• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंजको ठाकुरराम बहुमुखी क्याम्पसको परीक्षमा उत्तरपुस्तिका साट्ने धन्दा चलाएका यादवसहित दुई जना रंगेहात पक्राउ

  • वीरगंज संजाल
  • ३१ श्रावण २०८०, बुधबार १४:३८
  • ३०३७

    वीरगंज । वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको परीक्षमा उत्तरपुस्तिका नै हेरेफेर गरेर उत्तीर्ण गराउने गिरोहका दुई जना बुधबार रङ्गे हात पक्राउ परेका छन् । बुधबार एक विद्यार्थीलाई उत्तीर्ण गराउनका लागि परीक्षामा उत्तरपुस्तिका (कापी) साटेको आरोपमा वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको परीक्षा शाखाका पुर्व प्रमुखसहित दुई जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।प्रहरीले क्याम्पसको परीक्षा शाखाका पुर्व प्रमुख मोहन यादव र त्रिजुद्ध मावि परीक्षा केन्द्रका प्रमुख विनोद स्वर्णकारलाई उत्तरपुस्तिका साट्दै गरेको अवस्थामा रङ्गे हात पक्राउ गरेको हो । ठाकुरराम क्याम्पसमा वर्षौदेखि परिक्षा शाखा प्रमुखका रुपमा कार्यरत यादव , एक महिनापहिले मात्र अवकाश लिएका थिए । हाल उनि वीरगन्जकै हरिखेतान बहुमुखी क्याम्पसको परिक्षा शाखा प्रमुखमा कार्यरत छन् । ठाकुरराम क्याम्पसको बिबिएस दोश्रो वर्षको परीक्षा केन्द्र वीरगन्जकै त्रिजुद्ध माविमा तोकिएको छ ।

    बुधबार बिहान परीक्षा सकिने बेलामा यादवले एक विद्यार्थीले दिदै गरेको परीक्षाको उत्तरपुस्तिकाको सट्टा बाहिरबाट लेखेर ल्याइएको अर्को उत्तरपुस्तिका राख्न भन्दै परिक्षा केन्द्र प्रमुख स्वर्णकारलाई दिदै गरेको भेटिएपछि यादव र स्वर्णकार दुवै जनालाई रङ्गेहात पक्राउ गरिएको वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक विदूर शिवाकोटीले बताए । शिवाकोटीका अनुसार ,त्रिजुद्ध माविको परीक्षा केन्द्रमा ठाकुरराम क्याम्पसको परीक्षा चलिरहेको र त्यहा बाहिरबाट लेखेर ल्याइएका उत्तरपुस्तिका पुस्तिका साट्ने चलखेल भइरहेको सूचना प्रहरीलाई प्राप्त भएको थियो । त्यहि सूचनाको आधारमा बुधबार बिहान प्रहरी निरीक्षक शिवाकोटी नेतृत्वको प्रहरी टोलीले खटिएको थियो । क्याम्पसमा कार्यरत परीक्षा शाखाका बहालवाला कर्मचारी,पूर्व कर्मचारी, प्राध्यापक र केहि विद्यार्थी संगठनका नेताहरुको मिलोमतोमा विद्यार्थीसंग रकम लेनदेन गरी परिक्षामा उत्तरपुस्तिका नै साटेर उत्तीर्ण गराउने धन्दा वर्षौदेखि चल्दै आएको छ । क्याम्पसमै कार्यरत एक कर्मचारीले भने,‘ यो धन्दा वर्षौदेखि चल्दै आएको छ । एउटा विषयको परिक्षामा पास गराउन विद्यार्थीसंग ३० देखि ३५ हजार रुपैयाँ असुली गरिन्छ ।

    परिक्षामा वास्तविक परीक्षार्थीको सट्टा नक्कली परीक्षार्थीलाई बसाएर लेख्न पनि लगाइन्छ ।अनि कापी साट्नेपनि गरिन्छ । यदि खोज्दै जाने हो भने यो धन्दामा क्याम्पसका एकसे एक व्याक्तिहरुको चरीत्र पर्दाफास हुन्छ ।यहि धन्दा बन्द हुने भयो भनेर नै दुई महिना पहिले ठाकुरराम क्याम्पसको परीक्षा केन्द्र अन्य जिल्लामा तोकिएपछि विद्यार्थी संगठनहरुले आन्दोलनपनि गरेको ती कर्मचारीले बताए । बुधबार परिक्षा केन्द्रबाट पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए । दुवै जना विरुद्ध शिक्षा ऐन–२०२८ को दफा १७ अनुसार मुद्धा दर्ता गरि कारबाही प्रकृया अगाडि बढाइने जानकारीपनि उनले दिए । शिक्षा ऐन–२०२८ को दफा १७ मा प्रश्नपत्रको गोपनियता भंग गरेमा वा अरुको परीक्षा दिएमा वा परीक्षाको मर्यादा भङ्ग गरेमा त्यसमा संलग्नलाई कसूरको मात्रा हेरेर १ लाख रुपैयाँ जरीबाना वा ६ महिना कैद वा दुवै सजाय हुनसक्ने उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कालो मसी प्रहार प्रकरण : न्यायाधीशका अंगरक्षकसहित सुरक्षाकर्मीलाई फिर्ता बोलाइयो
  • अनेरास्ववियुमा डाक्टर, इन्जिनियर र वकिल : को–को भए निर्वाचित ?
  • नेपाल–भारत बिचको सम्बन्ध थप सुदृढ बनाउन विकास साझेदारीमा जोड
  • पत्रकारमाथि कुटपिटप्रति महासंघको ध्यानाकर्षण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कालो मसी प्रहार प्रकरण : न्यायाधीशका अंगरक्षकसहित सुरक्षाकर्मीलाई फिर्ता बोलाइयो

    अनेरास्ववियुमा डाक्टर, इन्जिनियर र वकिल : को–को भए निर्वाचित ?

    नेपाल–भारत बिचको सम्बन्ध थप सुदृढ बनाउन विकास साझेदारीमा जोड

    पत्रकारमाथि कुटपिटप्रति महासंघको ध्यानाकर्षण

    उच्च अदालतमा चार जना मुख्य न्यायाधीशमा सिफारिस

    भयानक दुर्घटना भएको भोलिपल्टै एयर इण्डियाकै अर्को अन्तर्राष्ट्रिय उडानमा बमको धम्की !

    संसद् आजैदेखि खुल्छ : महामन्त्री थापा

    साउदी अरेबियाले भन्यो– इरानमा इजरायली आक्रमण ‘अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन’

    थाइल्यान्डबाट नयाँ दिल्ली आउँदै गरेको एयर इन्डियाको विमान आपतकालीन अवतरण

    वीरगन्जका आसिफ अनेरास्ववियुको केन्द्रिय सदस्यमा निर्वाचित

    कालो मसी प्रहार प्रकरण : न्यायाधीशका अंगरक्षकसहित सुरक्षाकर्मीलाई फिर्ता बोलाइयो

    अनेरास्ववियुमा डाक्टर, इन्जिनियर र वकिल : को–को भए निर्वाचित ?

    नेपाल–भारत बिचको सम्बन्ध थप सुदृढ बनाउन विकास साझेदारीमा जोड

    पत्रकारमाथि कुटपिटप्रति महासंघको ध्यानाकर्षण

    उच्च अदालतमा चार जना मुख्य न्यायाधीशमा सिफारिस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कालो मसी प्रहार प्रकरण : न्यायाधीशका अंगरक्षकसहित सुरक्षाकर्मीलाई फिर्ता बोलाइयो

    News

    अनेरास्ववियुमा डाक्टर, इन्जिनियर र वकिल : को–को भए निर्वाचित ?

    News

    नेपाल–भारत बिचको सम्बन्ध थप सुदृढ बनाउन विकास साझेदारीमा जोड

    News

    पत्रकारमाथि कुटपिटप्रति महासंघको ध्यानाकर्षण

    News

    उच्च अदालतमा चार जना मुख्य न्यायाधीशमा सिफारिस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑