• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    मृत्युदण्डको कानुनी व्यवस्था गर्न माग गर्दै जेन जी पर्साद्वारा प्रशासनलाई ध्यानाकर्षण

  • वीरगंज संजाल
  • Aug 20, 2026, 3:44 pm
  • ०

    वीरगंज | महिला, बालिका तथा किशोरीमाथि हुने बलात्कार, यौनजन्य हिंसा तथा जघन्य अपराध नियन्त्रणका लागि मृत्युदण्डको कानुनी व्यवस्था गर्न माग गर्दै जेन जी पर्साले जिल्ला प्रशासन कार्यालय पर्सामा ध्यानाकर्षण पत्र बुझाएको छ।

    जेन जी पर्साका संयोजक महादेव प्रसाद कुर्मीको नेतृत्वमा बुझाइएको पत्रमा हालै बाराको सिमरामा तीन वर्षीया बालिकामाथि बलात्कारपछि हत्या भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै दोषीलाई तत्काल पक्राउ गरी निष्पक्ष छानबिनमार्फत कानुनबमोजिम कडा कारबाही गर्न माग गरिएको छ।

    पत्रमा गत भदौ २३ र २४ गते भएको जेन जी आन्दोलन भ्रष्टाचार, कमिसनखोरी तथा विभिन्न विकृतिविरुद्ध केन्द्रित रहेको उल्लेख गर्दै आन्दोलनपछि देशमा परिवर्तनको अपेक्षा बढेको जनाइएको छ। नागरिकले वर्तमान सरकारसँग सुशासन, सुरक्षा र न्यायका विषयमा ठूलो अपेक्षा राखेको भन्दै महिला तथा बालिकामाथि भइरहेका जघन्य अपराध नियन्त्रणका लागि सरकार गम्भीर बन्नुपर्ने जेन जी पर्साको माग छ।

    जेन जी पर्साले बलात्कारजस्ता जघन्य अपराधमा संलग्न दोषीलाई कडा सजाय सुनिश्चित गर्न संविधान संशोधन गरी मृत्युदण्डको कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेको छ। साथै, त्यस्ता कानुनी व्यवस्था गर्न द्रुत मार्गबाट संविधान संशोधन प्रक्रिया अघि बढाउनसमेत आग्रह गरिएको छ।

    ध्यानाकर्षण पत्रमा अपराधीहरू कानुनी कारबाहीबाट उम्किने वा राजनीतिक संरक्षण पाउने अवस्था सिर्जना हुन नदिन निष्पक्ष अनुसन्धान र प्रभावकारी कानुनी कारबाही सुनिश्चित गर्नुपर्ने उल्लेख गरिएको छ।

    त्यसैगरी, पर्सा जिल्लाका सार्वजनिक स्थल, विद्यालय तथा कार्यक्षेत्रमा महिला, किशोरी र बालिकाको सुरक्षा सुनिश्चित गर्न नियमित सुरक्षा गस्ती तथा निगरानीलाई थप प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीसमक्ष आग्रह गरिएको छ।

    जेन जी पर्साले सिमरामा बलात्कारपछि हत्या गरिएकी बालिकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घटनाका दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गरेको छ।

    ध्यानाकर्षण पत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन मन्त्रालय र गृह मन्त्रालयमा समेत पठाइएको जनाइएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार
  • टाटा मोटर्सको ‘टाटा योद्धा २.० बीएस–६’ वीरगञ्जमा शुभारम्भ
  • नेपाल लायन्स को ५५ औं वार्षिकोत्सबको अवसरमा लायन्स क्लब अफ बीरगंज गेटवे द्वारा स्वास्थ्य सेवाको निरन्तरता , स्पर्श हस्पिटलको सहयोगमा घडिअर्वा पोखरी परिसरमा रक्तचाप र डाईविटिज परिक्षण कार्यक्रममा ११५ जना लाभान्वित ।
  • सहमति कार्यान्वयन नहुँदा वीरगंज बसपार्क पुनः अस्तव्यस्त
  • छालाको क्यान्सर निराकरणमा ऐतिहासिक सफलता, खोपले क्यान्सर नफर्किने दाबी
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मृत्युदण्डको कानुनी व्यवस्था गर्न माग गर्दै जेन जी पर्साद्वारा प्रशासनलाई ध्यानाकर्षण

    टाटा मोटर्सको ‘टाटा योद्धा २.० बीएस–६’ वीरगञ्जमा शुभारम्भ

    नेपाल लायन्स को ५५ औं वार्षिकोत्सबको अवसरमा लायन्स क्लब अफ बीरगंज गेटवे द्वारा स्वास्थ्य सेवाको निरन्तरता , स्पर्श हस्पिटलको सहयोगमा घडिअर्वा पोखरी परिसरमा रक्तचाप र डाईविटिज परिक्षण कार्यक्रममा ११५ जना लाभान्वित ।

    सहमति कार्यान्वयन नहुँदा वीरगंज बसपार्क पुनः अस्तव्यस्त

    छालाको क्यान्सर निराकरणमा ऐतिहासिक सफलता, खोपले क्यान्सर नफर्किने दाबी

    नवलपुरमा समस्याग्रस्त बाघ खोज्न ट्रयापिङ क्यामेरा जडान

    प्रधानमन्त्री शाहको ‘एक्लो’ स्टाटसबारे रवि लामिछानेले के भने?

    यस्तो छ सरकारको प्रस्तावित आपूर्ति नीति, खाद्य सामग्री खुला बेच्न नदिने

    सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान

    ओली पथमा बालेन

    मृत्युदण्डको कानुनी व्यवस्था गर्न माग गर्दै जेन जी पर्साद्वारा प्रशासनलाई ध्यानाकर्षण

    टाटा मोटर्सको ‘टाटा योद्धा २.० बीएस–६’ वीरगञ्जमा शुभारम्भ

    नेपाल लायन्स को ५५ औं वार्षिकोत्सबको अवसरमा लायन्स क्लब अफ बीरगंज गेटवे द्वारा स्वास्थ्य सेवाको निरन्तरता , स्पर्श हस्पिटलको सहयोगमा घडिअर्वा पोखरी परिसरमा रक्तचाप र डाईविटिज परिक्षण कार्यक्रममा ११५ जना लाभान्वित ।

    सहमति कार्यान्वयन नहुँदा वीरगंज बसपार्क पुनः अस्तव्यस्त

    छालाको क्यान्सर निराकरणमा ऐतिहासिक सफलता, खोपले क्यान्सर नफर्किने दाबी

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    मृत्युदण्डको कानुनी व्यवस्था गर्न माग गर्दै जेन जी पर्साद्वारा प्रशासनलाई ध्यानाकर्षण

    News

    टाटा मोटर्सको ‘टाटा योद्धा २.० बीएस–६’ वीरगञ्जमा शुभारम्भ

    News

    नेपाल लायन्स को ५५ औं वार्षिकोत्सबको अवसरमा लायन्स क्लब अफ बीरगंज गेटवे द्वारा स्वास्थ्य सेवाको निरन्तरता , स्पर्श हस्पिटलको सहयोगमा घडिअर्वा पोखरी परिसरमा रक्तचाप र डाईविटिज परिक्षण कार्यक्रममा ११५ जना लाभान्वित ।

    News

    सहमति कार्यान्वयन नहुँदा वीरगंज बसपार्क पुनः अस्तव्यस्त

    News

    छालाको क्यान्सर निराकरणमा ऐतिहासिक सफलता, खोपले क्यान्सर नफर्किने दाबी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑