वीरगंज । पर्साको पोखरीया नगरपालिकामा रहेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रद्वारा प्रसारित इलाकामा विद्युत चोरी गर्ने १२ जना व्यक्तिहरुलाई पक्राउ गरिएको छ ।
नेपाल विद्युत प्राधिकरण पोखरीया वितरण केन्द्रको चुहावट टोली , इलाका प्रहरी कार्यालय पोखरीया र सशस्त्र प्रहरी बल पोखरीयाको सँयुक्त अनुगमन टोलीले विधुत चोरीमा संलग्न १२ जनासहित एउटा स्टेपलाइजर नियन्त्रणमा लिएको हो। अनुगमन टोलिले हुकिङ गरि घरमा बिधुत लगाइएको पाईएपछि नियन्त्रणमा लिएको जनाएको छ ।
विधुत चोरी नियन्त्रण अभियान अन्तर्गत प्राधिकरणसहित प्रहरीको सँयुक्त टोलीले गएराती १० बजेतिर उनीहरुको घरमा हुकिङ गरी बिधुत चोरी गरेको भेटेको थियो । सबैलाई इलाका प्रहरी कार्यालय पोखरीयामा राखेर कार्वाहीको प्रक्रिया अघि बढाईएको जनाईएको छ ।
