
वीरगंज | ग्रीसमा तट-रक्षक जहाज र आप्रवासी बोकेको डुङ्गा एजियन सागरमा ठोक्किदा १५ जनाको मृत्यु भएको अधिकारीले बुधबार जनाएका छन् । टर्की नजिकैको चियोस टापुमा “नेभिगेसन लाइट बिना र विदेशी यात्रु बोकेको उच्च गतिको डुङ्गाको पाइलटले तटरक्षकको दृश्य र श्रव्य सङ्केत प्राप्तीमा समस्या भएपछि दुर्घटना भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
तीन जना महिलासहित १४ जनाको शव समुद्रबाट निकालिएको र एक जना महिलाई जिवितै उद्धार गरेता पनि हाल उहाँको मृत्यु भइसकेको जनाइएको छ उद्धार गरिएका मध्ये ११ जना बालबालिका रहेको जनाइएको छ । पाँच वटा डुङ्गा र एउटा हेलिकप्टरमा आएका उद्धारकर्ताले जिवित पीडितका लागि बुधबार समुद्रमा खोजी गरिरहेको र आप्रवासी डुङ्गामा सवार व्यक्तिको सङ्ख्या अज्ञात रहेको अधिकारीले बताएका छन् ।
संयुक्त राष्ट्रसंघीय शरणार्थी एजेन्सीले नोभेम्बरमा सन् २०२५ मा भूमध्यसागर र पश्चिम अफ्रिकाको तटमा एट्लान्टिकबाट युरोप जाने मार्गमा एक हजार ७०० भन्दा बढी मानिस बेपत्ता भएको जनाएको थियो । आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठनले सन् २०१४ देखि हालसम्म भूमध्यसागरमा करिब ३३ हजार आप्रवासी बेपत्ता भएको जनाएको छ ।
