वीरगंज । राहुल गुप्ता । भूमि सुधार तथा मालपोत कार्यालय पर्सा लाई घुस र भ्रष्टाचारको अखाडा भएको छ । मालपोत कार्यालय पर्सामा कर्मचारीहरु नै भ्रष्टाचारमा लिप्त रहेको सुचना प्राप्त भएको छ ।सोधपुछ शाखामा कार्यरत नायब सुब्बा मुकेश सिंह,अफताब आलम र जित बहादुर चौधरीले बिना पैसा फाइल अगाडि नबढाउने गरेका छन। बिना पैसाले एउटा पनि काम नगर्ने गरेको सेवाग्राहीले गुनासो गर्दै आएका छन । सेवा ग्राहिले एक फाइलको सोधपुछ को ५००/- देखी १०००/-लिने गरेको गुनासो गरिरहेका छन ।
जग्गाको सम्पुर्ण कागजात ठिक रहेपनी कुनै न कुनै बहाना बनाएर पैसा माग्ने गरेका छन । सेवाग्राहि लाई भोलि पर्सि गरेर धेरै दुख दिनुको साथै फाइल अगाडि नबढाउने उनीहरुको दिनचर्या नै बनेको नाम नबताउने शर्तमा एक सेवाग्राहीले बताए । यसैगरी गरी मुदा फाँटका राजेश्वर साह तेली र रामरेखा चौरसिया,साहेब साह गोढ पनि बिना पैसा नामसारी,दाखा र हालसाबिक गर्न मान्दैन । उनीहरुले प्रति सेवाग्राहीबाट पाँच हजार देखि एक लाख सम्म कमिशन अशुल्ने गरेको र नदिने सेवाग्राहीको फाईल अड्काउने गरेको समाचार प्राप्त भएको छ।
सरकारी पदमा सेवा गर्न बसेका तेली,गोढ र चौरसियाको हर्कतका कारण मालपोत गन्हाउन थालेको छ । श्रोतका अनुसार तेली,गोढ र चौरसिया ले पैसा असुलेर हाकिम सम्म पुर्याउने गरेका छन। नेपाली काँग्रेस निकट रहेका तेली सता र नेताको भक्ती गरेर लामो समय सम्म मालपोत पर्सामा समराज्य खडा गरेर बसेका छन ।नायब सुब्बा सरह कर्मचारी तेलीले छोटो समयमै वीरगंजमा महल ठड्याउने देखि छोरा छोरीलाई बिदेश पढाउने समेत भ्याएका छन । सरकारले उनको सम्पतिको छानबिन कहिले गर्ने हेर्न बाँकी छ।