• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    नेपाल प्रहरीमा सरुवाको नयाँ मापदण्ड, प्रहरी भित्र हलचल

  • वीरगंज संजाल
  • Aug 14, 2023, 1:39 pm
  • ५९३

    वीरगंज । गृह मन्त्रालयले नेपाल प्रहरीमा अधिकृत स्तरको सरुवाको लागि नयाँ मापदण्ड कार्यान्वयनमा ल्याउने भएको छ । नेपाल प्रहरीमा कार्यालय प्रमुखका रूपमा सरुवामा नयाँ मापदण्ड बनाएर कार्यान्वयमा ल्याउन लागिएको हो । नयाँ मापदण्ड कार्यान्वयनमा आउने भएपछि प्रहरी भित्र हलचल मच्चिएको छ । नयाँ मापदण्ड बनेसँगै लामो समयदेखि रोकिएको सरुवा अघि बढाउन लागिएको छ । प्रहरी निरीक्षक (इन्स्पेक्टर) देखि प्रहरी उपरीक्षक (एसपी) सम्मको सरुवामा नयाँ मापदण्ड बनाइएको हो । गृह मन्त्रालयले केही दिनअघि स्वीकृत गरेको नयाँ मापदण्डअनुसार प्रहरी कार्यालयलाई क, ख र ग गरी तीन श्रेणीमा विभाजन गरिएको छ ।

    यसअघि क र ख गरी दुई मात्र श्रेणी भएकाले सरुवामा समस्या भएपछि मापदण्ड संशोधन गरिएको प्रहरी प्रवक्ता डिआइजी कुवेर कडायतले बताए । मापदण्डमा क श्रेणीको कार्यालयबाट फेरि ‘क’मै सरुवा नगर्ने, कार्यालय प्रमुख रहेको व्यक्तिलाई लगत्तै अर्को कार्यालय प्रमुखमा नखटाउने तथा बढुवालगत्तै कार्यालय प्रमुखमा नखटाउने प्रावधान छन् । प्रहरीको सरुवालाई निष्पक्ष र वस्तुनिष्ठ बनाउन मापदण्डमा केही संशोधन गरिएको र संशोधन भएलगत्तै सबै तहका सरुवाको प्रक्रिया अघि बढेको प्रहरी प्रवक्ता कडायतले बताए । प्रहरीमा लामो समयदेखि नियमित सरुवा अवरुद्ध छ । गत चैतमा मापदण्डविपरीत काजमा ठूलो संख्यामा प्रहरी निरीक्षकलाई कार्यालय प्रमुखका रूपमा खटाइएको थियो । नयाँ मापदण्डअनुसार त्यो काजसरुवा संशोधन हुने प्रवक्ता कडायत जानकारी दिए । नेपाल प्रहरीमा इन्स्पेक्टर, डिएसपी, एसपी र एसएसपीको सरुवामा अत्यधिक चलखेल हुने गरेको छ ।

    सोही चलखेलले पनि सरुवा लम्बिएको हो । प्रहरी प्रधान कार्यालयले तल्लो तहको सरुवाका लागि पनि नयाँ मापदण्ड बनाउने तयारी गरेको छ । प्रहरीमा मापदण्ड बनाएर मात्र तल्लो तहका प्रहरीको सरुवा निकाल्ने पक्षमा प्रहरी प्रधान कार्यालय रहेको छ । प्रहरी प्रधान कार्यालयले नयाँ मापदण्ड कार्यान्वयनमा लैजाने भएपछि सरुवाका लागि २२ हजार प्रहरीले लिखित निवेदन दिएका छन् । प्रहरी नेतृत्वले सरुवाका लागि लिखित निवेदन अनिवार्य गरेको छ । विगतमा विभिन्न व्यक्तिमार्फत सरुवाका लागि सिफारिस गराउने र त्यहीअनुसार सरुवा हुने गरेको थियो । यसले प्रहरीको चेन अफ कमान्ड र अनुशासनमै समस्या आएको भन्दै प्रहरी प्रधान कार्यालयले सरुवाका लागि निवेदन अनिवार्य गरेको हो । लिखित निवेदन अनिवार्य गरेपछि २२ हजारले प्रहरीले सरुवाको फर्म भरेको प्रहरी प्रवक्ता कडायतले बताए । प्राप्त निवेदनमा मागअनुसार घरपायक मिलाएर सरुवा गरिने प्रहरी प्रधान कार्यालयको तयारी छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नयाँ स्मार्टफोन ‘Nothing Phone (4b)’ नेपाली बजारमा सार्वजनिक
  • सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते
  • साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट
  • बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नयाँ स्मार्टफोन ‘Nothing Phone (4b)’ नेपाली बजारमा सार्वजनिक

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    श्रम विभागको कडा निर्देशन: श्रमिकका उजुरी प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने

    भारतको जन्तर मन्तरमा विद्यार्थी प्रदर्शन तीव्र: संसद् अवरुद्ध, प्रहरी धरपकड र सुरक्षा व्यवस्था कडा

    जापानको शाही उत्तराधिकार कानुनमा साढे सात दशकपछिको ऐतिहासिक संशोधन, पुरुष मात्रै सम्राट बन्ने नियम यथावत्

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    श्रम विभागको कडा निर्देशन: श्रमिकका उजुरी प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नयाँ स्मार्टफोन ‘Nothing Phone (4b)’ नेपाली बजारमा सार्वजनिक

    News

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    News

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    News

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    News

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑