वेदमा राष्ट्रिय झण्डा र त्यसमा सूर्य राखिनुको रहस्य
वीरगंज संजाल
३ पुष २०७६, बिहीबार ०५:३७
५७६५
परम्परागत सन्दर्भमा नेपाली जनमनले आत्मसात् गरेको ‘राष्ट्र’ शब्दको अभिप्राय आफ्नो मुलुक र मुलुकका तमाम निवासीहरु हुन् । कुनै खास जातीय, भाषिक, सांस्कृतिक समुदाय होइन । नेपालमा परम्परागत रुपमा चलिआएको ‘राष्ट्र’ शब्द अंग्रेजी भाषाका ‘नेशन’को अनुवाद होइन । यसैले वेदका दृष्टिमा हाम्रो नेपाली अभिप्राय बुझ्दैनबुझी यूरोपेली र तिनका अनुयायीहरुले औंला ठड्याउँदै ‘राष्ट्रवाद’को आलोचना गर्नुको पनि कुनै खास सान्दर्भिकता नेपालमा देखिँदैन ।
वेदमा जनताले बोलेको वहुवचनको लवजमा भनिएको छ । “राष्टमा हामी जागा रहन्छौं । नेताहरु सही पथप्रदर्शनको प्रयास गरुन् । राष्टे वयम् जागृयामः पुरोहिताः स्वहा ।”
“पुरःअग्रे, हितम् करोति इति =पुरोहितः ।” जनताको अगाडि रहेर सवैको हितकारी बाटो पहिल्याउँदै हिँड्ने बुद्धिमान् व्यक्तिलाई वेदले ‘पुरोहित’ भनेको पाइन्छ । त्यसताका सम्भवतः देश र समाजका पथप्रदर्शक नेतालाई पुरोहित भनिन्थ्यो । देश जनता र शासकको हित चिन्तन गर्ने र आवश्यक समयमा आवश्यक दिशानिर्देश गर्ने जिम्मेवारी पुरोहितको थियो । पछि व्यापक प्रयोगमा आएको ‘नेता’ शब्दको अभिप्राय पनि ‘सही बाटो पहिल्याएर जनतालाई डो¥याउने जानकार व्यक्ति’ भनेको हो । महाभारत युद्धका सन्दर्भमा अर्जुनलाई पाण्डव पक्षको नेता भनिएको छ । (नेता मध्यम पाण्डवो भगवतो नारायणस्यांशजः ।) अहिले पुरोहित शब्द ‘पुरेत’मा परिणत भएको छ । ‘नेता’ शब्द आजका जनताका कानमा अपशब्दजस्तो सुनिन थालेको छ । कसैले कसैलाई ठट्टैमा पनि नेताजी भन्यो भने झनक्क झोक्किन्छ । यो सम्बन्धित शब्दका वाहकहरुका व्यवहारका कारण शब्दहरुमा अर्थ स्खलित हुनुको परिणाम हो । यसलाई भाषाविज्ञानमा अर्थापकर्ष पनि भन्ने गरिएको पाइन्छ ।
जनताको अगाडि रहेर सवैको हितकारी बाटो पहिल्याउँदै हिँड्ने बुद्धिमान् व्यक्तिलाई वेदले ‘पुरोहित’ भनेको पाइन्छ । त्यसताका सम्भवतः देश र समाजका पथप्रदर्शक नेतालाई पुरोहित भनिन्थ्यो । देश जनता र शासकको हित चिन्तन गर्ने र आवश्यक समयमा आवश्यक दिशानिर्देश गर्ने जिम्मेवारी पुरोहितको थियो । पछि व्यापक प्रयोगमा आएको ‘नेता’ शब्दको अभिप्राय पनि ‘सही बाटो पहिल्याएर जनतालाई डो¥याउने जानकार व्यक्ति’ भनेको हो ।
ऋग्वेदलाई संसारको सवैभन्दा पुरानो वाङ्मय मानिन्छ । ‘राष्ट्र’ शब्द र ‘पुरोहित’शब्द प्रथमतः ऋग्वेदमै उल्लिखित पाइन्छन् । ऋग्वेदपछि यजुर्वेदको स्थान छ । यसका संहिताकार याज्ञवल्क्य नेपालकै जनकपुरवासी थिए । उनी राजा जनकका आदरणीय आचार्य थिए । चारमध्ये कान्छो वेद अथर्ववेदको परिशिष्टमा हाम्रो देश नेपालको नाम उल्लेख गरिएको पाइन्छ । यसैले पनि स्पष्ट हुन्छ नेपाल वेदजत्तिकै पुरानो देश हो । ‘भारत’भन्दा धेरै पुरानो देश हो नेपाल ।
जानिफकारहरु भन्छन् वेदका कति सूक्तहरु हिमालयको काख नेपालमै रचिएका हुन् । यी कुरा ती सूक्तले व्यक्त गरिने अर्थबाटै पनि अवगत हुन आउँछन् । वेदका सूक्तकार ठूला ठूला ऋषिहरुमध्ये आधाभन्दा बढी ऋषिहरु नेपालकै विभिन्न गाउँबस्तीमा जन्मेहुर्केका थिए । त्यसका पौराणिक, ऐतिहासिक र भौगोलिक प्रमाणहरु अद्यावधि विद्यमान नै छन् ।
भनिन्छ, त्रेता युगमा अयोध्याका राजा दशरथलाई पुत्रेष्टि यज्ञ गराउने मुख्य आचार्य श्रृङ्गी ऋषि नेपालकै वेत्रवती क्षेत्र अर्थात् आजको रसुवामा घरजम गरेर बस्थे । श्रृङ्गी ऋषिको स्मारक मन्दिर अद्यावधि नुवाकोटका चोकदे गाउँको डाँडाचुलीमा छ । खोजीनीति छैन । संरक्षण पनि छैन । शृङ्गी पनि वेदकालीन ऋषि हुन् ।
नेपालका विभिन्न गाउँबस्ती र शहरमा वेदकालीन रीतिस्थिति, नाचगान, जात्रामात्रा, व्यवहार र चिन्तनका अवशेषहरु आज पनि विद्यमान पाइन्छन् । इन्द्र वैदिक देवता हो । आज पनि इन्द्रजात्रा मनाइने देश दक्षिण एशियामा एक मात्र नेपाल नै हो ।
नेपालका विभिन्न गाउँबस्ती र शहरमा वेदकालीन रीतिस्थिति, नाचगान, जात्रामात्रा, व्यवहार र चिन्तनका अवशेषहरु आज पनि विद्यमान पाइन्छन् । इन्द्र वैदिक देवता हो । आज पनि इन्द्रजात्रा मनाइने देश दक्षिण एशियामा एक मात्र नेपाल नै हो ।
नेपालको राष्ट्रिय झण्डामै पनि वैदिक चिन्तन र प्रयोगको झलक स्पष्ट अनुभूत गर्न पाइन्छ । नेपालकै आकारप्रकारको राष्ट्रिय झण्डा आज संसारमा अन्यत्र कतै कुनै देशको छैन ।
अथर्बवेदको ५।२१।१२, ११।१२।२, र ११।१०।७ऋचाहरुमा राष्ट्रियध्वजको आकार प्रकारको बयान छ । ती ऋचाहरु अनुसार वैदिक कालको राष्ट्रिय झण्डाको रङ् रातो थियो । त्रिभुजाकार र रातो रङ्को त्यस झण्डामा सेतो रङ्गको सूर्यचिन्ह अङ्कित रहन्थ्यो ।
राष्ट्रिय झण्डाको यो रुप हाम्रो हिमाली सांस्कृतिक प्रवृत्तिको प्रतीक थियो ।
वैदिक वर्णन अनुसार त्यसताका रातो रङ्ग प्रेमको प्रतीक मानिन्थ्यो । वाल्मीकीय रामायणपछि यस क्षेत्रका सौन्दर्यशास्त्रीहरुले रातोलाई प्रेमका साथै क्रोधको पनि प्रतीक माने । “रक्तौ च क्रोधरागौ—विश्वनाथ, साहित्यदर्पण ।”
वैदिक झण्डामा सूर्य एवम् प्रकाशपुन्जको अभिप्राय दुइटा थियो । १, वेदले सूर्यलाई प्राणीमात्रको जीवन स्रोत मानेको थियो । आत्मा मानेको थियो । “सूर्य आत्मा जगतस्तस्तुषश्च ।” सूर्यलाई सम्मान गर्नु समस्त जीवन र जगत्लाई सम्मान गर्नु हो । २, सूर्य अर्थात् प्रकाशपुन्जको अभिप्राय केवल उज्यालो मात्र थिएन । निरन्तरको पथप्रदर्शकता पनि थियो ।
वैदिक झण्डामा सूर्य एवम् प्रकाशपुन्जको अभिप्राय दुइटा थियो । १, वेदले सूर्यलाई प्राणीमात्रको जीवन स्रोत मानेको थियो । आत्मा मानेको थियो । “सूर्य आत्मा जगतस्तस्तुषश्च ।” सूर्यलाई सम्मान गर्नु समस्त जीवन र जगत्लाई सम्मान गर्नु हो । २, सूर्य अर्थात् प्रकाशपुन्जको अभिप्राय केवल उज्यालो मात्र थिएन । निरन्तरको पथप्रदर्शकता पनि थियो । तमसो मा ज्योतिर्गमय अर्थात् अन्धकारबाट उज्यालेमा जाऊँ भन्ने वाक्य त वेदको पथप्रदर्शक सिद्धान्त नै हो । यसको अभिप्राय अज्ञानबाट ज्ञानमा जाउँ भनेको पनि हो । वेदले अज्ञानलाई अन्धकार मानेको छ र ज्ञानलाई उज्यालो मानेको छ । वेद शब्दको अर्थ नै ज्ञान हो । जीवन र जगत्को समग्र जानकारी हो । ज्ञान अनन्त छ भन्ने पनि वेदलाई थाहा छ । अनन्ता वै वेदाः । सूर्य ज्ञानको अधिष्ठाता हो । सूर्यको सप्तरङ्गी प्रकाश समग्र ज्ञानको प्रतीक हो । यसै कारण ऋग्वेदको सर्वाधिक प्रसिद्ध मन्त्र ‘गायत्री’ले “हामी सवैको वुद्धिलाई सही दिशामा प्रेरित गरिदिनुहोस्” भनेर सविता सूर्यलाई प्रार्थना गरेको छ ।
प्रकाशपुन्ज सूर्यलाई राष्ट्रिय झण्डामा अङ्कित गर्नुको अभिप्राय सत्य र ज्ञानप्रतिको प्रतिवद्धता नै हो । हाम्रै भूमिमा जन्मे हुर्केको भन्न सकिने प्रसस्त आधार रहेको संस्कृति अर्थात् वैदिक संस्कृति नैतिक र आध्यात्मिक विजयको संस्कृति हो । विश्ववन्धुत्वको संस्कृति हो ।
यी सवै सन्दर्भमा हेर्दा प्रकाशपुन्ज सूर्यलाई राष्ट्रिय झण्डामा अङ्कित गर्नुको अभिप्राय सत्य र ज्ञानप्रतिको प्रतिवद्धता नै हो । हाम्रै भूमिमा जन्मे हुर्केको भन्न सकिने प्रसस्त आधार रहेको संस्कृति अर्थात् वैदिक संस्कृति नैतिक र आध्यात्मिक विजयको संस्कृति हो । विश्ववन्धुत्वको संस्कृति हो । “मिलेर अघि बढौं मिलेर बोलौं । संगच्छध्वम्, संवदध्वम् ।—ऋग्वेद १०।१९१ २।” विभिन्न रङ्गहरुको समुच्चय भए पनि सूर्यलाई राष्ट्रिय झण्डामा सेतै रङ्गमा अङ्कित गर्नुको पनि खास अभिप्राय रहेको देखिन्छ । सेतो शान्तिको पनि प्रतीक हो । शक्तिपुन्ज सूर्यलाई सेतो रङ्गमा अङ्कित गर्नुृको तात्पर्य हामी मूलतः शान्तिका उपाशक हौं र आवश्यकता पर्दा शक्ति प्रयोग गर्न पनि पछि पर्दैनौं भन्नु हो । हाम्रो राष्ट्रप्रति वैरभाव राख्ने दुश्मनहरुको दमनका लागि हामी शक्तिको उपयोग गर्छौं । जनहितकारी कार्यका लागि हामी शान्तिको उपयोग गर्छौं । यसरी वैदिक झण्डाले अत्याचारीहरुका विरुद्ध सशक्त सङ्घर्षको पनि स्पष्ट सङ्केत दिएको छ ।