• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भोलि नेपालसँग भिड्न लागेको भारतीय क्रिकेट टिम कस्तो हो ?

  • वीरगंज संजाल
  • १५ आश्विन २०८०, सोमबार १६:३९
  • १८१७

    चीनमा जारी एसियाली खेलकुदअन्तर्गत पुरूष क्रिकेटको क्वार्टरफाइनलमा भोलि मंगलबार नेपाल र भारतबीच खेल हुँदैछ। नेपाल समूह ‘ए’ को विजेता हुँदै अन्तिम आठमा पुगेको हो। भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान भने वरीयताका आधारमा सिधा अन्तिम आठमा पुगेका थिए। आज ड्रमार्फत् अन्तिम आठमा भिड्ने टिमको टुंगो लाग्दा नेपालको भेट भारतसँग हुने पक्का भएको हो। नेपालले भोलि प्रतिस्पर्धा गर्न लागेको भारतको टिम सिनियर क्रिकेट टिम भने होइन। तर भारतको एसियाली खेलकुदको क्रिकेट टिममा आइपिएल स्टारको जमघट छ। अधिकांश खेलाडीले भारतीय टिमबाट डेब्यू गरिसकेका छन्। युवा खेलाडीले भरिपूर्ण भारतीय क्रिकेट टिमविरूद्धको खेल नेपाली राष्ट्रिय टिमका लागि चुनौतीपूर्ण हुनेछ।

    रुतुराज गायकवाड एसियाली खेलकुदमा भारतीय टिमको कप्तान छन्। गायकवाड आइपिएल टिम चेन्नई सुपरकिंग्समा उत्कृष्ट प्रदर्शन गरेसँगै भारतको राष्ट्रिय टिममा परेका थिए। उनले भारतको राष्ट्रिय टिमबाट चार एकदिवसीय खेल र ११ टी–२० खेल खेलिसकेका छन्। गत वर्ष दक्षिण अफ्रिकाविरूद्धको खेलबाट एकदिवसीय खेलमा डेब्यू गरेका उनले दुई वर्षअघि श्रीलंकासँग खेलेर टी–२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका थिए। यस्तै, टिममा रहेका अर्का ब्याट्सम्यान यशस्वी जैसवालले दुई महिनाअघि वेस्ट इन्डिजविरूद्ध भारतीय टिमबाट टेस्टमा डेब्यू गरेका थिए। आइपिएलमा राजस्थान रोयल्सबाट खेल्ने उनले भारतीय टिमबाट ५ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्।

    आइपिएल २०२३ मा चेन्नई सुपर किंग्सको मिडल अर्डर ब्याटिङको मेरूदण्ड बनेका शिवम दुबे पनि भारतीय टिममा छन्। आइपिएल २०२३ मा उत्कृष्ट प्रदर्शन गरेपछि रिंकु सिंहले आयरल्यान्डविरूद्ध राष्ट्रिय टिममा डेब्यू गरेका थिए। उनलाई एसियाली खेलकुदका लागि पनि भारतीय टिममा स्थान दिइएको छ। आइपिएलको राम्रो प्रदर्शनका कारण विकेटकिपर ब्याट्सम्यान जितेश शर्मा र प्रभसिमरन सिंह टिममा छन्। राष्ट्रिय टिमबाट ३३ टी–२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका तीव्र बलर अर्शदिप सिंह र १५ खेल खेलेका अर्का तीव्र गतिका आवेश खान पनि टिममा छन्। अर्का बलर रवि बिश्नोईले पनि भारतीय टिमबाट १३ टी–२० र एकदिवसीय खेल खेलिसकेका छन्। अलराउन्डर वासिङ्टन सुन्दरले भारतका लागि तीनै फर्म्याटको खेल खेलिसकेका छन्। अर्का अलराउन्डर तिलक बर्माले यसै वर्ष भारतको टी–२० र एकदिवसीय खेलमा डेब्यू गरेका थिए।

    एसियाली खेलकुदका लागि भारतीय टोलीः

    रुतुराज गायकवाड (कप्तान), यशस्वी जैसवाल, राहुल त्रिपाठी, तिलक वर्मा, रिंकु सिंह, जितेश शर्मा (विकेटकीपर), वाशिंगटन सुन्दर, शाहबाज अहमद, रवि बिश्नोई, आवेश खान, अर्शदीप सिंह, मुकेश कुमार, शिवम मावी, शिवम दुबे र प्रभसिमरन सिंह (विकेटकिपर)।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान
  • वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता
  • खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत
  • १३ लाख बढी मूल्यको काजु बरामद
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    News

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    News

    १३ लाख बढी मूल्यको काजु बरामद

    News

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑