आज:
  • होमपेज / Breaking News

    श्रमिकको परिवारलाई २० लाख बढी आर्थिक सहायता

  • वीरगंज संजाल
  • २२ माघ २०८२, बुधबार १६:३५
  • २३७

    वीरगंज | सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध नभएका श्रमिकको आश्रित परिवारलाई सम्बन्धित रोजगारदाताबाट २० लाख भन्दा बढी आर्थिक सहायता दिलाएको छ।

    वीरगन्जस्थित एक टेक्सटाइलको व्यापार गर्ने कम्पनीमा कार्यरत श्रमिक रामानन्द साह कानुको निधनपछि परिवारलाई कोषले आश्रित परिवारले पाउनुपर्ने सबै सुविधाबापतको २० लाख ४३ हजार छ सय ४५ रुपैयाँ ८४ पैसा दिलाएको हो। कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले आज मृतकका श्रीमती उमादेवीलाई उक्त रकमबराबरको चेक हस्तान्तरण गरे।

    श्रमिक कानुनको २०७९ साउन २७ गते मृत्यु भएको थियो। कानुको रोजगारदाता कम्पनी सामाजिक सुरक्षा कोषमा सूचीकृत नभएका कारण उनका परिवार सामाजिक सुरक्षाबाट वञ्चित भएको थियो।

    पीडित पक्षका तर्फबाट श्रीमती उमादेवीले २०७९ कात्तिक २५ गते आश्रित परिवार सुरक्षा सम्बन्धमा पाउनुपर्ने सबै सुविधा उपलब्ध गराइँ पाऊँ भनी निवेदन दिएका थिए। कोषले २०७९ मङ्सिर १५ गते उक्त विषयमा जानकारी गराउन रोजगारदातालाई पत्राचार गरेको थियो।

    रोजगारदाता र पीडितपक्षबीच मिलापत्र हुन नसकेपछि कोषले आश्रित परिवार सुविधाबापतको सुविधा दिन रोजगारदातालाई आदेश दिएको थियो। कोषको आदेश चित्त नबुझेपछि रोजगारदाताले उच्च अदालत पाटनमा पुनरावेदन गरेकामा २०८० चैत १२ गते उच्च अदालतबाट कोषको फैसला सदर भएको थियो।

    उच्च अदालतको फैसलालाई लिएर रोजगारदाता सर्वोच्च पुगेपनि सर्वोच्चले कोषकै फैसलालाई सदर गरेको थियो। अदालती प्रक्रिया टुङ्गेपछि गत मङ्सिर २८ गते कोषले रोजगारदाताको बैङ्क खाता रोक्का राख्न नेपाल राष्ट्र बैङ्कलाई पत्राचार गरेको थियो। सम्बन्धित रोजगारदाताका तर्फबाट आश्रित परिवारले पाउने रकम भुक्तानी गरेपश्चात उक्त खाता फुकुवा गरिएको कोषले जनाएको छ।

    योगदानमा आधारित सामाजिक सुरक्षा ऐनको दफा ९ को उपदफा ४ मा कोषमा सूचीकरण नगर्ने, नगराउने वा योगदान रकम नबुझाउने रोजगारादतालाई बैङ्क तथा वित्तीय संस्थामा रहेको खाता रोक्का, सम्बन्धित व्यक्ति वा संस्थाको चलअचल सम्पत्ति रोक्का, प्रचलित कानुन बमोजिम पाउने छुट सहुलियत निलम्न गर्न वा रोक्का, अनुमतिपत्र वा इजाजतपत्र निलम्बन र राहदानी रोक्का गर्न सक्ने अधिकार कोषलाई दिएको छ।

    ऐनकै दफा ९ को उपदफा ६ ले सूचीकृत रोजगारादताले योगदानबापतको रकम कोषमा जम्मा नगरेमा त्यस्तो अवधिपछि योगदान रकम कोषमा जम्मा नगरेको अवधिभित्र दुर्घटना वा मृत्यु भई श्रमिकलाई सुविधा उपलब्ध गराउनुपर्ने भएमा त्यस्तो सुविधा बराबरको रकम सम्बन्धित रोजगारादताले नै श्रमिकलाई उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ।

    कार्यक्रममा कोषका कार्यकारी निर्देशक अधिकारीले रोजगारदताले कोषमा आबद्ध नगराइदिएको अवस्थामा श्रमिकको निधनपछि आश्रित परिवार सुविधाबाट वञ्चित हुन नदिन सुविधा दिलाउने अधिकार कोषलाई भएको बताउनुभयो। “जुनसुकै अवस्थामा पनि श्रमिकले सामाजिक सुरक्षाको हक पाउँछ”, उहाँले भन्नुभयो, “रोजगारदाताले अबाद्ध गरेर नियमित योगदान गरे कोषले सुविधा दिन्छ, होइन भने रोजगारादताले नै उक्त सुविधा दिनुपर्छ।”

    कोषका निर्देशक एवं कोष व्यवस्थापन महाशाखा प्रमुख रोहित रेग्मीले कोषमा आबद्ध नभएकै व्यक्तिको आश्रित परिवारले पनि सामाजिक सुरक्षा पाउन सफल भएको बताउनुभयो। “आजको दिनमा सामाजिक सुरक्षा कोषमा आबद्ध भए पनि÷नभए पनि सबै नागरिक सामाजिक सुरक्षा पाउनका लागि योग्य छन्”, उहाँले भन्नुभयो, “त्यसैको उदाहरण हुनुहुन्छ उमादेवी। कोषमा आबद्ध नभएका रामानन्दको निधन हुँदै गर्दा उहाँले जीवनभर पाउने पेन्सन हिसाब गरेर रोजगारदाताले नै सो रकम व्यहोर्नु परेको हो।”

    रामानन्दका श्रीमती उमादेवीले सामाजिक सुरक्षा कोषले आफूलाई न्याय दिएको बताए। “आफूले श्रीमानको निधनपछि कोषबाट सुविधा पाउँछु भन्ने कल्पनै गरेको थिइनँ, आज आश्रित परिवास सुविधाबापतको रकम कोषले दिलायो”, उनले भने, “पीडित भए पनि आज म निकै खुसी छु।”

    सामाजिक सुरक्षा योजनामा आबद्ध नगराएको अवस्था मृत्यु भएका श्रमिकका ४० भन्दा बढी आश्रित परिवारलाई सुविधा दिन सफल भएको कोषले जनाएको छ। कोषमा नियमित योगदान गरिरहेका ८०० भन्दा बढी आश्रित परिवारले विभिन्न सुविधा पाइरहेका छन्।

    कोषमा हालसम्म औपचारिक क्षेत्रका छ लाख ७३ हजार र वैदेशिक क्षेत्रका २१ लाख छ हजार गरी २७ लाख ८१ हजार बराबर योगदानकर्ता सूचीकृत भएका छन्। कोषले हालसम्म विभिन्न सुविधाबापत योगदानकर्तालाई रु १८ अर्ब ६३ करोड दाबी भुक्तानी गरिसकेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • फोहोरबाट सुन निकाल्दै गरेका विमानस्थलका सरसफाइ कर्मचारी पक्राउ
  • प्रधानमन्त्री कार्कीसँग श्रीलङ्काका राजदूतको भेट
  • निर्वाचन आयाेग र टिकटकबिच सम्झाैता, अब कस्ताे भिडियाे राेक्छ टिकटकले ?
  • आदिवासी जनजातिको संस्कृति र पहिचान राष्ट्रिय गौरवका आधार : कार्यवाहक राष्ट्रपति
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    फोहोरबाट सुन निकाल्दै गरेका विमानस्थलका सरसफाइ कर्मचारी पक्राउ

    प्रधानमन्त्री कार्कीसँग श्रीलङ्काका राजदूतको भेट

    निर्वाचन आयाेग र टिकटकबिच सम्झाैता, अब कस्ताे भिडियाे राेक्छ टिकटकले ?

    आदिवासी जनजातिको संस्कृति र पहिचान राष्ट्रिय गौरवका आधार : कार्यवाहक राष्ट्रपति

    श्रमिकको परिवारलाई २० लाख बढी आर्थिक सहायता

    राष्ट्रिय महिला क्रिकेटरले लगाउने जर्सी सार्वजनिक

    ग्रीसमा तटरक्षक जहाज र आप्रवासी बोकेको डुङ्गा बिचको टक्करमा १५ जनाको मृत्यु : प्रहरी

    लामो समयदेखि अलपत्र धाप्लाङघाट पुल निर्माणले तिव्रता पायो

    नाइजेरिया : क्वारा राज्यमा बन्दुकधारीको आक्रमण, ३५ जनाको हत्या

    बाँकेमा राप्ती नदीको डुबान र कटान बन्यो चुनावी मुद्दा

    फोहोरबाट सुन निकाल्दै गरेका विमानस्थलका सरसफाइ कर्मचारी पक्राउ

    प्रधानमन्त्री कार्कीसँग श्रीलङ्काका राजदूतको भेट

    निर्वाचन आयाेग र टिकटकबिच सम्झाैता, अब कस्ताे भिडियाे राेक्छ टिकटकले ?

    आदिवासी जनजातिको संस्कृति र पहिचान राष्ट्रिय गौरवका आधार : कार्यवाहक राष्ट्रपति

    श्रमिकको परिवारलाई २० लाख बढी आर्थिक सहायता

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    फोहोरबाट सुन निकाल्दै गरेका विमानस्थलका सरसफाइ कर्मचारी पक्राउ

    News

    प्रधानमन्त्री कार्कीसँग श्रीलङ्काका राजदूतको भेट

    News

    निर्वाचन आयाेग र टिकटकबिच सम्झाैता, अब कस्ताे भिडियाे राेक्छ टिकटकले ?

    News

    आदिवासी जनजातिको संस्कृति र पहिचान राष्ट्रिय गौरवका आधार : कार्यवाहक राष्ट्रपति

    News

    श्रमिकको परिवारलाई २० लाख बढी आर्थिक सहायता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑