
वीरगन्ज,५माघ:पर्साका चार वटै निर्वाचन क्षेत्रका लागि नेपाली कांग्रेसले उम्मेदवारकाे टुङ्गो लगाएको छ ।
सोमबार राति कांग्रेस संसदीय बाेर्ड बैठकले पर्साकाे चार वटै निर्वाचन क्षेत्रमा पुरानै अनुहारलाई दाेहाेर्याएकाे छ।तीमध्ये ३ जना शेरबहादुर देउवा पक्षका र १ जना गगन थापा पक्षका हुन्।
कांग्रेसले पर्सा क्षेत्र नम्बर १ बाट पूर्व केन्द्रीय सदस्य अनिल रुंगटालाई उम्मेदवार बनाएकाे केन्द्रीय सदस्य रामरुप कुर्मीले जानकारी दिए।रुंगटा यसअघि २०७४ काे निर्वाचनमा पर्सा-१ बाटै उम्मेदवार बनेका थिए।त्यसअघि रुंगटालाई कांग्रेसले दोस्रो संविधानसभा निर्वाचनमा पनि समानुपातिकतर्फ उम्मेदवार बनाएर निर्वाचित गराएको थियो ।
यस्तै क्षेत्र नम्बर २ बाट पूर्वकेन्द्रिय सदस्य तथा निवर्तमान सांसद अजयकुमार चौरसिया, क्षेत्र नम्बर ३ बाट पूर्व केन्द्रीय सदस्य तथा पूर्व सांसद सुरेन्द्र प्रसाद चौधरी र क्षेत्र नम्बर ४ बाट पूर्वमन्त्री ,पूर्व सांसद तथा पूर्व केन्द्रीय सदस्य रमेश रिजाललाई कांग्रेसले उम्मेदवार बनाएको कुर्मीले जानकारी दिए।
उनिहरुमध्ये चाैरसिया तीन पटकका तथा चाैधरी र रिजाल चार पटकका सांसद हुन् ।रिजाल र चाैधरी २०४८ साल यता निरन्तर चुनाव लड्दै आएका छन्।
चाैरसिया र रिजाल देउवा पक्षका हुन् भने चाैधरी भने गगन पक्षका हुन्।
