• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सागढीको जनता माविमा ब्रह्मलुट, शौचालय निर्माणमा ६ र भ्रमणमा साढे ७ लाख खर्च

  • वीरगंज संजाल
  • २० आश्विन २०८०, शनिबार १६:२५
  • २२१७

    वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिका – ३ बढनिहारको पकडियास्थित श्री जनता माध्यमिक विद्यालयअन्तर्गत सञ्चालित प्राविधिक शिक्षालयमा एउटा शौचालय निर्माणका लागि झन्डै ६ लाख रुपैयाँ खर्च भएको पाइएको छ ।
    विद्यालयले सोही वडामा प्राविधिक छात्रावासका लागि भाडामा लिएको भवनको पहिलो तल्लामा शौचालय बनाउनका निमित्त झन्डै ५ लाख ७९ हजार ५०७ रुपैयाँ खर्च गरेको पाइएको हो ।
    सीपयुक्त र रोजगारका लागि उपयुक्त जनशक्तिको आपूर्ति बढाउने उद्देश्यका साथ नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा विद्यालयमा चल्ने व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि (इभेन्ट परियोजना) – दोस्रो अन्तर्गत विद्यालयको व्यवस्थापन समितिले शौचालय निर्माणका लागि प्रस्तावित ६ लाख १० हजार बजेटमध्ये ५ लाख ७९ हजार ५०७ रुपैयाँ खर्च गरेको छ ।
    यद्यपि शौचालय निर्माणमा मुस्किलले एक लाख रुपैयाँ खर्च भएको व्यवस्थापन समितिका अन्य सदस्य र स्थानीय बताउँछन् । बाँकी रहेको रकम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामायण चौधरीले प्रधानाध्यापक मोहन चौधरी र प्राविधिक शिक्षा कार्यक्रमका संयोजक तापेश्वर यादवसँगको मिलेमतोमा अपचलन गरेको व्यवस्थापन समितिकी सदस्य जानकी देवीले आरोप लगाइन ।
    जानकी देवीका अनुसार पहिलो तल्लामा निर्मित शौचालयको लागि सेप्टी ट्याङ्की समेत निर्माण गरिएको छैन । जग्गा खनेर ४ वटा रिङ मात्र राखिएको छ । त्यस्तै शौचालय निर्माण गर्दा प्रयोग भएका सामग्री पनि गुणस्तरहीन रहेको उनको दाबी छ ।
    जानकी देवीको दाबी पत्याउने किसिमका पनि छन् । लामो समयदेखि निर्माण व्यवसायमा आबद्ध रोहित किशोरले पनि शौचालय निर्माणमा एक लाख रुपैयाँ पनि नलगाएको बताए । ‘सेप्टी ट्याङ्कीसहितको शौचालय निर्माण गर्दा पनि त्यत्रो खर्च हुँदैनथ्यो होला, भ्रष्टाचार भएकै छ,’ उनले भने ।
    झन्डै ६ लाख रुपैयाँको लागतमा निर्मित शौचालय ।
    विद्यालयले इभेन्ट परियोजना – दोस्रो मार्फत तिन किस्तामा झन्डै एक करोड २० लाख रुपैयाँ अनुदान रकम प्राप्त गरेको छ । जसमध्ये अधिकांश खर्चे नगरी बिल भरपाई मात्र पेस गरेर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामायण चौधरीले प्रधानाध्यापक मोहन चौधरी र प्राविधिक शिक्षा कार्यक्रमका संयोजक तापेश्वर यादवसँग मिलेर पचाएको स्थानीय लक्ष्मण चौधरी बताउँछन् । ‘तेस्रो किस्तामा विद्यालयले पाएको ६० लाखभन्दा बढी रकममध्ये १० लाख पनि खर्च भएको छैन,’ उनले भने, ‘सबै पैसा यिनीहरूले एक आपसमा बाँडिचुँडी खाएका छन् ।’
    पोसाक खरिदमा ३ लाख खर्च
    शिक्षालयमा पढाउने ६ जना शिक्षकका लागि पोसाक खरिदमा समितिले झन्डै तिन लाख रुपैयाँ खर्च गरेको छ । समितिले सार्वजनिक गरेको इभेन्ट परियोजना दोस्रोको तेस्रो किस्ताको खर्च विवरणमा प्रशिक्षक पोसाक खर्च र परीक्षार्थी भर्ना सूचना सञ्चारका लागि २ लाख ९७ हजार ७४९ रुपैयाँ खर्च देखाइएको छ । हिसाब गर्दा एउटा प्रशिक्षकको पोसाक खरिदमा झन्डै ५० हजार रुपैयाँ खर्च भएको देखिन्छ ।
    समितिकी सदस्य जानकी देवीले पोसाक खरिदमा ३ लाख खर्च गर्नुको औचित्य बारे प्रश्न गर्दै भनिन्, ‘शिक्षकको पोसाक खरिदमा त्यत्रो रकम खर्च कसरी भयो भनेर प्रश्न गर्दा समितिका अध्यक्ष रामायण चौधरीले गोलमटोल जवाफ फर्काउने गरेका छन् ।
    एक दिनको भ्रमणमा साढे ७ लाख खर्च
    विद्यार्थीहरूलाई लागिएको शैक्षिक भ्रमणमा कम साढे ७ लाख रुपैयाँ खर्च भएको देखाइएको छ । विद्यार्थी, शिक्षक, व्यवस्थापन समितिका पदाधिकारीसहितको टोली शैक्षिक भ्रमणका लागि पोखरा जाँदा ७ लाख ५० हजार रुपैयाँ सकिएको खर्च विवरणमा उल्लेख छ । यद्यपि एक दिनका लागि २२ जनालाई भ्रमणमा लग्दा साढे ७ लाख रुपैयाँ खर्च भएको होला भनेर पत्याउने केही आधार छैन ।
    समितिकी सदस्य जानकी देवीले शैक्षिक भ्रमणको नाममा घुमघाम मात्र भएको बताइन । ‘त्यो शैक्षिक भ्रमण पनि थिएन । एक छिनको लागि फेवा ताल घुमाएर फोटो खिँची हामी फर्कैयों । २०-२२ जनालाई एक दिन लग्न, एक दिन बस्न र तेस्रो दिन फर्काउनका लागि साढे ७ लाख रुपैयाँ खर्च भयो भनेर देखाएका छन्,’ उनले भनिन्, ‘कसरी पत्याउने ? म आफै त्यो भ्रमण टोलीमा थिएँ, त्यस्तो खर्च भएको कहीँ कतै पनि देखिनँ ।’
    भ्रष्टाचार भएको छैन : समितिका अध्यक्ष रामायण चौधरी
    विद्यालय व्यवस्थापन समितिले भएको खर्च बारे पारदर्शी तरिकाले जानकारी नदिएको कारण पनि आरोप पुष्टि गर्ने आधार मजबुत बन्दै गएका छन् । समितिका अध्यक्ष रामायण चौधरीसँग आरोपहरूका बारेमा बुझ्न खोज्दा उनले गोलमटोल जवाफ फर्काए । उनले आरोपहरूको खण्डन गर्दै सबै रकम पारदर्शी ढङ्गले समितिका सदस्यहरूको सहमतिले नै खर्च भएको दाबी गरे । यद्यपि शौचालय निर्माण, शिक्षकहरूको पोसाक खरिद, विद्यार्थी भर्नामा भएको अनावश्यक खर्चको विषयमा उनले बोल्न चाहेनन् । ‘कहीँ बढी कहीँ कम भएको होला, तर खर्चहरू विद्यालयको विकासका लागि नै भएका छन्,’ उनले भने ।
    त्यस्तै विद्यालयका प्रधानाध्यापक मोहन चौधरीले पनि आरोपहरूलाई खण्डन गरे । शौचालय निर्माण लगायतका शीर्षकमा भएको अनावश्यक खर्चको विषयलाई उनले ढाकछोप गर्न खोजे । ‘शौचालयमा खर्च देखाइए पनि त्यसबाट बचेको पैसाले सभा हल निर्माण गर्न खर्च गरिएको छ,’ उनले भने, ‘त्यस्तै पोसाक खरिदबाट बचेको पैसा पनि त्यही सभा हल निर्माणमा लगाइएको छ ।’
    यस्तै प्राविधिक शिक्षा कार्यक्रमका संयोजक तापेश्वर यादवले पनि अनावश्यक खर्च भएको आरोपलाई निराधार भन्दै खारेज गरे । उनले आफू कर्मचारी भएको बताउँदै व्यवस्थापन समितिले दिएको आदेशअनुसार काम मात्र गरेको भन्दै आफूमाथि लागेका आरोपहरूबाट उनी पन्छिन खोजे । ‘म कर्मचारी हुँ, त्यो पनि बाहिरबाट आएको । मैले आदेशअनुसार काम गर्ने हो,’ उनले भने ।
    यद्यपि रामायण चौधरीलगायतको दाबीलाई समर्थन गर्ने आधारहरू देखिँदैनन् । ६ जना शिक्षकको पोसाक खरिदका लागि ३ लाख रुपैयाँ खर्चको औचित्य पुष्टि गर्न नसकिने अभिभावक वीरेन्द्र चौधरीले बताए । ‘कुन ब्रान्डको कपडा खरिद गरेका होलान् ? नेपाल सरकारले बनाएको मापदण्ड बाहिर गएर पक्कै पनि खरिद गर्न मिल्दैन, तर यहाँ त्यस्तै भएको छ । यसको औचित्य पुष्टि कसरी गर्ने ?,’ वीरेन्द्र चौधरीले प्रश्न गरे ।
    अभिभावक शिक्षक समितिका अध्यक्ष नन्दलाल चौधरीले पनि इभेन्ट परियोजनाअन्तर्गतका काम गुणस्तरहीन भएको बताए । उनले पनि कम खर्च गरेर बढी देखाइएको आरोप लगाए । उनले एक वर्षदेखि विद्यालयमा अभिभावक शिक्षक समितिको बैठक समेत नबसेको बताए । व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई पटक–पटक आग्रह गर्दा पनि उनीहरूले बैठक नबोलाएको उनको गुनासो छ ।
    ‘विद्यालयमा कस्तो परियोजनाहरू सञ्चालन हुँदै छन् ?, के कति खर्च भयो ?, कस्तो काम भयो ? हामीले सबै जाने अधिकार छ,’ उनले भने, ‘यसका लागि बैठक बोलाउन आग्रह गर्दा अध्यक्ष र प्रधानाध्यापके आलटाल गर्छन् । म अभिभावक समितिको अध्यक्ष बनेदेखि एउटा बैठक पनि बसेको छैन ।’
    मेयरलाई मतलब छैन
    पर्सागढी नगरपालिकाका मेयर गोकर्ण पाठनले जनता माध्यमिक विद्यालयमा सञ्चालित इभेन्ट परियोजनाअन्तर्गत भएका कामसँग आफ्नो सरोकार नभएको बताए । परियोजनाले पालिकासँग समन्वय नै नगरी पैसा सोझै विद्यालयलाई पठाएकोले त्यसअन्तर्गत भएका कामको विषयमा आफू जबाफदेही नभएको उनको भनाई थियो । यद्यपि स्थानीयहरूले गरेको गुनासोको आधारमा अध्ययन गर्नका आफूले विद्यालयबाट फाइलहरू मगाएको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद
  • उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्
  • मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!
  • हत्या अभियोगमा एक जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    भारतलाई निःशुल्क शालिग्राम दिइएको भन्दै गौतमको आपत्ति

    कांग्रेस–एमालेले उपसभामुखलाई हटाउन खोज्दैछन् : सांसद सिंह

    ३ जना मृतावस्थामा फेला

    वीरगन्जमा संजीवनी एकेडमीको शिविरबाट १ सय जना लाभान्वित

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    News

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    News

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    News

    हत्या अभियोगमा एक जना पक्राउ

    News

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑