• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    एकसय भन्दा बढीको भन्सार काट्न वीरगञ्जमा चुनौती

  • वीरगंज संजाल
  • १० श्रावण २०८०, बुधबार १८:३५
  • ४४४५

    वीरगंज । भन्सार ऐनले एकसय भन्दा बढी मूल्यको सामान नेपाल ल्याउँदा अनिवार्य भन्सार काट्नुपर्ने व्यावस्था वीरगन्ज नाकामा चुनौती देखिएको छ । भन्सार कार्यालयले यसको तयारी गरेपनि नेपाल भारतसँगको खुला सीमा र उपभोत्ता मूल्यमा पर्ने फरकले गर्दा ऐन कार्यान्वयनमा चुनौती देखिएको हो । यसअघि एक हजार रुपैंयासम्मको सामान भारतको रक्सोलबाट ल्याउँदा अनिवार्य भन्सार काट्नुपर्ने व्यावस्था लागू गरिएको थियो । तर, कार्यान्वयन हुन सकेन । अहिले एकसय रुपैंया भन्दाबढी सामानको भन्सार काट्नुपर्ने व्यावस्था गरेपनि त्यसको कार्यान्वयन भने निकै जटिल नै रहेको छ । यद्यपि वीरगञ्ज भन्सार कार्यालयले यसलाई व्यवहारिक रुपमा कार्यान्वयनमा ल्याउने प्रयास भने गरिरहेको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले बताउनुभयो । उहाँले पहिलेको भन्दा धेरै सुधार भएको बताउनुभयो ।

    नेपालमा भन्दा भारतमा उपभोग्य वस्तुहरु सस्तो हुने भएकोले नेपालबाट दैनिक उपभोग्य वस्तु किन्नका लागि भारतको रक्सोल जानेहरु धेरै हुन्छन् । घरायसी प्रयोजनको लागि ल्याउने सामानको पनि भन्सार काट्नुपर्ने व्यावस्थाले उपभोत्ताहरुलाई समस्या हुने आम बुझाई छ । त्यसैले पनि भन्सार कार्यालयले यसलाई कडाई गर्नुभन्दा व्यावरतः कार्यान्वयनमा ल्याउने प्रयास गरिरहेको प्रमुख भन्सार प्रशासक पन्थीको भनाई छ । उहाँले भन्नुभयो,‘ऐन मै व्यावस्था भएको कुरा हो । व्यवस्थित गर्न खोजी रहेका छौं । पहिले भन्दा बढेको छ । यो हामीले साउनदेखि एउटा पनि नछोड्ने भनेर भनेको हो । यसपटकदेखि राम्रै भएको छ । आन्तरिक तयारी हो । हामीले गर्नैपर्ने काम हो ।

    यहाँ शतप्रतिशत गरेको भएपनि गुनासो आउछ । त्यसलाई पनि हामीले ध्यान दिएर आउने दिनमा कडाई गर्दै जानेछौं ।’यहाँका व्यापारीहरुले एकसय रुपैंया भन्दा बढीको सामान ल्याउँदा भन्सार काट्नुपर्ने व्यावस्थाले उपभोत्तालाई समस्या नहोस भन्ने मात्रै चाहेको बताएका छन् । वीरगञ्ज उद्योग वाणिज्य संघका सचिव प्रेमचन्द गोयलले भन्सारको ऐनले व्यावस्था भए अनुसार गर्नु राम्रो भएपनि त्यसले उपभोत्ताहरुलाई चाहिँ दुख हुन नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘भन्सार काट्नुपर्ने कुरामा कुनै समस्या छैन । राम्रो हो । अवैध व्यापार रोक्नुपर्छ । तर, मुख्य नाकाबाट तस्करहरु जादैनन् । यहाँबाट जाने अथवा सामान ल्याउने भनेको घरायसी उपभोग गर्नका लागि हो । सीमापारी रोटीबेटीको समेत सम्बन्ध छ । त्यसैले आफन्तको जाने आउने गर्दा केही न केही सामान लिएर आउने गर्छन उनीहरुको लागि यसले असहज नहोस भन्ने मात्रै हो ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !
  • ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ
  • स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र
  • कोही किन सन्तान जन्माउन अनिच्छुक ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    News

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    News

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    News

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    News

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑