
वीरगंज | प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) आज मुस्ताङका लागि प्रस्थान गरेका छन् । शुक्रबार बिहान उनी धादिङ पुगेका छन्।
प्रधानमन्त्री पोखरा हुँदै मुस्ताङ हिँडे पनि भ्रमणको उद्देश्य र कार्यतालिकाबारे सुरक्षा निकाय र स्थानीय प्रशासन पूर्ण रूपमा बेखबर छन् प्रहरीले प्रधानमन्त्रीको भ्रमणबारे कुनै पनि औपचारिक जानकारी प्राप्त नभएको बताको छ ।
मुस्ताङ प्रहरीले पनि भ्रमणको औपचारिक जानकारी नआएको जनाएको छ । मुस्ताङ प्रहरी प्रमुख डीएसपी रामचन्द्र तिवारीले भ्रमणबारे जानकारी नआएको भए पनि सुरक्षा प्रबन्ध गर्न आफूहरू तयार रहेको बताए ।
प्रधानमन्त्री बालेन आज अपराह्न पोखरा आइपुग्ने र कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित अस्ताममा रहेको अन्नपूर्ण इको भिलेज रिसोर्टमा बास बस्ने कार्यक्रम रहेको स्रोत बताउँछ ।
प्रधानमन्त्रीका लागि अस्तामको सो रिसोर्टमा बुकिङ समेत भइसकेको र उनी अपराह्नसम्म त्यहाँ पुग्ने जनाइएको छ ।
पोखराबाट साढे चार किलोमिटरको दूरीमा रहेको अस्तामबाट माछापुच्छ्रे र अन्नपूर्ण हिमालको दृश्य नजिकैबाट अवलोकन गर्न सकिन्छ ।
प्रधानन्यायाधीश मनोजकुमार शर्माको पनि आजै पोखरा बाग्लुङ हुँदै मुस्ताङ जाने कार्यक्रम छ ।
