वीरगंज । राहुल गुप्ता । बिरगंजको वडा नं १५ मा रहेको स्पर्श हस्पिटलको लापरबाही ले वीरगंज-१४ ठूलो चिनीमिल पिपरा बस्ने हुलास स्टील कम्पनी सिमरामा कार्यरत ४५ वर्षिय वीरेन्द्र राउत कुर्मीको उपचारको क्रममा ज्यान गएको छ ।
बिहान ७ बजेको समयमा हुलास स्टिल कम्पनीमा हाइड्रा चलाइरहेका बेला दुर्घटनामा परि बिरेन्द्र कुर्मी घाइते भएका थिए । उनको परिवारले जनाए अनुसार उनको दुर्घटना हुदा उनको कम्मरमा चोट लागेको र स्पर्श हस्पिटल ल्याउदा एमर्जेन्सी मा कोइ डाक्टर नभएको र एमर्जेन्सी वाड एउटा हेल्थ असिस्टेन्ट को भरमा चाइको पाइए पछि आफ्नो मान्छेलाई काठमाडौ लग्न खोज्दा पनि त्यस हस्पिटलका डाक्टर ले लैजान नदिएको र राम्रोरी उपचार पनि नगरे आफ्नो मान्छेलाई मारेको आरोप लगाएका छन ।
डाक्टरलाई कारवाही गर्न माग गर्दै मृत्यु भएका विरेन्द्र कुर्मीका आफन्तले हस्पिटल परिसर मा बिरोध गरेका थिए । यो विषयमा प्रहरीलाई जानकारी गराउदा पनि अहिले सम्म कसैलाई कुनै कार्वाही नभएको पीडित परिवारले बताएका छन ।