• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    बञ्चरेडाँडा फोहर व्यवस्थापनमा देखिएका समस्याबारे मन्त्री तिमिल्सिना र मेयर डंगोलबीच छलफल

  • वीरगंज संजाल
  • Aug 20, 2026, 6:48 pm
  • ०

    वीरगंज | नुवाकोट क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा. विक्रम तिमिल्सिनाले बञ्चरेडाँडा फोहर व्यवस्थापनमा देखिएका समस्या, स्थानीयवासीका गुनासा तथा फोहर व्यवस्थापनका लागि भइरहेका कामबारे काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलसँग छलफल गरेका छन् ।

    मन्त्रालयमा आज भएको छलफलमा सूचना तथा सञ्चारमन्त्रीसमेत रहेका डा. तिमिल्सिनाले बञ्चरेडाँडा ल्याण्डफिल साइटसम्म पुग्ने सडक स्तरोन्नति तथा कालोपत्र गर्न सङ्घीय सरकार र काठमाडौँ महानगरपालिकाले आवश्यक बजेट छुट्याएर काम अघि बढाउनुपर्ने बताए

    बञ्चरेडाँडा क्षेत्रका स्थानीयवासीले ल्याण्डफिल साइटसम्म पुग्ने सडक जीर्ण भएको, फोहरबाट दुर्गन्ध फैलिएको, फोहर बोकेका सवारीसाधन नछोपी सञ्चालन हुने, बाटोमै फोहर खसालिने तथा फोहर विसर्जनपछि सवारीसाधन नधोई उपत्यका फर्काउनेलगायत समस्याबारे गुनासो गर्दै आएका छन् । त्यस्तै, फोहर विसर्जनपछि पर्याप्त मात्रामा माटोले छोप्ने (क्यापिङ) काममा समेत लापरबाही भइरहेको स्थानीयको गुनासो छ ।

    आफू निर्वाचित क्षेत्रबाट धेरै जनगुनासो आएपछि सञ्चारमन्त्री डा तिमिल्सिनाले महानगर प्रमुखसँग छलफल गरेका हुन् । “कतिपय क्षेत्रमा सडक कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको गुनासो धेरै आएका छन् । फोहर व्यवस्थापन स्थलसम्म पुग्ने बाटो वरपरका स्थानीय वास्तवमै पीडित छन् । त्यहाँ दुर्गन्ध फैलिएको छ र विभिन्न रोगको सङ्क्रमण बढेको गुनासो पनि आएको छ”, उनले भने ।

    सञ्चारमन्त्रीले बञ्चरेडाँडाका समस्या समाधानका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेकामा जोड दिए । फोहर विसर्जनपछि समयमा माटोले नछोप्दा दुर्गन्ध फैलिने भएकाले क्यापिङको कामलाई प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ ।

    कामपाकी कार्यवाहक प्रमुख डङ्गोलले बञ्चरेडाँडामा काठमाडौँ महानगरसहित उपत्यकाका अन्य स्थानीय तहबाट समेत फोहर जाने बताउँदै फोहर व्यवस्थापनको आर्थिक दायित्व भने काठमाडौँ महानगरपालिकाले मात्र व्यहोर्दै आएको जानकारी दिइन् ।

    “फोहर व्यवस्थापनका लागि लाग्ने खर्च सम्बन्धित सबै पालिकाले व्यहोर्ने प्रतिबद्धता जनाएका थिए । तर, अहिलेसम्मको अधिकांश खर्च काठमाडौँ महानगरले मात्रै व्यहोर्दै आएको छ । अन्य पालिकाले पनि आर्थिक योगदान गर्ने हो भने स्थानीयका समस्या समाधान गर्न थप सहज हुन्छ”, उनले भनिन् ।

    डङ्गोलले फोहर सङ्कलनस्थल तथा कुहिने र नकुहिने फोहर छुट्याउने केन्द्रका लागि आवश्यक जग्गा प्राप्त गर्न नसकिएको बताइन् । महानगरले विकेन्द्रित फोहरमैला व्यवस्थापनको अवधारणाअनुसार महानगरलाई सातवटा फोहर समूहमा विभाजन गरी सुक्खा फोहर पुनःप्रयोग तथा रिसाइकल गर्ने योजना अघि सारेको जनाउँदै आवश्यक जग्गा प्राप्ति तथा अन्य प्रक्रिया पूरा हुन नसक्दा योजना कार्यान्वयनमा ढिलाइ भएको उनले उल्लेख गरिन् ।

    “बञ्चरेडाँडामा काठमाडौँ महानगरबाहेक अन्य २० वटा पालिकाबाट समेत फोहर ल्याइने भए पनि ती स्थानीय तहलाई फोहर व्यवस्थापनको जिम्मेवारीमा सहभागी गराउन सकिएको छैन । हाल बञ्चरेडाँडा ल्याण्डफिल साइटको सञ्चालन, व्यवस्थापन तथा आर्थिक भार मुख्यतः काठमाडौँ महानगरपालिकाले व्यहोर्दै आएको छ”, कार्यवाहक प्रमुख डङ्गोलले भनिन् ।

    फोहर व्यवस्थापनलाई दीर्घकालीन रूपमा सुधार गर्न ल्याण्डफिल साइटमा पुग्ने फोहरको मात्रा घटाउने, स्रोतमै फोहर वर्गीकरण गर्ने, सङ्कलन तथा ढुवानी प्रणाली व्यवस्थित बनाउने विषयमा पनि छलफल भएको थियो । त्यसका लागि ‘कुन निकायबाट कस्तो सहयोग चाहिन्छ’ भनेर महानगरपालिकाले जानकारी दिए सरकारले सहयोग गर्ने र समस्या समाधानका लागि द्रुत पहल गर्ने सञ्चारमन्त्री डा तिमिल्सिनाले प्रतिबद्धता जनाइन् ।

    ल्याण्डफिल साइटको दीर्घकालीन व्यवस्थापनका लागि फोहर सङ्कलन केन्द्रको सङ्ख्या बढाउने, फोहर वर्गीकरण तथा ग्रेडिङ प्रणाली विस्तार गर्ने, सङ्घ, प्रदेश तथा स्थानीय तहबीच सहकार्य बढाउनेलगायत विषयमा छलफल भएको थियो ।

    महानगरपालिकाका अनुसार हाल बञ्चरेडाँडा पुग्ने फोहरमध्ये करिब ६० प्रतिशत कुहिने र ४० प्रतिशत नकुहिने रहेको छ । स्रोतमै फोहर छुट्याउने अभ्यास प्रभावकारी नहुँदा वर्गीकरणमा समस्या देखिएको र त्यसले ल्याण्डफिल साइटमा थप चुनौती सिर्जना गरेको महानगरपालिकाको भनाइ छ ।

    दैनिक दुई सयभन्दा बढी फोहर बोकेका ट्रक बञ्चरेडाँडा पुग्ने गरेका छन् । वर्षायाममा सडकको अवस्था खराब हुँदा सवारीसाधन पटक(पटक बाटोमै अड्किने, त्यसबाट दुर्गन्ध फैलिने र स्थानीय जनजीवन प्रभावित हुने समस्या रहेका जनाइएको छ ।

    यसअघि पनि मन्त्री डा तिमिल्सिनाले बञ्चरेडाँडा फोहर व्यवस्थापनस्थलमा देखिएका चुनौती तथा स्थानीयवासीले भोग्नुपरेका समस्या समाधानका लागि सम्बन्धित निकायसँग छलफल गरेका थिए । उनले फोहर व्यवस्थापनको प्रभावकारी अनुगमन, स्थानीयवासीका गुनासो सुनुवाइ, सडक पूर्वाधार सुधार तथा वैज्ञानिक ढङ्गबाट फोहर व्यवस्थापनका लागि सबै सम्बन्धित निकाय जिम्मेवार भएर काम गर्नुपर्नेमा जोड दिँदै आएका छन् ।

    संघीय सरकारले एक हजार ७९२ रोपनी जग्गा अधिग्रहण गरी निर्माण गरेको बञ्चरेडाँडा ल्याण्डफिल साइटमा विसं २०७९ जेठ १० गतेदेखि फोहर विसर्जन सुरु गरिएको हो । यो ल्याण्डफिल साइट नुवाकोटको ककनी गाउँपालिका–२ र धादिङको धुनीबेँसी नगरपालिका–१ को सीमाक्षेत्रमा अवस्थित छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सोधपुछपछि छुटे जनता टिभीका अध्यक्ष पौडेल
  • मृत्युदण्डको कानुनी व्यवस्था गर्न माग गर्दै जेन जी पर्साद्वारा प्रशासनलाई ध्यानाकर्षण
  • टाटा मोटर्सको ‘टाटा योद्धा २.० बीएस–६’ वीरगञ्जमा शुभारम्भ
  • नेपाल लायन्स को ५५ औं वार्षिकोत्सबको अवसरमा लायन्स क्लब अफ बीरगंज गेटवे द्वारा स्वास्थ्य सेवाको निरन्तरता , स्पर्श हस्पिटलको सहयोगमा घडिअर्वा पोखरी परिसरमा रक्तचाप र डाईविटिज परिक्षण कार्यक्रममा ११५ जना लाभान्वित ।
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बञ्चरेडाँडा फोहर व्यवस्थापनमा देखिएका समस्याबारे मन्त्री तिमिल्सिना र मेयर डंगोलबीच छलफल

    सोधपुछपछि छुटे जनता टिभीका अध्यक्ष पौडेल

    मृत्युदण्डको कानुनी व्यवस्था गर्न माग गर्दै जेन जी पर्साद्वारा प्रशासनलाई ध्यानाकर्षण

    टाटा मोटर्सको ‘टाटा योद्धा २.० बीएस–६’ वीरगञ्जमा शुभारम्भ

    नेपाल लायन्स को ५५ औं वार्षिकोत्सबको अवसरमा लायन्स क्लब अफ बीरगंज गेटवे द्वारा स्वास्थ्य सेवाको निरन्तरता , स्पर्श हस्पिटलको सहयोगमा घडिअर्वा पोखरी परिसरमा रक्तचाप र डाईविटिज परिक्षण कार्यक्रममा ११५ जना लाभान्वित ।

    सहमति कार्यान्वयन नहुँदा वीरगंज बसपार्क पुनः अस्तव्यस्त

    छालाको क्यान्सर निराकरणमा ऐतिहासिक सफलता, खोपले क्यान्सर नफर्किने दाबी

    नवलपुरमा समस्याग्रस्त बाघ खोज्न ट्रयापिङ क्यामेरा जडान

    प्रधानमन्त्री शाहको ‘एक्लो’ स्टाटसबारे रवि लामिछानेले के भने?

    यस्तो छ सरकारको प्रस्तावित आपूर्ति नीति, खाद्य सामग्री खुला बेच्न नदिने

    बञ्चरेडाँडा फोहर व्यवस्थापनमा देखिएका समस्याबारे मन्त्री तिमिल्सिना र मेयर डंगोलबीच छलफल

    सोधपुछपछि छुटे जनता टिभीका अध्यक्ष पौडेल

    मृत्युदण्डको कानुनी व्यवस्था गर्न माग गर्दै जेन जी पर्साद्वारा प्रशासनलाई ध्यानाकर्षण

    टाटा मोटर्सको ‘टाटा योद्धा २.० बीएस–६’ वीरगञ्जमा शुभारम्भ

    नेपाल लायन्स को ५५ औं वार्षिकोत्सबको अवसरमा लायन्स क्लब अफ बीरगंज गेटवे द्वारा स्वास्थ्य सेवाको निरन्तरता , स्पर्श हस्पिटलको सहयोगमा घडिअर्वा पोखरी परिसरमा रक्तचाप र डाईविटिज परिक्षण कार्यक्रममा ११५ जना लाभान्वित ।

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    बञ्चरेडाँडा फोहर व्यवस्थापनमा देखिएका समस्याबारे मन्त्री तिमिल्सिना र मेयर डंगोलबीच छलफल

    News

    सोधपुछपछि छुटे जनता टिभीका अध्यक्ष पौडेल

    News

    मृत्युदण्डको कानुनी व्यवस्था गर्न माग गर्दै जेन जी पर्साद्वारा प्रशासनलाई ध्यानाकर्षण

    News

    टाटा मोटर्सको ‘टाटा योद्धा २.० बीएस–६’ वीरगञ्जमा शुभारम्भ

    News

    नेपाल लायन्स को ५५ औं वार्षिकोत्सबको अवसरमा लायन्स क्लब अफ बीरगंज गेटवे द्वारा स्वास्थ्य सेवाको निरन्तरता , स्पर्श हस्पिटलको सहयोगमा घडिअर्वा पोखरी परिसरमा रक्तचाप र डाईविटिज परिक्षण कार्यक्रममा ११५ जना लाभान्वित ।

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑