• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    मन्दिर अगाडि चर्च बनाएपछि विवाद

  • वीरगंज संजाल
  • Aug 7, 2023, 6:21 pm
  • ५६१

    वीरगंज । हिन्दुहरुको पौराणिक महत्वको विजयपुर डाँडामा इसाई धर्मका आस्थावानले चर्च बनाएपछि धरानमा विवाद बढेको छ ।सय वर्ष पुरानो बालगोपाल मन्दिर अगाडि पार्टी प्यालेस बनाउने भनेर अन्तमा चर्च बनाएको भन्दै हिन्दु धर्माबलम्बीले चर्च हटाउनुपर्ने माग राखेका छन् । स्वस्थानी ब्रत कथामा भगवान शिवले श्रीमती सतीदेवीको मृत्युपछि शव बोकेर यात्रा गर्ने क्रममा विजयपुरमा पुग्दा दाँत पतन भएको प्रसंग उल्लेख छ । दाँत पतन भएको भनिएको स्थानमा दन्तकाली मन्दिर छ । दन्तकाली आसपास बुढासुब्बा, पञ्चकन्या, पिन्डेश्वरलगायत धार्मिक शक्तिपीठहरु छन् । विजयपुर डाँडामा रहेका चारवटै शक्तिपीठको सयौं वर्ष पुरानो इतिहास छ । यी शक्तिपीठ जाने बाटोमा पर्ने बिजयपुर डाँडामा इसाइ धर्मालम्बीहरुले चर्च बनाएपछि विवाद भएको हो । हिन्दु धार्मिक अभियन्ताले चर्चलाई सार्न माग गरिरहेका छन् । इसाई धर्मालम्बीहरु नसार्ने अडानमा छन् । विवाद बढेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले साउन महिनाभरि चर्चको गतिविधि रोक्न मौखिक निर्देशन दिएको थियो । प्रशासनको निर्देशनपछि चर्चमा हुने प्रार्थना साउन महिनाभरिका लागि रोकिएको छ । धरान उपमहानगरपालिकाबाट पूर्व स्वीकृति नलिई चर्च बनाएका इसाई समाजका अगुवाहरु रक्षात्मक देखिएका छन् ।

    पार्टी प्यालेस भनेर निर्माण गरिएको भवनलाई निर्माण सम्पन्न भएपछि चर्च बनाइएको ओम शिवशक्ति कल्याणी केन्द्र धरानका अध्यक्ष विपिन कार्कीले बताए । ‘सुरुमा पार्टी प्यालेस भनेर बनाउन सुरु गरियो, पछि एक्कासी चर्च बनाइयो’, कार्कीले भने, ‘हाम्रो आग्रह पहिले जे भनेर बनाउनुभयो त्यही बनाउनुस् भन्ने हो ।’ स्थानीय मातृका नेपालले मन्दिरकै अगाडि चर्च बनाउनु अनुचित भएको तर्क गरे । ‘धरानमा ८०–८१ वटा चर्चहरु बनेका छन्, त्यसको विरोध गरेका छैनौं, हाम्रो विरोध यही एउटा प्रति हो’, उनले भने, ‘हामी चर्चको विरोधी होइनौं, तर सयौं वर्षको इतिहास बोकेको मन्दिरको गेट अगाडि चर्च बनाउनु भएन, यसले द्वन्द्व निम्त्याउँछ ।’धरान उपमहानगरपालिका–१४ विजयपुरस्थित सिंहदेवी चोकबाट दन्तकालीलगायत मन्दिर जाने बाटोमा ‘होली ट्रिनिटी विलियर्स ईस्टर्न’ भवन गत असार दोस्रो साता उद्घाटन गरिएको थियो । फागुनमा निर्माण सुरु भई असारमा तयार भएको भवनमा चर्चको स्थापना भने २०७५ सालमा भएको भनी लेखिएको छ । ‘सामान्य काम गर्दा, सटर नै भाडामा लिनुपर्दा पनि छिमेकीलाई म यस्तो काम गर्दैछु है भनिन्छ, यहाँ सोध्ने काम पनि भएन’, नेपालले भने । विवाद बढेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले साउन महिनाभरि चर्चको गतिविधि रोक्न मौखिक निर्देशन दिएको थियो । प्रशासनको निर्देशनपछि चर्चमा हुने प्रार्थना साउन महिनाभरिका लागि रोकेको इसाई समाज कोशी प्रदेश अध्यक्ष बिक्रम वर्णबास लिम्बुले बताए । ‘धर्मले मिल्ने कुरा गर्छ, धर्मले प्रेम र सद्भावको कुरा गर्छ, धर्मले सत्कर्म गर्न भन्छ, एकले अर्कालाई सम्मान गर्नुपर्छ भन्छ’, धरानका उपमेयर अइन्द्रबिक्रम बेघाले भने ।

    ‘हिन्दुहरुको बोलबम चलिरहेकाले स्थानीय प्रशासनले दुई हप्ता प्रार्थना रोकिदिनु भनेको थियो’, उनले भने, ‘त्यहाँको एक्सन कमिटीले दुई हप्ताका लागि स्थगन गरेको छ ।’ उनले मन्दिर र चर्च नजिकै हुँदा पनि स्थानीय स्तरमा कुनै समस्या नभएको तर राजनीतिक र धार्मिक फाइदा उठाउन खोज्नेका कारण समस्या भएको बताए । चर्च–मन्दिरको विवादमा उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले दुवै पक्षलाई छलफलमा बोलाएका थिए । छलफलमा मेयरले निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको हिन्दू अभियन्ताहरुको गुनासो छ । धरानका नागरिक अगुवा राजेन्द्र शर्माले भने, ‘द्वन्द्वको विषयमा नगरपालिकामा डेलिगेसन गएको टोलीलाई मेयरसाबले दिएको जवाफले अलिकति मलजल ग¥यो, उहाँले कम्तीमा म बुझेर काम गर्छु, आवश्यक कदम चाल्छु भन्नुभएन भन्ने गुनासो छ ।’यस विषयमा आलोचना भएपछि मेयर साम्पाङले सामाजिक सञ्जालमा आफू धर्मका विषयमा तटस्थ रहेको स्पष्टीकरण दिएका थिए । ‘सबै धर्मलाई समान रुपले हेरिनेछ । कसैलाई काखा कसैलाई पाखा गरिने छैन, नगर सरकार धर्मका बारेमा तटस्थ रहन्छ’, विवादमा परेपछि साम्पाङले लेखेका छन्, ‘मन्दिर र चर्चको विषयमा न्यायालयले निर्णय गरोस् । मानिसको आस्थासँग जोडिएको विषयमा म बोल्दिन, अतीवादीहरुको ज्यादतीलाई समाजले मुल्याङ्कन गरेकै छ ।’धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्रविक्रम वेघाले यो समस्या छलफलबाट समाधान गर्नुपर्ने बताए । ‘धर्मले मिल्ने कुरा गर्छ, धर्मले प्रेम र सद्भावको कुरा गर्छ, धर्मले सत्कर्म गर्न भन्छ, एकले अर्कालाई सम्मान गर्नुपर्छ भन्छ’ उनले भने, ‘द्वन्द्व र झगडा धार्मिक ग्रन्थमा हुँदैन, त्यसैले यो विषयलाई अनावश्यक रुपमा तन्काएर द्वन्द्व तिर लैजानु गलत हो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नयाँ स्मार्टफोन ‘Nothing Phone (4b)’ नेपाली बजारमा सार्वजनिक
  • सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते
  • साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट
  • बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नयाँ स्मार्टफोन ‘Nothing Phone (4b)’ नेपाली बजारमा सार्वजनिक

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    श्रम विभागको कडा निर्देशन: श्रमिकका उजुरी प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने

    भारतको जन्तर मन्तरमा विद्यार्थी प्रदर्शन तीव्र: संसद् अवरुद्ध, प्रहरी धरपकड र सुरक्षा व्यवस्था कडा

    जापानको शाही उत्तराधिकार कानुनमा साढे सात दशकपछिको ऐतिहासिक संशोधन, पुरुष मात्रै सम्राट बन्ने नियम यथावत्

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    श्रम विभागको कडा निर्देशन: श्रमिकका उजुरी प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नयाँ स्मार्टफोन ‘Nothing Phone (4b)’ नेपाली बजारमा सार्वजनिक

    News

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    News

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    News

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    News

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑