• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    गुगलले हरेक वर्ष एप्पललाई किन तिर्छ नेपालको बजेटभन्दा झण्डै दोब्बर बढी रकम ?

  • वीरगंज संजाल
  • २९ श्रावण २०८०, सोमबार १४:४२
  • २०२९

    वीरगंज । गुगल र एप्पल एक अर्काका कडा प्रतिद्वन्द्वी हुन्, यसमा कसैको दुईमत छैन । एउटा कम्पनीले जे जस्ता प्रोडक्ट ल्याएको छ, अर्को कम्पनीले पनि त्यस्तै प्रोडक्ट तथा सेवाहरू ल्याइरहेको हुन्छ । यता एप्पल संसारकै सबैभन्दा मूल्यवान ब्रान्ड हो भने अर्को तर्फ गुगलले संसारमा सबैभन्दा बढी प्रयोग हुने एन्ड्रोइड अपरेटिङ सिस्टमलाई नियन्त्रण गरेको छ । गुगलका कैयौं एपहरू जस्तै गुगल सर्च, म्याप्स, जिमेल र युट्युब आधुनिक जीवनका लागि अत्यावश्यक बनेका छन् । यस्तो कम्पनी गुगलले आफ्नो निकटतम् प्रतिद्वन्द्वी एप्पललाई वर्षेनी अर्बौं डलर रकम तिर्छ ।

    गुगल र एप्पल एकअर्कामा के कुरामा भर पर्छन् ?

    इन्टरनेटमा कुनै पनि कुरा खोज्नुपर्‍यो भने हामी गुगल सर्च नै प्रयोग गर्न रुचाउँछौं । आफूसँग सफारी, ब्रेभ, क्रोम, बिङ वा अन्य जुनसुकै ब्राउजर भए पनि हाम्रो डिफल्ट सर्च इन्जिन गुगल नै हुन्छ । यदि अन्य सर्च इन्जिन छानेका छौं भने हामीलाई आफूले जे कुरा सर्च गरेको हो, त्यो नभेटिएको महसुस हुन्छ । स्ट्याट काउन्टरका अनुसार गुगल सर्चले ९० प्रतिशत बजार हिस्सा ओगटेको छ । तपाईं आईफोनमा सफारी प्रयोग गर्दा होस् अथवा सामसङमा इन्टरनेट प्रयोग गर्दा नै किन होस्, सर्च इन्जिनका लागि प्रायः गुगल सर्च नै प्रयोग गरिरहनु भएको हुन्छ । गुगलको आम्दानीको प्रमुख स्रोतमध्ये सर्च पनि एक हो । सर्चमार्फत हुने विज्ञापनबाटै गुगलले आम्दानी गरिरहेको हुन्छ । जबदेखि गुगलले एन्ड्रोइड अपरेटिङ सिस्टम आफ्नो स्वामित्वमा लियो, तबदेखि एन्ड्रोइड फोनमा गुगल डिफल्ट सर्च इन्जिनका रूपमा प्रयोग हुँदै आएको छ । तर, आईफोन, आईप्याड, म्याकबुकमा हुने सफारीमा गुगल सर्च कसरी डिफल्ट सर्च इन्जिन बन्यो ? प्रयोगकर्तालाई गुगल मनपर्ने भएकाले एप्पलले आफ्नो ब्राउजरमा गुगल सर्चलाई डिफल्ट सर्च इन्जिन बनाएको होइन ।

    एप्पलका सबै डिभाइसमा गुगल सर्चलाई डिफल्ट सर्च इन्जिनका रूपमा राख्नकै लागि गुगलले एप्पललाई वर्षेनी अर्बौं डलर तिर्ने गरेको छ । तर, ठ्याक्कै कति त ? सन् २०२० मा द वाल स्ट्रिट जर्नलले प्रकाशित गरेको एक रिपोर्ट अनुसार गुगलले त्यस वर्ष अनुमानित आठदेखि १२ अर्ब डलर एप्पललाई बुझाएको थियो । फोर्ब्स रिपोर्टका अनुसार २०२१ मा गुगलले त्यो वर्ष झन्डै १५ अर्ब डलर रकम एप्पललाई तिरेको थियो । सो रकम सन् २०२२ मा बढेर १९ देखि २० अर्ब डलर पुग्ने अपेक्षा गरिएको थियो । यो नै प्रविधि उद्योगमा भएको सबैभन्दा ठूलो सहकार्य मध्येको एक हो । सर्च इन्जिन बजारमा आफ्नो एकाधिकार कायम राख्नकै लागि गुगल त्यति मोटो रकम तिर्न तयार भएको हो । उत्तर अमेरिकामा एप्पलले समग्र स्मार्टफोन र ट्याब्लेटमा आधाभन्दा बढी बजार ओगटेको छ । यदि एप्पलले गुगल सर्चको साटो बिङलाई डिफल्ट सर्च इन्जिनका रूपमा राख्यो भने गुगलले तत्कालै लाखौं प्रयोगकर्ता गुमाउनेछ । जसले गुगलको विज्ञापनको व्यापार नै तहसनहस हुने देखिन्छ । त्यसो त मानिसहरू गुगलमा अभ्यस्त भइसकेका छन् । यस्तो अवस्थामा एप्पलले बिङलाई नै डिफल्ट सर्च इन्जिन राखे पनि प्रयोगकर्ता आफैंले परिवर्तन गर्न सक्ने प्रश्न उठ्न सक्छ । तर, वास्तवमा प्रायः मानिसहरू डिफल्ट सेटिङहरू नै प्रयोग गर्न रुचाउँछन् । केही प्रतिशत प्रयोगकर्ताले डिफल्ट सर्च इन्जिन गुगल राखे पनि प्रायः प्रयोगकर्ताले डिफल्ट सर्च इन्जिन नै प्रयोग गर्ने देखिन्छ ।

    गुगल सर्च र बिङको जुधाईमा एप्पलको रजाईं

    ओपन एआई नामक कम्पनीले आर्टिफिसियल इन्टेलिजेन्सनमा आधारित च्याटबट सार्वजनिक गरेपछि संसारभर एआईको चर्चा चुलियो । त्यससँगै सर्च इन्जिनमा दिग्गज मानिएका माइक्रोसफ्ट र गुगल जस्ता कम्पनीले पनि आफ्नै एआई टुल सार्वजनिक गरे । हाल गुगलको बार्डभन्दा माइक्रोसफ्टको बिङ एआई बढी एड्भान्स छ । यदि बार्डभन्दा बिङ चर्चा बढी हुने हो भने एप्पलले त्यसको फाइदा उठाउन सक्छ । किनभने बिङ मानिसहरूमा बढी लोकप्रिय छ, यदि तिमीले रोयल्टी बढाएनौ भने हामी बिङ प्रयोग गर्छौं भन्दै एप्पललाई बढी रकम उठाउने अवसर मिल्छ । त्यस्तै यदि गुगलले उक्त माग अस्वीकार गरेको अवस्थामा एप्पलले सबै डिभाइसमा बिङलाई डिफल्ट सर्च इन्जिन बनाउने सम्भावना बढ्छ । त्यसैले यी दुई कम्पनीको जुधाईमा एप्पललाई फाइदा हुने निश्चित छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा
  • परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला
  • मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्
  • औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    ‘विभेद र विभाजनविरुद्ध कलम चलाउनु पर्छ’

    नदीजन्य पदार्थको उत्खनन् बन्द गर्न निर्देशन

    सर्लाहीको हीरापुरमा बर्थिङ सेन्टर निर्माण

    मोटरसाइकल दुर्घटनामा एककाे मृत्यु

    प्राचीन मठेश्वरनाथ मन्दिरको उत्खनन

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    News

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    News

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    News

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    News

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑