• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    फिल्म ‘पहाड’ को पहिलो गीत ‘मोहनी लगाउने’ सार्वजनिक

  • वीरगंज संजाल
  • ९ चैत्र २०८२, सोमबार २०:१६
  • ३४५

    वीरगंज | निर्देशक तुलसी घिमिरेको निर्देशनमा तयार भएको फिल्म ‘पहाड’ को पहिलो गीत ‘मोहनी लगाउने’ सार्वजनिक गरिएको छ ।

    सार्वजनिक गरिएको गीतमा नव अभिनेत्री पञ्चमी घिमिरे र अरुण क्षेत्री फिचर्ड छन् । सार्वजनिक गीतमा निर्देशक तुलसी घिमिरेको शब्द, रञ्जित सिंह गजमेरको सङ्गीत रहेको छ भने यसमा भारती घिमिरे, साकार आप्टे, मदनकृष्ण श्रेष्ठ, अश्मिता अधिकारीको स्वर रहेको छ । उक्त गीतमा अभिनेता विपिन कार्कीको र्‍याप सुन्न सकिन्छ । उक्त गीतलाई कविराज गहतराजले नृत्य निर्देशन गरेका हुन् ।

    निर्देशक घिमिरेले केही वर्षको अन्तरालमा कथावस्तु छनोट गरेर फिल्म तयार गरेको बताए । ‘यो विषयलाई फिल्मको माध्यमबाट आम दर्शकसम्म पुर्याउनु पर्छ भन्ने लागेर मैले फिल्म बनाएको हुँ । यसमा मनोरन्जनसँगै एउटा महत्वपूर्ण संदेश पनि छ । यो गीतले पनि त्यसमा केही सङ्केत गरेको छ’, निर्देशक घिमिरेले भने ।
    ग्रामीण परिवेशमा छायांकन गरिएको यो गीत नृत्यप्रधान र मिठासपूर्ण लाग्छ । ग्रामीण सौन्दर्य, धन कमाउन युवाले गाउँ छाड्नुपर्ने बाध्यता, सहरभन्दा गाउँ उपयुक्त रहेको लगायतका सन्देश गीतमा छ ।

    गीत सार्वजनिक कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले निर्देशक घिमिरेको निर्देशकीय यात्रा र उहाँको परिवाले नेपाली फिल्ममा दिनुभएको योगदानको चर्चा गरे ।

    ‘तुलसी दाइको परिवारनै यही फिल्ममा लागेर आफ्नो जीवन समर्पण गर्नुभएको छ । यो फिल्मबाट उहाँकी कान्छी छोरी पन्चमी पनि फिल्ममा आएकी छिन्, यो परिवारको समर्पणलाई हामीले सम्मानसहित कदर गर्नु पर्छ । तुलसी दाइको फिल्मको कथ्यशैलीको म सधैँ प्रसंशक हुँ, यसबाट पनि निकै आशावादी छु’, अध्यक्ष डिसीले भने ।

    आगामी वर्ष २०८३ को वैशाख १ गते अर्थात् नयाँ वर्षको दिन प्रदर्शन हुने उक्त फिल्ममा युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको लेखकसमेत रहेका निर्देशक घिमिरेले बताए ।

    निर्देशक घिमिरेले यसपटक ‘बलिदान’ मा काम गरेका मदनकृष्ण श्रेष्ठ, ‘चिनो’ मा काम गरेका शिव श्रेष्ठ र सुनिल थापालाई पनि ‘पहाड’ मा कास्ट गरेका छन् । फिल्मलाई प्रमोद प्रधानले छायाङ्कन गरेका छन् । भारतमा फिल्म, वेबसिरिज र टेलीफिल्मसमेत छायाङ्कन गरिसकेका छायाँकार प्रधानले निर्देशक घिमिरेसँग ‘अन्याय’, ‘कोसेली’, ‘चिनो’ र ‘दक्षिणा’ लगायतका फिल्ममा सहकार्य गरेका छन् ।

    भाग्यरत्न फिल्म्स प्रालिको व्यानरमा निर्माण भएकोे ‘पहाड’मा विपीन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, उमा गिरीलगायतका कलाकारको अभिनय रहेको छ । निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमी घिमिरेलाई यसै फिल्ममार्फत अभिनेत्रीको रुपमा दर्शकसामु ल्याएकाछन् । यस्तै, फिल्मको प्राविधिक टिममा निर्देशक घिमिरेकी जेठी छोरी भावना घिमिरेले प्रोडक्सन डिजाइनरको जिम्मेवारी सम्हालेकी छिन् ।

    फिल्ममा रञ्जित सिंह गजमेर सङ्गीत निर्देशक रहेका छन् । उत्तम रसाइली प्रस्तुतकर्ता रहेको फिल्ममा सुरेन्द्र लामा थिङ, ओजस्वी केसी, रिम्पोछे लामा थिङ, दमन्ती रसाइली र उमा गिरी निर्माता रहेका छन् । उक्त फिल्ममा भारती घिमिरे क्रिएटिभ निर्माता रहेकी छिन् । फिल्म नेपालमा वैङ्कटेश इन्टरटेनमेन्ट र डायस्पोरामा सेभेन सिज इन्टरनेशनल फिल्म्सले वितरण गर्नेछ । यसको पब्लिसिटी डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेको हो । फिल्ममा कविराज गहतराज र मिङमा डी लेप्चाको नृत्य निर्देशन, कुमार महर्जनको द्वन्द्व निर्देशन, शङ्कर कोइराला र भारती घिमिरेको सम्पादन राजेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्साकाे रामनगरी घर भएका सशस्त्र प्रहरी असई राम युवतीसंगै मृत फेला
  • कोशीमा बालविवाहका ३८ सूचना दर्ता, मोरङमा सबैभन्दा बढी
  • एमालेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ कार्यशाला सुरू
  • पटनामा ‘खान सर’को कोचिङ सेन्टरमा गोली प्रहार र तोडफोड
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्साकाे रामनगरी घर भएका सशस्त्र प्रहरी असई राम युवतीसंगै मृत फेला

    कोशीमा बालविवाहका ३८ सूचना दर्ता, मोरङमा सबैभन्दा बढी

    एमालेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ कार्यशाला सुरू

    पटनामा ‘खान सर’को कोचिङ सेन्टरमा गोली प्रहार र तोडफोड

    मधेसमा दुर्घटनाको प्रमुख कारण मोटरसाइकल

    प्राइभेट भिल्ला पार्टीको नाममा युवती ‘किनबेच’ !

    राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम नगर अधिवेशन सम्पन्न, राजु गुप्ता नगर सभापतिमा चयन

    महासंघ पर्सामा विवाद चर्कियो, अध्यक्ष र सचिव बिरुद्ध कार्यसमितिमा विद्रोह

    निर्माणाधीन भवनको छज्जा खस्दा महिला कामदारको मृत्यु

    राष्ट्रिय मानवअधिकार आयोगद्वारा बालेन शाहलाई ‘क्लीन चिट’, दर्जनौँ नेतामाथि थप अनुसन्धान गर्न सिफारिस

    पर्साकाे रामनगरी घर भएका सशस्त्र प्रहरी असई राम युवतीसंगै मृत फेला

    कोशीमा बालविवाहका ३८ सूचना दर्ता, मोरङमा सबैभन्दा बढी

    एमालेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ कार्यशाला सुरू

    पटनामा ‘खान सर’को कोचिङ सेन्टरमा गोली प्रहार र तोडफोड

    मधेसमा दुर्घटनाको प्रमुख कारण मोटरसाइकल

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    पर्साकाे रामनगरी घर भएका सशस्त्र प्रहरी असई राम युवतीसंगै मृत फेला

    News

    कोशीमा बालविवाहका ३८ सूचना दर्ता, मोरङमा सबैभन्दा बढी

    News

    एमालेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ कार्यशाला सुरू

    News

    पटनामा ‘खान सर’को कोचिङ सेन्टरमा गोली प्रहार र तोडफोड

    News

    मधेसमा दुर्घटनाको प्रमुख कारण मोटरसाइकल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑