वीरगंज । मेटा स्वामित्वको लोकपि्रय मेसेजिंग एप ह्वाट्सएपले आफ्ना प्रयोगकर्ताहरुका लागि नियमित रुपमा नयाँनयाँ फिचर ल्याउने गरेको छ ।यसै क्रममा ह्वाट्सएपले हाल वेब भर्सनमा ह्वाट्सएप प्रयोग गर्नेका लागि नयाँ फिचर ल्याउने सन्दर्भमा काम गरिरहेको छ ।उक्त नयाँ फिचरसँगै प्रयोगकर्ताले आफ्नो कम्प्युटरमा ह्वाट्सएप लगइन गर्नका लागि फोन नम्बरको प्रयोग गर्न सक्नेछन् र अहिलेको जस्तो क्यू आर कोड प्रयोग गर्नुपर्ने छैन ।
WABetaInfo का अनुसार यो फिचर हालका लागि केही एन्ड्रोइड बिटा प्रयोगकर्ताका लागि परीक्षणका रुपमा उपलब्ध गराइएको छ ।यो फिचर २.२३.१४.१८ भर्सनमा उपलब्ध रहेको बताइएको छ । कतिपय बिटा भर्सन प्रयोग नगर्ने ह्वाट्सएप प्रयोगकर्ताले पनि यो नयाँ फिचर देख्न पाएको समाचारमा उल्लेख गरिएको छ ।
ह्वाट्सएपको यो नयाँ फिचरले फोन बाहेक अन्य डिभाइसमा समेत वेब भर्सनको ह्वाट्सएप चलाउने प्रयोगकर्ताका लागि निकै सहजता प्रदान गर्नेछ ।खासगरी फोनमा क्यामराले काम नगरिरहेका प्रयोगकर्ता यसबाट लाभान्वित हुनेछन् ।ह्वाट्सएपमा यो फिचर प्रयोग गर्नका लागि प्रयोगकर्ताहरुले गुगल प्ले स्टोरबाट आफ्नो ह्वाट्सएप अपडेट गर्नुपर्ने हुन्छ । मोबाइल नम्बरबाट वेब ह्वाट्सएप लगइन गर्नका लागि :