आज:
  • होमपेज / Breaking News

    जगरनाथपुरमा सम्पन्न चौथो मेयर कप–२०८२ : जागृत युवा क्लब च्याम्पियन

  • वीरगंज संजाल
  • ३० कार्तिक २०८२, शनिबार २१:१०
  • ४६१

    पर्सा । पर्साको जगरनाथपुर गाउँपालिकामा आयोजित चौथो मेयर कप–२०८२ को उपाधि जागृत युवा क्लबले जितेको छ। बिरगंज महानगरपालिका उप–मेयर इम्तियाज आलमको प्रमुख आतिथ्यतामा सम्पन्न फाइनल खेलमा उनले खेलप्रतिको कदर गर्दै खेलाडीहरूलाई सफलताको शुभकामना दिएका थिए। मधुवाहा क्रिकेट मैदानमा भएको फाइनलमा दर्शकहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

    सुरुमा ब्याटिङ गरेको वडा नं. ६ को टोलीले १८ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १०१ रनको योगफल बनायो। १०२ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको जागृत युवा क्लबले १३ ओभर ५ बलमै ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै उपाधि आफ्नो नाममा पार्‍यो। शनिबार सम्पन्न फाइनल खेलमा जगरनाथपुर–६ को टोली पराजित हुँदै उप–विजेता बनेको हो।

    विजेता बनेको जागृत युवा क्लबलाई गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले ५१ हजार रुपैयाँको चेक तथा ट्रफी प्रदान गरे। उप–विजेता वडा नं. ६ लाई उपाध्यक्ष बिविता सिंह क्षेत्री र प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादवले २५ हजार रुपैयाँको चेक तथा ट्रफी प्रदान गरे।

    फाइनल खेलको म्यान अफ द म्याच जागृत युवा क्लबका अनिल महरा घोषित भए। बेस्ट ब्याट्सम्यान सुजित पटेल (जागृत युवा क्लब), बेस्ट फिल्डर सन्दिप पटेल (वडा नं. ६), बेस्ट बलर सहजाद देवान – १९ विकेट (वडा नं. २) र म्यान अफ द सिरिज दिपु राउत (वडा नं. २) बने।

    कार्यक्रममा जगरनाथपुर–५ का वडाध्यक्ष बिहारी महतो नुनिया, वडा नं. ६ का वडाध्यक्ष अयोध्या प्रसाद कुर्मी, कृषि शाखा प्रमुख दया चौहानलगायतको उपस्थिति रहेको थियो।
    कार्यक्रम सञ्चालन शिक्षक रूपनारायण प्रसाद साहले गरेका थिए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्रदेशस्तरीय हाजिर–जवाफ प्रतियोगिता २०८२ : सप्तरी प्रथम, महोत्तरी द्वितीय र धनुषा तृतीय
  • १० लाख माथिको सुन किन्दा अनिवार्य मोबाइल बैंकिङ गर्नुपर्ने
  • कर्मचारी प्रिमियर लिग २०८२ : नारायणी अस्पताल र ठोरी गाउँपालिका बीचको रोमाञ्चक खेल सम्पन्न
  • रामगढवा एकता युवा क्लबले आयोजित गरेको खुला रक्तदान कार्यक्रम सम्पन्न, ८१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जगरनाथपुरमा सम्पन्न चौथो मेयर कप–२०८२ : जागृत युवा क्लब च्याम्पियन

    प्रदेशस्तरीय हाजिर–जवाफ प्रतियोगिता २०८२ : सप्तरी प्रथम, महोत्तरी द्वितीय र धनुषा तृतीय

    १० लाख माथिको सुन किन्दा अनिवार्य मोबाइल बैंकिङ गर्नुपर्ने

    कर्मचारी प्रिमियर लिग २०८२ : नारायणी अस्पताल र ठोरी गाउँपालिका बीचको रोमाञ्चक खेल सम्पन्न

    रामगढवा एकता युवा क्लबले आयोजित गरेको खुला रक्तदान कार्यक्रम सम्पन्न, ८१ जनाले गरे रक्तदान

    हरियाली र स्वच्छ बीरगंजको अभियान १५ औँ दिनमा: सीमाक्षेत्र सौन्दर्यकरणमा सरकारी–सामुदायिक संयुक्त सहभागिता

    गुणराज पाठक मेमोरियल नर्सिङ क्याम्पसमा नवआगन्तुक नर्सिङ विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न

    मधेस प्रदेशमा जनमत पार्टीद्वारा वीरगञ्जमा विरोध प्रदर्शन

    नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न !

    नेपालमा इन्टरनेटको नयाँ युग — 6G WiFi Router!” इन्टरनेट स्पिड ४ गुणा फास्ट हुने दाबी

    जगरनाथपुरमा सम्पन्न चौथो मेयर कप–२०८२ : जागृत युवा क्लब च्याम्पियन

    प्रदेशस्तरीय हाजिर–जवाफ प्रतियोगिता २०८२ : सप्तरी प्रथम, महोत्तरी द्वितीय र धनुषा तृतीय

    १० लाख माथिको सुन किन्दा अनिवार्य मोबाइल बैंकिङ गर्नुपर्ने

    कर्मचारी प्रिमियर लिग २०८२ : नारायणी अस्पताल र ठोरी गाउँपालिका बीचको रोमाञ्चक खेल सम्पन्न

    रामगढवा एकता युवा क्लबले आयोजित गरेको खुला रक्तदान कार्यक्रम सम्पन्न, ८१ जनाले गरे रक्तदान

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    जगरनाथपुरमा सम्पन्न चौथो मेयर कप–२०८२ : जागृत युवा क्लब च्याम्पियन

    News

    प्रदेशस्तरीय हाजिर–जवाफ प्रतियोगिता २०८२ : सप्तरी प्रथम, महोत्तरी द्वितीय र धनुषा तृतीय

    News

    १० लाख माथिको सुन किन्दा अनिवार्य मोबाइल बैंकिङ गर्नुपर्ने

    News

    कर्मचारी प्रिमियर लिग २०८२ : नारायणी अस्पताल र ठोरी गाउँपालिका बीचको रोमाञ्चक खेल सम्पन्न

    News

    रामगढवा एकता युवा क्लबले आयोजित गरेको खुला रक्तदान कार्यक्रम सम्पन्न, ८१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑