
वीरगंज | नवलपुरको अरुणखोलामा बाखले दुईवटा गोरु, दुई गाई र १५ वटा बाख्रा मारेको छ । मध्यबिन्दु नगरपालिका–१४ द्वारीमा साउन २२ गतेदेखि भदौ ४ गतेसम्ममा १९ वटा घरपालुवा जनावरलाई आक्रमण गरी मारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बाघको आक्रमण बढ्न थालेपछि उक्त स्थानमा चितवन राष्ट्रिय निकुञ्ज, डिभीजन बन कार्यालय नवलपुर र प्रहरी टोली बाघको निगरानीका लागि परिचालन गरिएको छ । बाघलाई खोजेर टार्ड गर्ने तयारी गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक अनिल पण्डितले जानकारी दिए ।
