
वीरगंज | भारी वर्षाको कारण राहुघाट जलविद्युत् आयोजनाको टावर बगाएको छ।
बाढीले आयोजनाको प्रसारण लाइनको टावर बगाई क्षति पुगेको उर्जा मन्त्रालयले जनाएको छ।
क्षतिको अवस्था तत्काल मूल्याङ्कन गरी विद्युत् प्रणालीको पुनःस्थापना तथा सञ्चालनका लागि आवश्यक प्राविधिक पहल अघि बढाइएको छ।