• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    महिलाको हत्या अभियोगमा पर्साबाट तीन जना पक्राउ

  • वीरगंज संजाल
  • १६ आश्विन २०८०, मंगलवार २०:३८
  • १२०५

    वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–५ मसिहानीकी ५६ वर्षीया कान्तिदेवी विनको हत्या अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। गत असोज १ गते रातको पौने १२ बजेतिर कान्तिको घरमै घाँटी रेटी रड प्रहार गरेर हत्या गरेको अवस्थामा विनको शव फेला परेको थियो। उनको हत्या अभियोगमा स्थानीय तीनजनालाई प्रहरीले पक्राउ गरेको हो। असोज २ गते जगरनाथपुर गाउँपालिका – ५ मसिहानी निवासी ५६ वर्षीय कान्तिदेवी बिनको हत्याको आरोपमा उनकै सहोदर जेठाजु द्वय ५९ वर्षीय चन्द्रिका राउत, ५७ वर्ष अमिरिका राउत बिन बिन र स्थानीय ३६ वर्षीय लालबाबु राउत बिन पक्राउ परेका हुन् । मङ्गलवार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय पर्साले उनीहरूलाई सार्वजनिक गरेको छ । एक्लै बस्दै आएकी कान्तिदेवीसँग रहेको दुई लाख ५० हजार रुपैयाँ चोर्ने नियतले घरमा प्रवेश गरेका तिनै जनाले उनको टाउकोमा धारिलो हतियार प्रहार गरी बेहोस बनाएर घाँटी रेटी हत्या गरेको प्रहरीले जनाएको छ । कान्तिदेवीका श्रीमानको १० वर्षअघि मृत्यु भइसकेको छ भने दुई छोराहरू कामको सिलसिलामा बाहिर बस्दै आएका छन् । तिन जना छोरीहरू समेत विवाह गरेर अन्यत्र बस्दै आएकी छन् ।

    पर्सा प्रहरीका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) कोमल विक्रम शाहका अनुसार असोज १ गते मध्यरातमा चन्द्रिका, अमेरिका र लालबाबु मृतक कान्तिदेवीको फुसको घरमा चोरी गर्न सेन काटेर (सुरुङ खनेर) प्रवेश गरेका थिए । उनीहरू प्रवेश गरेको आवाज सुनेपछि घरमै सुतिरहेकी कान्तिदेवीले ब्युँझिइन । कान्तिदेवी ब्युँझिएपछि उनीहरूबिच विवाद सुरु भयो । त्यही क्रममा होहल्ला भएपछि एक जनाले कान्तिदेवीको टाउकोमा धारिलो हतियारले प्रहार गरेर उनलाई बेहोस बनाए । ‘कान्तिदेवी बेहोस भए पनि आफ्नो पहिचान खुल्ने भयले उनीहरूले सिरानीबाट उनको मुख थुनेर खुर्पी (धारिलो हतियार) ले घाँटी रेटेर हत्या गरे,’ एसपी शाहले भने । पक्राउ परेकामध्ये लालबाबुले प्रहरीलाई बयान दिने क्रममा कान्तिदेवीको हत्या गरेको स्वीकार समेत गरेका छन् ।

    मृतकका एक्ला छोरा अर्जुन मुखिया बिन वैदेशिक रोजगारको सिलसिलामा मलेसियामा रहेको हुँदा नारायणी अस्पतालमा पोस्टमार्टम पश्चात् कान्तिदेवीको शव अहिले पक्राउ परेका जेठाजु चन्द्रिकाले नै बुझेर लगी दाहसंस्कार समेत गरेको एसपी शाहले बताए । आमाको मृत्युको खबर पाएर घर फर्किएका मृतक कान्तिदेवीका छोरा अर्जुनले असोज ७ गते प्रहरीमा किटानी जाहेरी दिएपछि सोही दिन प्रहरीले लालबाबुलाई पक्राउ गरिएको थियो । लालबाबु पक्राउ परेपछि उनले दिएको बयानको आधारमा चन्द्रिका र अमिरिका बिन पनिलाई असोज १४ गते पक्राउ गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु
  • आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान
  • वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता
  • खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    News

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    News

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    News

    १३ लाख बढी मूल्यको काजु बरामद

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑