यूपी प्रदर्शन: मृतक संख्या १६ पुग्यो, १४ को मृत्यु गोली लागेर
वीरगंज संजाल
७ पुष २०७६, सोमबार १३:३६
२८२९
भारतीय संसदबाट पारित नागरिकता संशोधन कानून र एनआरसी विरुद्ध भइरहेको प्रदर्शनका क्रममा उत्तर प्रदेशमा मृतकको संख्या १६ पुगेको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार, प्रहरीको गोली लागेर धेरैको मृत्यु भएको छ ।
१६ मध्ये १४ जनाको मृत्यु प्रहरीको गोली लागेर भएको सञ्चार माध्यमहरुले जनाएका छन् । एक बालकको मृत्यु भागदौडका क्रममा भएको छ भने शरीरमा लागेको चोटका कारण मृत्यु भएको छ ।
भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको सरकारले मुस्लिमलाई विभेद गर्नेगरी कानून ल्याएको भन्दै भारतभर प्रदर्शन भइरहेको छ । प्रशासनले प्रदर्शन रोक्ने प्रयास गरिरहेको छ ।himalkhabar