
वीरगंज । भन्सार जाँचपास गर्ने आफ्नो लाइसेन्स भाडामा लगाएर भन्सार राजस्व ठगी गर्दै आएका भन्सार एजेन्ट भरत भट्टराईको लाइसेन्स विराटनगर भन्सारले तीन महिनाका लागि निलम्बन गरेको छ ।
पहिलो पटकका लागि भट्टराईको लाइसेन्स तीन महिनाका लागि निलम्बन गरिएको हो । विराटनगर भन्सार प्रमुख उमेश श्रेष्ठले अर्को पटक यही प्रवृत्ति दोहोरिए उनको लाइसेन्स खारेज हुने बताएका छन् ।
