आज:
  • होमपेज / Breaking News

    बाँकेमा राप्ती नदीको डुबान र कटान बन्यो चुनावी मुद्दा

  • वीरगंज संजाल
  • २२ माघ २०८२, बुधबार १६:२२
  • २४९

    वीरगंज | हरेक वर्षको वर्षामा राप्ती नदीले डुबान र कटान गर्दै आएको समस्या यस पटक बाँकेका मुख्य चुनावी मुद्दा बनेको छ।

    राप्ती नदी वरिपरिका गाउँघरका अधिकांश बासिन्दाले यस पटक डुबान र कटानलाई मुख्य चुनावी मुद्दा बनाएको जनाउँदै मत माग्न आउने उम्मेदवारसँग सो बारेमा सोधपुछ तथा गुनासो गरिरहेका छन्।

    बाँके निर्वाचन क्षेत्र नम्बर १ र २ मा पर्ने राप्ती नदीको कटान डुबान समस्यालाई चुनावी मुद्दा बनाएर स्थायी समाधानका लागि यस पटक विशेष ध्यान दिएको राप्ती सोनारी-७, खल्ला झगडियाका स्थानीय अरुण यादवले बताउनुभयो।

    उहाँले हरेक जसो निर्वाचनमा आएर उम्मेदवारले डुबान कटान समाप्त पार्ने वाचा गर्ने तर समस्या समाधान नगर्ने भइरहेको जनाउँदै यस पटक वास्तविक समस्या समाधान गर्नेलाई मात्र सहयोग गरिने बताउनुभयो।

    निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने खल्ला झगडियास्थित राप्ती नदीले बर्सेनि डुबान कटान गर्दै आएकोले सो क्षेत्रको सयौं बिघा जग्गा बगर बनेको छ। जहाँ सयौं परिवार विस्थापित भएका छन्।

    सोही प्रकारले क्षेत्र नम्बर २ अन्तर्गत डुडुवा गाउँपालिका–१, चौफेरीका बासिन्दा पनि वर्षौदेखि डुबान र कटानको समस्याबाट ग्रसित छन्। उनीहरूले हरेक निर्वाचनमा उम्मेदवारले डुबानबाट जोगाउने, राप्ती नदीमा तटबन्ध बनाउने र पुल समेत बनाउने आश्वासन दिँदै आए पनि आफ्नो समस्या उस्तै देखिएको छ।

    चौफेरी गाउँका रमेश यादवले हरेक वर्षायाममा बाढीले घर बगाउने, खेत डुबाउने र स्थानीयको भविष्य तहसनहस बनाउने गरेको गुनासो गर्दै आफूहरूले दशकौँदेखि यही नियति भोग्दै आएको दुखेसो गर्नुभयो।

    उहाँले बाढीले बर्सेनि घरबार र जीविकोपार्जन नष्ट गर्दा पनि दीर्घकालीन समाधान हुन नसकेको बताउनुभयो। यही क्षेत्रबाट निर्वाचित भएर प्रधानमन्त्रीदेखि मन्त्रीसम्म बनेका नेताहरूले पनि राप्ती नियन्त्रण र सुरक्षित बसोवासका विषयमा प्रभावकारी पहल नगरेको गुनासो चौफेरीका अर्का स्थानीय राम यादवको छ।

    सो क्षेत्रमा मत माग्न जानुभएका क्षेत्र नम्बर २ का नेकपा एमालेका उम्मेदवार पूर्वमन्त्री मोहम्मद ईश्तियाक राई, नेपाली कम्युनिस्ट पार्टीका दीपेन्द्र विष्ट, नेपाली कांग्रेसका सुधान्सु कोइराला लगायतले यस पटक यो समस्या जसरी पनि समाधान गराउने प्रतिबद्धता गर्नुभएको छ।

    स्थानीय सुनिता यादवले अब प्रतिबद्धता मात्र नभई ठोस कार्य योजना र काम गर्नेलाई मात्र रोज्ने निर्णय गरिएको बताउनुभयो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • फोहोरबाट सुन निकाल्दै गरेका विमानस्थलका सरसफाइ कर्मचारी पक्राउ
  • प्रधानमन्त्री कार्कीसँग श्रीलङ्काका राजदूतको भेट
  • निर्वाचन आयाेग र टिकटकबिच सम्झाैता, अब कस्ताे भिडियाे राेक्छ टिकटकले ?
  • आदिवासी जनजातिको संस्कृति र पहिचान राष्ट्रिय गौरवका आधार : कार्यवाहक राष्ट्रपति
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    फोहोरबाट सुन निकाल्दै गरेका विमानस्थलका सरसफाइ कर्मचारी पक्राउ

    प्रधानमन्त्री कार्कीसँग श्रीलङ्काका राजदूतको भेट

    निर्वाचन आयाेग र टिकटकबिच सम्झाैता, अब कस्ताे भिडियाे राेक्छ टिकटकले ?

    आदिवासी जनजातिको संस्कृति र पहिचान राष्ट्रिय गौरवका आधार : कार्यवाहक राष्ट्रपति

    श्रमिकको परिवारलाई २० लाख बढी आर्थिक सहायता

    राष्ट्रिय महिला क्रिकेटरले लगाउने जर्सी सार्वजनिक

    ग्रीसमा तटरक्षक जहाज र आप्रवासी बोकेको डुङ्गा बिचको टक्करमा १५ जनाको मृत्यु : प्रहरी

    लामो समयदेखि अलपत्र धाप्लाङघाट पुल निर्माणले तिव्रता पायो

    नाइजेरिया : क्वारा राज्यमा बन्दुकधारीको आक्रमण, ३५ जनाको हत्या

    बाँकेमा राप्ती नदीको डुबान र कटान बन्यो चुनावी मुद्दा

    फोहोरबाट सुन निकाल्दै गरेका विमानस्थलका सरसफाइ कर्मचारी पक्राउ

    प्रधानमन्त्री कार्कीसँग श्रीलङ्काका राजदूतको भेट

    निर्वाचन आयाेग र टिकटकबिच सम्झाैता, अब कस्ताे भिडियाे राेक्छ टिकटकले ?

    आदिवासी जनजातिको संस्कृति र पहिचान राष्ट्रिय गौरवका आधार : कार्यवाहक राष्ट्रपति

    श्रमिकको परिवारलाई २० लाख बढी आर्थिक सहायता

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    फोहोरबाट सुन निकाल्दै गरेका विमानस्थलका सरसफाइ कर्मचारी पक्राउ

    News

    प्रधानमन्त्री कार्कीसँग श्रीलङ्काका राजदूतको भेट

    News

    निर्वाचन आयाेग र टिकटकबिच सम्झाैता, अब कस्ताे भिडियाे राेक्छ टिकटकले ?

    News

    आदिवासी जनजातिको संस्कृति र पहिचान राष्ट्रिय गौरवका आधार : कार्यवाहक राष्ट्रपति

    News

    श्रमिकको परिवारलाई २० लाख बढी आर्थिक सहायता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑