
वीरगंज | प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) शुक्रवार (भदौ ५) पोखरा भ्रमणमा छन् ।
भ्रमणका क्रममा उनी माछापुच्छ्रे गाउँपालिका वडा नं. ६, अस्तामस्थित ‘इको भिलेज’ रिसोर्टमा बस्ने कार्यक्रम तय भएको छ ।
पोखराबाट करिब साढे ४ किलोमिटरको दूरीमा अवस्थित उक्त रिसोर्टबाट माछापुच्छ्रे र अन्नपूर्ण हिमशृखलाको प्रत्यक्ष दृश्यावलोकन गर्न सकिन्छ ।
प्रधानमन्त्री बालेनको यस भ्रमणको औपचारिक उद्देश्य र प्रयोजनबारे प्रधानमन्त्रीको कार्यालयले हालसम्म कुनै जानकारी सार्वजनिक गरेको छैन । न्युज एजेन्सी नेपाल
