भारतको ओडिशामा चट्याङमा परी कम्तीमा १० जनाको मृत्यु भएको खबर छ ।
समाचार एजेन्सी पिटिआईका अनुसार शनिवार राज्यका थुप्रै इलाकामा भारी वर्षा भएको र त्यति बेला ६ पटक चट्याङ पर्दा कम्तीमा १० जना मारिएका छन् ।
विशेष राहत आयुक्तको कार्यालय अनुसार खोरधा जिल्लामा चार जना र बलाङ्गीरमा दुई जनाको मृत्यु भएको हो । यस्तै, अंगुल, बौध, जगतसिंहपुर र ढेंकानाल जिल्लामा कम्तीमा एक जनाको मृत्यु भएको छ । खोरधा जिल्लामा तीन जना घाइते भएको खबर छ ।