• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंजकाे पाँचदिने रात्री बजारमा १ लाखभन्दा बढीले गरे अवलोकन

  • वीरगंज संजाल
  • ३ कार्तिक २०८०, शुक्रबार १७:०१
  • १६०१

    वीरगंज । नेपालीहरूको ठूलो पर्वमध्ये एक दसैँको अवसर पारेर वीरगन्जमा आयोजित पाँच दिने “रात्रि बजार” सफलतापूर्वक सम्पन्न भएको छ । कोभिड महामारीले थलिएको अर्थतन्त्रलाई उकास्ने उद्देश्यका साथ वीरगन्ज महानगरपालिकाले विभिन्न संघ संस्थाहरूसँगको सहकार्यमा यहाँस्थित पूरानो बसपार्कमा असोज २८ गते बडादसैँको पहिलो दिन घटस्थापनादेखि सुरु गरेको पाँच दिने रात्रि बजार बिहीबार सम्पन्न भएको हो ।

    यसअघि महानगरले प्रत्येक महिनाको अन्तिम शुक्रवार र शनिवार गरेर दुई दिनका लागि लगाउने रात्रि बजार यस पटक दसैँको अवसर पारेर पाँच दिनको लागि लगाइएको वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले बताए । उनले पाँच दिनसम्म चलेको रात्रि बजार झन्डै एक लाख आन्तरिक र बाह्य पर्यटकले अवलोकन गरेको दाबी समेत गरे । झन्डै ६० वटा स्टल राखिएको रात्रि बजारमा अवलोकन गर्न आउनेहरूको मनोरञ्जनका लागि खेलकुद सम्बन्धी गतिविधिका साथै विभिन्न सांस्कृतिक एवम् साङ्गीतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।

    स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको बजारमा व्यापार पनि राम्रै भएको व्यवसायीहरूले बताएका छन् । रात्री बजारमा वीरगन्जसहित पर्सा जिल्लाको अन्य स्थानीय तहदेखि छिमेकी जिल्ला बारा र रौतहटसमेतबाट पर्यटकहरू आएको मेयर सिंहले बताए । ‘सामान्यता १० बजे नै बन्द हुने वीरगन्जस्थित नाकालाई पनि रात्रि बजारको अवधिभरि १२ बजेसम्मका लागि खुल्ला गरिएको थियो,’ उनले भने, ‘जसले गर्दा बजारमा भारतीय पर्यटक पनि पुगेका थिए ।’

    बजारमा खानाका विशेष परिकार, लत्ताकपडा, कस्मेटिक, भाँडाकुँडा लगायतका सरसामानका स्टल सहित दैनिक उपभोग्य बस्तुहरू समेत राखिएको थियो । बजारमा प्रत्येक दिन देश र भारतबाट आएका कलाकारहरूले समेत आफ्नो प्रस्तुति देखाएका थिए । घरेलु तथा साना उद्योग कार्यालय, ग्रिन सिटी सामुदायिक सेवा प्रहरी केन्द्र, नेपाली युवा उद्यम मञ्च (एनवाइईएफ) वीरगन्ज, वीरगन्ज साइक्लिङ क्लब, वुमेन्स क्रिएसन र फोरजीआरसँगको समन्वयमा महानगरले रात्री बजारको आयोजना गरेकाे थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह
  • जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण
  • २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री
  • जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    ‘शार्क ट्यांक नेपाल’मा एउटै स्टार्टअपसँग ६ करोडको डिल

    यू-१७ महिला फुटबल टिमको लागि छनोट कार्यक्रम हुने

    मानसिक स्वास्थ्यको चिन्ताबीच जस्टिन बिबरले ल्याए सातौं एल्बम ‘स्वाग’

    चन्द्रागिरिमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, २ जना घाइते

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    News

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    News

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    News

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    News

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑