जनकपुधाम । शितलहर र हुस्सुका सँगै चिसो हावा चलेका कारण सर्वसाधारणको जनजिवन प्रभावित हुन थालेपछि जनकपुर उपमहा नगरपालिकाका विभिन्न ठाउँहरुमा बुधबार दाउरा वितरण सुरु गरेको छ ।
नगरलवासीलाई चिसोबाट जोगाउन सार्वजनिक स्थानमा सामुदायिक सझेदारी कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालय धनुषाको आयोजनामा तथा
स्थानीय श्री माँ राजदेवी समिल तथा फर्निचर उद्योगको सहयोगमा जिल्ला प्रहरी कार्यालय धनुषाले रामानन्द चौक, पिडारी चौक, भानु चौक, शिव चौक, मुरली चौक, जिरोमाईल लगायतको ठाउँहरुमा दाउरा वितरण गरिएको हो ।
जाडोको समयमा चिसोबाट बाँच्नको लागी गरिब, विपन्न, दलित, बृद्ध, जेष्ठ नागरिक, महिला, असहाय, असक्त अपांगहरुलाई दाउरा बितरण शुरु गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । mahottripost