वीरगंज । वीरगन्ज महानगरपालिकाको सहयोगमा साहिब दरवार सेवा संस्थानले आयाेजना गरेकाे महिला तथा प्रसुती रोग सम्बन्धि नि:शुल्क स्वास्थ्य शिविरमा महानगरका विभिन्न वडाका गरी ११० जना महिलाकाे स्वास्थ्य परिक्षण गरिएकाे छ ।
वीरगन्जको घणटघरस्थित डाक्टर स्वेता गुप्ताकाे क्लिनकमा आयाेजित शिविरमा वीरगन्ज महानगरपालिका वडा नम्बर ८ गहवा, वडा नम्बर १० आदर्शनगर, वडा नम्बर १८ मनियारी, वडा नम्बर २८ दरदरवा र वडा नम्बर २९ बसडिल्वा र मुसैलीका महिलाहरुकाे स्वास्थ्य परिक्षण गरिएकाे हाे । शिविरमा आएका महिलाहरुलाई राेग अनुसारकाे निशुल्क ओैषधि वितरण पनि गरिएको साहिब दरबार संस्थानकी प्रेरणा श्रेष्ठले जानकारी दिइन् ।
शिविर चलिरहेका बेला वीरगन्ज महानगरपालिका मेयर राजेशमान सिंहले क्लिनिकमा पुगेर शिविरकाे अनुगमनपनि गरेका थिए ।मेयर सिहसंगै संस्थानका अध्यक्ष एंव जसपाका जिल्ला सचिव उमेशलाल सहनी , जसपाका महानगर अध्यक्ष ईश्वरचन्द्र यादव, जसपा नेतृ रमितामाया गुप्ता , संगिता देवीपनि शिविरस्थलमा पुगेका थिए ।