सहमति भयोः गृहमन्त्री गुरुङ

    शिल्पा शेट्टीले गरिन् पशुपतिनाथको दर्शन (तस्बिरहरू)

    कुटपिट गर्ने युवक पक्राउ, भ्रामक हल्लाको पछि नलाग्न पर्सा प्रहरीको अपिल

    धनुषामा कर्फ्यू हट्यो, निषेधाज्ञा जारी

    विश्वव्यापी पत्रकारिता सहकार्यका लागि अन्तरमहादेशीय पत्रकार सञ्जाल र सार्क पत्रकार मञ्चबीच तीन वर्षे समझदारी

    अभिभावकहरूलाई मधेस सरकारको अपीलः अत्यावश्यक कामबाहेक आफ्ना छोराछोरीलाई घरबाहिर नपठाउनुहोस्

    नेपाल भारत सीमामा सादा पोशाकमा ‘बीआईटी’: तेस्रो देशका नागरिकहरूको सम्भावित घुसपैठ नियन्त्रण पनि उद्देश्य

    घटनाको भोलिपल्टै सुनसरीमा सरकार पुगेको भए यो तनाव अन्य जिल्लामा फैलिने थिएन: अध्यक्ष अन्सारी

    रक्सौलमा तीनदिने धर्म संसद सम्पन्न, हिन्दु राष्ट्र घोषणा र गौमातालाई ‘राष्ट्रमाता’को मान्यता दिन माग

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    गणेश यादवका परिवारसँग आठबुँदे सहमति भयोः गृहमन्त्री गुरुङ

    शिल्पा शेट्टीले गरिन् पशुपतिनाथको दर्शन (तस्बिरहरू)

    कुटपिट गर्ने युवक पक्राउ, भ्रामक हल्लाको पछि नलाग्न पर्सा प्रहरीको अपिल

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    रक्सौलमा तीनदिने धर्म संसद सम्पन्न, हिन्दु राष्ट्र घोषणा र गौमातालाई ‘राष्ट्रमाता’को मान्यता दिन माग

    News

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    News

    गणेश यादवका परिवारसँग आठबुँदे सहमति भयोः गृहमन्त्री गुरुङ

    News

    शिल्पा शेट्टीले गरिन् पशुपतिनाथको दर्शन (तस्बिरहरू)

    News

    कुटपिट गर्ने युवक पक्राउ, भ्रामक हल्लाको पछि नलाग्न पर्सा प्रहरीको अपिल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑