• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    असोज महिनामा सरकारी राजस्वको वृद्धिदर २१.८७ % धनात्मक

  • वीरगंज संजाल
  • १ कार्तिक २०८०, बुधबार १३:०६
  • १२५७

    असोज महिनामा सरकारी राजस्व वृद्धिदर पछिल्लो १६ महिनायताकै उच्च भएको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार महिनामा गत वर्षको असोजको तुलनामा यो असोजमा २१.८७ प्रतिशतले राजस्व बढेको हो। पछिल्लो १६ महिनाको अवधिमा अघिल्लो वर्षको सोही महिनाको तुलनामा राजस्व वृद्धिदर दुईपटक मात्रै धनात्मक छ । २०७८ असार महिनादेखि यता, २०८० जेठ महिनामा ५ प्रतिशतको धनात्मक देखिएको थियो भने असार, साउन र भदौ महिनामा ऋणात्मक वृद्धिदर भएको थियो।

    २०७८ असार महिनामा एक खर्ब ४८ अर्ब रूपैयाँको राजस्व उठेकोमा २०८० असार महिनामा १६ प्रतिशतले घटेर एक खर्ब २४ अर्ब रूपैयाँ मात्रै उठेको थियो। त्यसपछि लगातार ऋणात्मक राजस्व वृद्धिदर देखिएकोमा २०८० जेठ महिनामा वृद्धिदर धनात्मक भएको थियो। २०७९ जेठ महिनामा ७६ अर्ब रूपैयाँको राजस्व उठेकोमा २०८० जेठमा ८० अर्ब रूपैयाँको उठेको थियो।साउन र भदौ महिनामा भ्याट विवरण बुझाउने अन्तिम दिन (महिनाको २५ गते) सम्म राजस्व बढेको देखिए पनि दुबै महिना १/१ प्रतिशतले राजस्व घटेको महालेखाको तथ्यांक छ।

    असोज महिनामा भने २१.८७ प्रतिशतले राजस्व बढेको छ। २०७९ असोज महिनामा ६४ अर्ब रूपैयाँको राजस्व उठेकोमा यो असोज महिनामा मात्रै ७८ अर्ब रूपैयाँको राजस्व उठेको छ।असोज महिनामा २१ प्रतिशतले राजस्व उठ्दा पनि २०७८ असोज महिनाको तुलनामा यो राजस्व कम छ। २०७९ असोज महिनामा ८६ अर्ब रूपैयाँको राजस्व उठेकोमा गत वर्ष २६ प्रतिशतले घटेको थियो। गत वर्ष असोजमा २६ प्रतिशतको ऋणात्मक राजस्व वृद्धि र चालु वर्षको साउन र भदौमा पनि ऋणात्मक वृद्धिदरको कारण चालु आर्थिक वर्षको तीन महिना (साउन, भदौ र असोज) मा समग्रमा ७.३५ प्रतिशत मात्रै राजस्व वृद्धिदर पुगेको छ। तीन महिनाको अवधिमा सरकारले दुई खर्ब १९ अर्ब ११ करोड रूपैयाँ राजस्व उठाएको छ। चालु वर्षको लागि सरकारले बाँडफाँटसहितको राजस्व १४ खर्ब २२ अर्ब उठाउने लक्ष्य राखेको छ। यो गत आर्थिक वर्षमा उठेको वास्तविक राजस्वको तुलनामा ४८ प्रतिशतले बढी हो।

    अर्थ मन्त्रालयका अधिकारीहरूले आर्थिक अवस्थामा सुधार आएमा चालु ३० प्रतिशतसम्मको वृद्धिदरको सम्भावना देख्छन्। गत आर्थिक वर्षमा राजस्व वृद्धिदर १० प्रतिशतले ऋणात्मक भएको थियो। नेपालको बजेट इतिहासमा ५५ वर्षपछि गत वर्ष राजस्व वृद्धिदर ऋणात्मक भएको हो। साउन, भदौ र असोजमा अपेक्षित राजस्व नउठे पनि कात्तिकबाट क्रमशः सुधार आउने राजस्व सचिव रामप्रसाद घिमिरे बताउँछन्। ‘साउन र भदौको राजस्व गत वर्षकै जस्तै उठ्यो, असोजमा सुधार आयो तर थप बढ्ने अपेक्षा गरिएको थियो’ उनले भने ‘चालु आर्थिक वर्षको बजेटले लिएको कर नीतिको प्रभावको साथै आर्थिक क्रियाकलापमा पनि सुधार देखिएकोले कात्तिकबाट थप सुधार हुनेछ’ उनले भने।सरकारले यो वर्ष भ्याट छुटको सूची घटाएको छ, विलासी शुल्क, वैदेशिक भ्रमण तथा वैदेशिक रोजगार शुल्क लगायतका नयाँ शुल्कको व्यवस्था गरेको कारण पनि राजस्वमा कर नीतिको प्रभाव पर्ने अनुमान गरिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑