हृदयको स्वच्छता मानवको अनुहारमा छल्किन्छ, भगवान रामको अनुहारमा प्रेम, सदाशयता अनि उदारता पाइन्थ्यो । वहाँको अनुहारले वहाँको सम्पूर्णता अनि राम्रोपना स्पष्ट देखाँउदथ्यो, वहाँको आँखाले जोकोहीको पनि ध्यान तान्न सक्दथ्यो । कृष्णलाई तामिलमा कानान पनि भनिन्छ, नयन पनि भएको यस शव्दमा कानाको नयनलाई कानान भनिन्छ ।
रामको कुरा गर्दा भक्त हनुमान रामको आँखाको मादकता र वाक स्वछन्दताले पे्ररित थिए । बाँदर समुदायका हनुमान एउटा रुखबाट अर्को रुखमा कुनै लक्ष्यविहिन उफ्रने गर्दथे तर रामको संगतले हनुमानलाई जिवनमा नयाँ लक्ष्य र चाहको उजागर गरेको थियो । हुनमान ब्रह्मचर्यमा थिए, माया र आशक्तिको अनुभव यिनले भगवान रामको साथबाट पाएका थिए । अशोक वाटिकामा हनुमानले सितामाता संगको वार्तालापमा रामको आँखाको चर्चा गरेको पाइन्छ, सीताले हनुमानलाई रामको ब्याख्या गर्न आग्रह गरेको पाइन्छ । सीता शायद हनुमानसंग राम पक्षको भएको प्रमाण चाहन्थिन ।
हनुमानले सीतालाई रामको आँखाको कुरा गर्दा कमल पत्राक्षका रुपमा ब्याख्या गर्दछन्, कमल झैं आँखा भएका रामलाई हनुमानले अनेकन तवरले सीतासमक्ष ब्याख्या गरेको पाइन्छ ।
रामायणको अयोध्या काण्डमा रामको राज्याभिषेक को कथन छ, रघुवंशीय राम रघुनाथको पूजा गर्न जाँदा कुलपुजामा पत्नी सीतालाई पनि साथ लिएर जान्छन् । वाल्मिकीले आफ्नो रामायणमा यस समयमा सीतामातालाई विशालाक्षी भनी लेखेका छन्, विशाल लक्षु अर्थात ठूला आँखा भएकी भन्ने अर्थ लाग्दछ । सीता स्वयमलाई पनि आफ्ना आँखासंग मिल्ने र उतिकै राम्रा कसैका आँखा छन् भनें त्यो श्रीरामकै आँखा हो भन्ने लागेको वाल्मिकीले लेखेको पाइन्छ । सीतामाताले यस पूजाका वखत रामका आँखा हेर्दा मनमोहक आँखा देखेर सीतामाता स्वयमको पनि आँखा आश्चर्यमा ठूला भएका वाल्मिकीको आशय छ । रामलाई बाल्मिकीले पूर्ण पुरुषका रुपमा नारदमुनी समक्ष ब्याख्या गरेका छन् । त्यस्तै राम भजनका अनुपम सर्जक त्यागराजाले पनि रामका आँखाको आफ्ना बिभिन्न भजनमा तारिफ गरेका छन् ।