• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    नेपालसँग १० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने भारत सरकारको निर्णय

  • वीरगंज संजाल
  • Sep 4, 2023, 12:07 pm
  • ६०९

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले १० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने प्रतिवद्धता जनाएका छन्। नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापारका लागि प्रारम्भिक सम्झौता भए पछि भारतीय प्रधानमन्त्री मोदीले यस्तो बताएका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चार दिने भारत भ्रमणको क्रममा बिहीवार दुवै मुलुकका ऊर्जा सचिवले दीर्घकालीन विद्युत् व्यापार(लङटर्म पीपीए) सम्बन्धी प्रारम्भिक सम्झौता भएको छ।नेपालका प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा नेपालका ऊर्जा जलस्रोत तथा सिँचाइ सचिव दिनेशकुमार घिमिरे र भारतका ऊर्जा मन्त्री सचिव आलोककुमारले प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका हुन्। हस्ताक्षर गरिएको यो सम्झौता हालसम्म सार्वजनिक भने भएको छैन।भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले १० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने प्रतिवद्धता जनाएका छन्।प्रधानमन्त्री दाहालले दुवै मुलुका राष्ट्र प्रमुखले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै दीर्घकालीन ऊर्जा व्यापारमा सम्झौता भएको जानकारी दिएका हुन्। ‘यो सम्झौताअनुसार भारतले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट विद्युत् आयात गर्नेछ,’ परराष्ट्र मन्त्रालयद्वारा जारी प्रेस वक्तक्यमा भनिएको छ।भारतीय प्रधानमन्त्री मोदीले पनि १० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गरे। मोदीले दुवै मुलुकका राष्ट्र प्रमुखले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै भारतले नेपालबाट ४५० मेगावाट बिजुली आयात गरेको बताउँदै १० वर्षमा १० हजार मेगावाट बिजुली आयात गर्ने बताए।

    प्रधानमन्त्री दाहालले दुवै मुलुका राष्ट्र प्रमुखले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै दीर्घकालीन ऊर्जा व्यापारमा सम्झौता भएको जानकारी दिएका हुन्।सोही भम्रणकै क्रममा नेपालबाट भारत हुँदै बंगलादेशमा ५० मेगावाटसम्मको विद्युत् निर्यात गर्न छिट्टै त्रिपक्षीय सम्झौता हुनेसहमति पनि भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको दौरानमा बिहीवार नयाँ दिल्लीमा तल्लो अरूण जलविद्युत् आयोजनाको पिडिए सम्झौता भएको हो। ६६९ मेगावाटको तल्लो अरूण जलविद्युत् परियोजनाको विकासका लागि परियोजना विकास सम्झौता (पिडिए) भएको छ।नेपालका प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा परियोजनाको पिडिए सम्झौता भएको हो। लगानी बोर्डका कार्यालयका प्रमुख कार्यकारी अधिकृत सुशिल भट्ट र सतलज विद्युत् निगम (एसजेभिएन) का अध्यक्ष तथा प्रबन्ध निर्देशक नन्दलाल शर्माले पिडिएको समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।पिडिए सम्झौता अनुसार एसजेभिएन कम्पनीले सो जलविद्युत् आयोजनाबाट उत्पादन हुने बिजुलीको २१ प्रतिशत अर्थात् १४०.९ मेगावाट बिजुली निःशुल्क उपलब्ध गराउनेछ।लगानी बोर्डको जेठ १४ गते बसेको ५४ औं बैठकले ६६९ मेगावाट क्षमताको तल्लो अरूण जलविद्युत् परियोजनाको विकास गर्न सतलज विद्युत् निगम तल्लो अरूण पावर डेभलपमेन्ट कम्पनीसँग गर्ने पिडिए सम्झौताको मस्यौदा स्वीकृत गरेको थियो। सो परियोजना निर्माणका लागि आवश्यक पर्ने ९२.६८ अर्ब बराबरको लगानी स्वीकृत गरिसकेको।नेपालका प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा परियोजनाको पिडिए सम्झौता भएको हो।बिहीवार नै ४८० मेगावाट क्षमताको फुकोट कर्णाली जलविद्युत् आयोजना भारतीय कम्पनी एनएचपीसीले निर्माण गर्ने सम्झौतासमेत भएको छ। दुवै मुलुकका प्रधानमन्त्रीको उपस्थितिमा सो सम्झौता भएको हो। विद्युत् उत्पादन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सूर्यप्रसाद रिजाल र एनएचपीसीका प्रतिनिधिले सम्झौतामा हस्ताक्षर गरेका हुन्। यस परियोजनाको लागत ६१ अर्ब ८६ करोड रूपैयाँ लाग्ने अनुमान गरिएको छ।

    यो परियोजनामा भारतीय कम्पनीको ५१ प्रतिशत र विद्युत् उत्पादन कम्पनीको सेयर भने ४९ प्रतिशत रहनेछ। प्रधानमन्त्री दाहालले दुवै मुलुकका प्रधानमन्त्रीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै तीन महिनाभित्रै पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवेदन डिपिआर पूरा गरेर अघि बढ्ने सहमति भएको बताएका छन्।‘प्रधानमन्त्री मोदीजी र म तीन महिना भित्र डीपीआर पूरा गरेर पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई अगाडि बढाउन सहमत भयौं,’ प्रम दाहालले भने, ‘यसका लागि हामीले हाम्रा सम्बन्धित अधिकारीहरूलाई द्विपक्षीय छलफललाई तीव्रता दिन निर्देशन दिएका छौं। दुई सरकारले डीपीआर स्वीकृत गरेपछि एक वर्षभित्र कार्यान्वयनको मोडालिटी टुंगिनेछ।’प्रधानमन्त्री दाहालले दुवै मुलुकका प्रधानमन्त्रीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै तीन महिनाभित्रै पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवेदन डिपिआर पूरा गरेर अघि बढ्ने सहमति भएको बताएका छन्।प्रधानमन्त्री दाहालले दुवै मुलुका राष्ट्रप्रमुखको भेटमा जलविद्युत् आयोजनाहरूको कार्यान्वयन र अन्तरदेशीय प्रसारण लाइनहरूको निर्माणमा भएको प्रगतिको बारेमा समीक्षा गरेको बताउँदै सहकार्य गरेर अघि बढ्ने बताए। ‘भारतले नेपालबाट ४५२ मेगावाट विद्युत् आयात गरेकोमा म प्रशंसा गर्न चाहान्छु,’ प्रम दाहालले भने, ‘४५६ मेगावाटको माथिल्लो तामाकोसीसहित नेपालबाट थप १२०० मेगावाट विद्युत् आयातको स्वीकृतिका लागि प्रधानमन्त्री मोदीजीसँग अनुरोध गर्दछु।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी
  • बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता
  • करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा
  • अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    मधेस प्रदेशमा गत आवमा ८२१ उद्योग बन्द

    जनकपुरधामको होटेलमा एक युवती मृत अवस्थामा फेला

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    News

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    News

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    News

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    News

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑