आज:
  • होमपेज / Breaking News

    छिपहरमाईमा जसपाको घरदैलो,डा.कृपासिन्धु चौधरीको पक्षमा जनसागर—बिपक्षी भयभित

  • वीरगंज संजाल
  • १७ माघ २०८२, शुक्रबार १७:५१
  • १३७

    वीरगंज | पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–४ अन्तर्गत छिपहरमाई गाउँपालिकाको वडा नम्बर-४ मा जनता समाजबादी पार्टी नेपाले आज आयोजना गरेको घरदैलो कार्यक्रम उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। कार्यक्रमको क्रममा उर्लिएको जनसागर, आम नागरिकको स्वतःस्फूर्त सहभागिता र समर्थनले स्थानीय राजनीतिक माहोल झनै तातिएको देखिएको छ।

    घरदैलोका क्रममा जसपाका प्रतिनिधिसभा सदस्य उम्मेदवार डा.कृपासिन्धु चौधरीलाई स्थानीयवासीले खुलेर साथ, समर्थन र आशिर्वाद दिएका छन। “भाषण होइन, काम चाहियो” भन्ने स्पष्ट नारासहित अघि बढिरहेका चौधरीको विकासमुखी सोच, युवामैत्री भिजन र व्यवहारिक योजनाको स्थानीयस्तरमै कदर भएको देखिएको छ।

    स्थानीय नागरिकहरूसँगको प्रत्यक्ष संवादमा चौधरीले क्षेत्रको समग्र विकास, रोजगारी सिर्जना, शिक्षा–स्वास्थ्यको गुणस्तर सुधार, पूर्वाधार विस्तार तथा सुशासनप्रतिको प्रतिबद्धता दोहोर्‍याएका थिए। उनका यी योजनाले विगतको निराश राजनीतिबाट दिक्क भएका मतदातामा नयाँ आशा जगाएको स्थानीयको प्रतिक्रिया छ।

    घरदैलो कार्यक्रममा सहभागी सर्वसाधारणले “अब परिवर्तन चाहियो”, “पुरानै अनुहार होइन, नयाँ सोच र काम गर्ने प्रतिनिधि चाहियो” भन्दै चौधरीप्रति विश्वास व्यक्त गरेका छन। यसले पर्सा–४ मा परिवर्तनको पक्षमा जनमत बलियो बन्दै गएको संकेत देखिएको छ।

    फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा छिपहरमाई–४ मा देखिएको जनउत्साहले जसपा र उम्मेदवार चौधरीको स्थितिलाई थप मजबुत बनाएको छ। बढ्दो जनसमर्थन र स्थानीय स्तरमा प्राप्त विश्वासका आधारमा यस निर्वाचनबाट पर्सा–४ को राजनीतिक मुहार फेरिने सम्भावना प्रबल बन्दै गएको देखिन्छ। घरदैलो कार्यक्रममा |

    पुर्व मन्त्री उर्जा सिचाइ तथा खानेपानी मन्त्रालय मा.सिंगासन साह कलकार, रामपुकार यादव, इन्द्राशन साह कलवार, सचिन सिंह,हिमान्चल कुश्वाहा, रामसीश कुशवाहा लगाएत धेरै जना पार्टीका कजकर्ताहरुको सहभागी रहेको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑