• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    मधेसमा पर्यटन प्रवर्धन र लगानी सुरक्षाका लागि व्यवसायीको मन्त्री पटेलसँग ध्यानाकर्षण

  • वीरगंज संजाल
  • Aug 12, 2026, 4:38 pm
  • ०

    वीरगंज | मधेस प्रदेशका होटल तथा पर्यटन व्यवसायीहरूले प्रदेशमा पर्यटन प्रवर्धन, लगानीको सुरक्षा तथा संरक्षण र अनुगमनको शैली सुधार गर्न उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री माननीय कनिष पटेलको ध्यानाकर्षण गराएका छन्।

    नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ (FONHATE) मधेस प्रदेशको संयोजनमा, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (NATTA) मधेस प्रदेश र होटल संघ नेपाल (HAN) मधेस प्रदेशको समन्वय तथा सहकार्यमा महोत्तरीको लालगढस्थित गौतम होटलमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो।

    FONHATE अध्यक्ष हिरा गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेस प्रदेशका होटल तथा पर्यटन व्यवसायी, पर्यटन क्षेत्रका प्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।

    कार्यक्रममा सहभागी व्यवसायीहरूले मधेस प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालय तथा मातहतका निकायबाट हुने अनुगमनका क्रममा देखिएको ‘छापामार शैली’प्रति असन्तुष्टि जनाउँदै त्यसबाट व्यवसायीमा परेको प्रभावबारे मन्त्रीसमक्ष ध्यानाकर्षण गराएका थिए। व्यवसायीहरूले अनुगमनलाई सुधारात्मक र समन्वयात्मक बनाउनुपर्ने, पूर्वसूचनासहित अनुगमन गर्नुपर्ने तथा जरिवानासम्बन्धी विषयमा स्पष्ट र व्यावहारिक समाधान खोजिनुपर्ने माग राखेका थिए।

    सोही क्रममा FONHATE मधेस प्रदेशका संस्थापक महासचिव तथा NATTA मधेस प्रदेशका अध्यक्ष मोहन शर्मा लामिछानेले समग्र निजी क्षेत्रको पैरवी गर्दै होटल तथा पर्यटन व्यवसायीहरूको तर्फबाट विभिन्न माग तथा सुझाव समेटिएको ध्यानाकर्षण पत्र मन्त्री पटेललाई हस्तान्तरण गरेका थिए।

    अन्तरक्रिया कार्यक्रममा बारा निजगढका सल्लाहकार युवराज लामा, जनकपुरधाम धनुषाका विजय झुनझुनवालालगायत पर्यटन तथा होटल व्यवसाय क्षेत्रका प्रतिनिधिहरूको विशेष उपस्थिति रहेको थियो।

    कार्यक्रममा व्यवसायीहरूले मधेस प्रदेशमा पर्यटनको प्रचुर सम्भावना रहे पनि लगानीको वातावरण, व्यवसाय सञ्चालनमा सहजता, अनुगमन प्रणाली तथा पर्यटन पूर्वाधारका क्षेत्रमा अझै सुधार आवश्यक रहेको बताएका थिए। धार्मिक तथा सांस्कृतिक पर्यटनसँगै खानपान, स्थानीय कला–संस्कृति, पर्व तथा परम्परालाई पर्यटनसँग जोडेर प्रदेशको अर्थतन्त्रलाई चलायमान बनाउनुपर्नेमा उनीहरूले जोड दिएका थिए।

    अन्तरक्रियामा मन्त्री कनिष पटेलले निजी क्षेत्र र प्रदेश सरकारबीच सहकार्यलाई थप प्रभावकारी बनाउँदै पर्यटन क्षेत्रमा लगानी सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले व्यवसायीलाई अनावश्यक समस्या नहुने गरी पूर्वसूचनासहितको अनुगमन प्रणालीलाई प्राथमिकता दिने बताए।

    मन्त्री पटेलले मधेस प्रदेशको पर्यटन प्रवर्धनका लागि डिजिटल माध्यमको प्रयोग बढाउने तथा धार्मिक, सांस्कृतिक रीतिरिवाज, खानपान, पर्व तथा स्थानीय पहिचानको संरक्षण गर्दै पर्यटन विकासका कार्यक्रम अघि बढाउने बताए।

    उनले प्रदेशमा मार्ट, एक्स्पो, स्ट्रीट फेस्टिभल, सस्तो बजार, क्रस-बोर्डर B2B कार्यक्रम तथा अन्तरप्रदेशीय सम्बन्ध विस्तारजस्ता गतिविधि सञ्चालन गर्ने योजनासहित दिगो पर्यटन विकासमा सरकार अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

    मन्त्री पटेलले पर्यटन व्यवसायी र सरकारबीच निरन्तर संवाद तथा सहकार्यबाट मात्रै मधेस प्रदेशलाई आकर्षक पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिने धारणा राखेका थिए।

    कार्यक्रमले मधेस प्रदेशको पर्यटन क्षेत्रको विकाससँगै निजी क्षेत्रको लगानी संरक्षण, व्यवसायमैत्री वातावरण निर्माण र सरकार–व्यवसायीबीचको सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग
  • कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
  • राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)
  • वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    राष्ट्रियसभा बैठक प्रारम्भ

    बुधबार प्रतिनिधिसभा बैठक बस्दै

    धनकुटाको औद्योगिक ग्राममा १४ ब्लक, सञ्चालनमा भने ८ उद्योग मात्र

    रसुवाका बाढीपीडितका लागि जगरनाथपुर गाउँपालिकाले १५ लाख सहयोग गर्ने

    वीरगन्जमा ब्राउन सुगरसहित ३ भारतीय युवक पक्राउ

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    News

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    News

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    News

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    News

    राष्ट्रियसभा बैठक प्रारम्भ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑