• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ‘म काठमाडौं ८ को रैथाने हुँ, मतदाताको अपेक्षा र मर्का बुझेको छु’ सपना राजभण्डारी जोशी

  • वीरगंज संजाल
  • १७ माघ २०८२, शुक्रबार १२:४८
  • २६५

    वीरगंज | नेपाली कांग्रेसका दिवंगत नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको धर्मपत्नी सपना राजभण्डारी जोशी काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ बाट प्रत्यक्षतर्फ उम्मेदवार छिन् । उनी यतिबेला कांग्रेस कार्यकर्तासँग आन्तरिक बैठकसँगै मतदाता भेटघाटमा व्यस्त छिन् ।

    नेता नवीन्द्रराज जोशीसँग वैवाहिक जीवनमा गासिनुअघि सक्रिय विद्यार्थी राजनीतिमा रहेकी सपना पछिल्लो समय सामाजिकसँगै शैक्षिक सेवामा पनि क्रियाशील थिइन् । नवीन्द्र सोही क्षेत्रबाट ०६४ र ०७० मा संविधानसभा सदस्य निर्वाचित भएका थिए । राम्रो सांगठनिक पकड, निष्ठा र इमानदारीपूर्वक राजनीति गरेर फरक पहिचान स्थापित गराएका उनी क्षेत्र र पार्टीभित्र लोकप्रिय थिए । नवीन्द्र सक्रिय राजनीतिमा रहेकाबेला गृहिणीसँगै विभिन्न सामाजिक काममा सक्रिय रहेकी सपना पछिल्लो सयम राजनीतिक गतिविधिमा देखिन थालेकी थिइन् । नेपाली कांग्रेसका सार्वजनिक कार्यक्रममा सक्रिय थिइन् ।

    १३ चैत २०७७ मा मस्तिष्कघातबाट नवीन्द्रराजको निधन भएपछि पार्टीले नै उनलाई राजनीतिमा थप सक्रिय गराएको थियो । नवीन्द्रको इमान्दारीता, निष्ठा र सपनालाई साकार पार्न आफू सक्रिय राजनीतिमा आएको बताएकी उनले छोटो चुनावी संवादमा मतदाताको स्नेह आफूप्रति रहेको बताइन् ।’पहिलो चरणको चुनावी तयारीमा छु । पार्टीपंक्तीका साथीहरुसँग बैठक बसेर चुनावी रणनीति बनाइरहेका छौं । हालसम्मको अवस्था हेर्दा सबैको स्नेह पाउँछु भन्नेमै छु’ उनले भनिन् ।

    आफ्नो क्षेत्रका मतदाताको ठूला आवश्यक्ताहरु नभएपनि दैनिक जीवनमा पर्ने आधारभूत कुराहरु ध्यान दिनुपर्नेमा उनको जोड थियो ।’मतदाताका अपेक्षाहरु धेरै हुन्छन् । तर यस क्षेत्रका मतदाताहरुको ठूला आवश्यक्ताहरु छैनन् । पूरा गर्ने किसिमकै छन् । त्यसका लागि म निर्वाचित भए भने राम्रो हुनेछ भन्नेमा सबैजना आशावादी हुनुहुन्छ’ उनले अगाडि भनिन्,’भदौ २३ र २४ को आन्दोलन र भयावह अवस्थालाई मध्यनजर गरेर हामी अगाडि बढनुपर्ने अवस्था रहेकाले तत्कालको आवश्यक्ता भनेको जेनजी आन्दोलनको म्यान्डेटलाई साकार पार्नु हो । पुराना पार्टीका व्यक्तिहरु पनि सच्चिएर र बदलिएर आउनुपर्छ भन्ने सबैको चाहना छ ।

    सही व्यक्तिहरु आउनुपर्छ भन्ने मतदाताहरुको इच्छा छ । नेपाली कांग्रेस पनि विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन गरेर आएकाले वा रुपान्तरित भएकाले कांग्रेसप्रति हेर्ने दृष्टिकोण बदलिएको छ’ उनले भनिन् । काठमाडौंका अधिकांश तहमा कांग्रेसको बलियो उपस्थिति भएकाले स्थानीय सरकार अर्थात नगरपालिकाहरुले जनताको चाहना अनुसार नै बजेट विनियोजन गरिरहेकाले मतदाताहरुको ठूलो अपेक्षा नभएको उनको बुझाइ छ । ‘केही वडाहरु भौगोलिक रुपमा कठिन अवस्थामा रहेकाले त्यस क्षेत्रका वडाबासीहरुको मागहरु सम्बोधन गर्न आवश्यक छ । मैंले यसअघि पनि धेरै मुद्दाहरुमा सहजीकरण गर्ने अवसर पाएको थिए’ उनले भनिन् ।

    काठमाडौं ८ निर्वाचन क्षेत्र उपत्यकाको कोर एरिया रहेकाले वा पुरातात्विक महत्वका स्थानहरु धेरै भएकाले त्यसको संरक्षण आजको आवश्यक्ता भएको जोशीको भनाइ छ । ‘मेरो निर्वाचन क्षेत्र पुरातात्विक हिसाबले महत्वपूर्ण छ । बसन्तपुर र स्वयम्भू लगायतका क्षेत्रहरु पर्ने भएकाले त्यस क्षेत्रमा वैकल्पिक सडकहरु नहुँदा यात्रु वा पर्यटकहरुले दुःख पाइरहेकाले त्यसको सुधारमा मेरो महत्वपूर्ण योजना हुनेछ । बसन्तपुर क्षेत्रकै कुरा गर्दा इन्द्रचोक थुनिएको खण्डमा धेरै घुम्नुपर्ने अवस्था छ । त्यसका लागि वैकल्पिक उपायहरु खोज्नुपर्ने छ । सुरक्षाको प्रत्याभूति दिनुपर्ने अर्को महत्वपूर्ण काम गर्नुपर्ने छ’ उनले भनिन् ।

    खोला किनारको बासिन्दाहरु आफ्नै किसिमको समस्या भएकाले त्यसको समाधानका लागि अदालतले पनि केही सहजीकरण गरिदिएको उनको बुझाइ छ । काठमाडौं उपत्यकामा यतिबेला वेभ सिगरेटले युवाहरुलाई कुलतमा फसाइरहेकाले त्यसको उपचार र रिहाब सेन्टरहरुको आवश्यक्ता रहेकाले विद्यालयस्तरमै सचेतना आवश्यक रहेको उनको भनाइ छ ।

    ‘मैंले यसअघिको संसदमा यही मुद्दा उठाएको थिए । जसलाई राज्यले तुरुन्तै सम्बोधन गरेर काम अगाडि बढाएको थियो । जसका कारण कुलतमा फसेका युथहरुलाई केही कन्ट्रोल गर्ने प्रयास भएको थियो’ उनले स्मरण गरिन । नेपालको संघीय संसद सोचे जस्तो नभएको अनुभव सुनाउँदै उनले बाहिरबाट हेर्दा भन्दा भित्रको अवस्था विल्कुलै फरक हुने गरेको आफूले पाएको उनले अनुभव सुनाइन । ‘हाम्रो संसदको बाहिरी र भित्री चश्मा फरक रहेछ । काम गर्न वा विधेयकहरु पारित गर्न त्यति सजिलो प्रक्रिया रहेनछ’ उनले अनुभव साटिन । जेनजी आन्दोलनको लक्ष्य र उद्देश्य राम्रो भएपनि विचैबाट ‘हाइज्याक’ गर्दा त्यसको मर्म मर्ने हो कि भन्ने चिन्ता व्यक्त गर्दै उनले आगामी निर्वाचनपछि आफूहरुले जेनजीहरुको म्यान्डेट अनुसार काम गर्ने प्रतिवद्धता पनि जनाइन् ।

    अन्तरिम सरकारका मन्त्रीहरुले पदको लोभमा जिम्मेवारी पूरा नगरी पदबाट राजीनामा दिएकोप्रति असन्तुष्ट जनाउँदै उनले सबैलाई पद र पावर चाहिने रहेछ भन्ने प्रष्ट देखिएको उनले जिकिर गरिन् । ‘जुन उद्देश्यका लागि मन्त्री पदको जिम्मेवारी लिनु भएको थियो सो अनुसार उहाँहरुको भूमिका देखिएन् । निस्कलंकित पनि हुनु भएन् । सबै जनालाई जिम्मेवारी पूरा गर्ने भन्दापनि पद नै चाहिने रहेछ । चार जना मन्त्रीहरुले राजीनामा दिनुभयो । उहाँहरुलाई तुलना गर्नुहोस न कति लालस रहेछ’ उनले भनिन् ।

    जेनजी आन्दोलनले नेपालका सबै राजनीतिक दलहरुको आँखा खोलिदिएको बताउँदै उनले सबै दलहरु सच्चिएर अघि बढ्नुपर्ने धारणा राखिन् । ‘पूराना पार्टीहरुका थुप्रै कमजोरीहरु छन् । त्यही कमजोरीको प्रतिफल स्वरुप जेनजी आन्दोलन भयो । यसले हामी सबैलाई सोच्न बाध्य बनायो । त्यही कारण नेपाली कांग्रेसको विशेष महाधिवेशन भयो र रुपान्तरित भएर अगाडि बढिसकेको छ । नयाँ भनिएका दलहरुले पनि गल्ती नगर्लान भन्न सकिदैन । उहाँहरुपनि सङलो हुनुहुन्न । तत्काल विश्वास गरिहाल्ने अवस्था देखिदैन । पूराना दलहरु बदलिएर आए जनताको विश्वास अझै जितेर अघि बढ्नेछन्’ उनको दाबी थियो ।

    उम्मेदवार जोशीले यतिबेला ठूला ठूला एजेन्डा र आश्वासनहरु बाँडेर अघि बढ्दा समस्या पर्ने पनि बताइन् । ‘पूरा गर्न नसकिने ठूला कुरा गर्न हुँदैन् । विगतको प्रतिनिधि सभामा हामीले देखिसक्यौं । नीति बनाउने सवालमा वा विधेयक पास गर्ने सन्दर्भमा कति कठिन रहेछ भन्ने प्रष्ट देखेर भोगेर आएका छौं । जनताले जिताएर पठाएपछि पहिलो प्राथमिकता आफ्नो क्षेत्र नै हुने भएपनि कतिपय कामहरु गर्न नसकिने रहेछ । त्यसैले सामान्य र आवश्यक एजेन्डाहरु उठाएर चुनावमा जानेछु’ उनले भनिन् ।

    काठमाडौं क्षेत्र नम्बर ८ को सन्दर्भमा हेरिटेजहरुको संरक्षण र फोहोर व्यवस्थापन पहिलो प्राथमिकता राखेर काम गर्नुपर्ने उनको धारणा छ । आफू स्थानीयबासी सबै मतदाताको पिरमर्का बुझ्ने व्यक्ति भएकाले मतदाताले विश्वास गर्ने उनले बताइन् । ‘म स्थानीयबासी हुँ । मेरो श्रीमानले धेरै काम गर्नुभयो र केही काम अधुरा छन् । त्यो पूरा गर्न म सँग स्पष्ट भिजन छ । उहाँ (नवीन्द्रराज जोशी)ले अचानक छाडेर जानुभयो । अघि सारेका धेरै योजनाहरु अधुरै छन् । त्यसको साक्षी म आफैं छु । ति सबै कामहरु पूरा गर्न सक्छुजस्तो लाग्छ’ उनले दृढता व्यक्त गरिन् । उनले काठमाडौं उपत्यकाको संस्कार र संस्कृतिलाई जोगाउनका लागि पनि आफूले अभियान चलाउने बताइन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा
  • कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?
  • शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान
  • ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा

    कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

    शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान

    ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’

    टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा आज युएईसँग भिड्दै

    सुकुम्बासीलाई सुरक्षित बनाउन खोजिएको हो : बालेन

    निर्वाचन सर्दैन, तोकिएकै मितिमा हुन्छ : प्रधानमन्त्री कार्की

    बालेन्द्रले मात्रै प्रयोग गर्ने गरेको महानगरको लिफ्ट सर्वसाधारणका लागि खुला

    ११ वर्ष से फरार हत्या आरोपी सिराहा से गिरफ्तार

    अमेरिका र भारतबीच ‘व्यापार सम्झौतामा सहमति’

    दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा

    कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

    शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान

    ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’

    टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा आज युएईसँग भिड्दै

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा

    News

    कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

    News

    शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान

    News

    ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’

    News

    टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा आज युएईसँग भिड्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑