आज:
  • होमपेज / Breaking News

    आज भदौ २३ गते सोमबारको,निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस्

  • वीरगंज संजाल
  • २३ भाद्र २०८२, सोमबार ०८:४०
  • ७३३

    मेष – Aries

    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्। सानो कामले पनि राम्रो आम्दानी दिलाउनेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्नेछ। पेसा–व्यवसायमा विशेष फाइदा हुनेछ। आम्दानी बढ्नाले थप काम गर्ने ऊर्जा प्राप्त हुनेछ।

    वृष – Taurus

    इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

    विभिन्न अवसर प्राप्त भए पनि नैतिक प्रतिष्ठा जोगाउन अलि सजग रहनुपर्ला। परिस्थिति अनुकूल रहे पनि अरूका लागि बुद्धि खर्चनुपर्नेछ। तापनि प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। आँटेको काममा अरूको मुख ताक्नाले पछि परिनेछ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न समय लाग्न सक्छ।

    मिथुन – Gemini

    का, कि, कु, घ, ङ, छ, के, को, ह

    शुभचिन्तकहरूले साथ दिनेछन् भने भविष्यका लागि कर्मसञ्चय गर्ने समय छ। सामाजिक कामले नाम, दाम र इनाम दिलाउनेछ। मिहिनेत गर्दा कीर्तिमानी कामको यश लिने सौभाग्य प्राप्त हुनेछ। आम्दानी थोरै भए पनि आवश्यकता पूरा हुनेछन्। परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ।

    कर्कट – Cancer

    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ। तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला। परिबन्धले चुनौती निम्त्याउन सक्छ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। केही उपलब्धिको स्रोत भने पहिल्याउन सकिनेछ।

    सिंह – Leo

    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। उपहारले उत्साह जगाउनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। व्यवसायबाट आम्दानी भइरहनेछ। भौतिक वस्तुहरू जुटाउन सकिनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ। अतिथिका रूपमा सत्कार प्राप्त हुनेछ।

    कन्या – Virgo

    टो, प, पि, पु, ष, ण, ठ, पे, पो

    पहिलेको सफलताले हौसला जगाए पनि विवाद तथा मुद्दाहरूमा निकै सजग रहनुपर्नेछ। प्रतिस्पर्धीहरूले अलि दु:ख दिन सक्छन्। पछिका लागि भने विशेष काममा जग बसाउने मौका छ। परिश्रम परे पनि लक्ष्य नजिक पुग्न सकिनेछ। ऋण, शत्रु र रोगबाट सजग रहनुपर्ला। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ।

    तुला – Libra

    र, रि, रु, रे, रो, ता, ति, तु, ते

    मिहिनेत गर्दा विशेष अवसर प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। विद्यामा वृत्ति, सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ। सहपाठीहरूलाई उछिन्दै पुरस्कार, प्रशंसा आदि प्राप्त गर्न सकिनेछ। व्यापारमा फाइदा हुनेछ। पशुपालन र कृषिमा लाभ मिल्नेछ। सन्तानको साथले उत्साह जगाउनेछ।

    वृश्चिक – Scorpio

    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिन सक्छन्। तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। पुरानो सम्झौता भंग हुन सक्छ। शुभचिन्तकहरूलाई साथमा लिएर काममा जुट्नुहोला, महत्त्वाकांक्षी योजना थालनी हुनेछ।

    धनु – Sagittarius

    ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

    सिद्धान्तमा मतभेद भए पनि सहयोगीहरूले राम्रो साथ दिनेछन्। काममा मिहिनेतको फल प्राप्त हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। वादविवादले रोकिएका काम पुनः प्रारम्भ गर्न सकिनेछ।

    मकर – Capricorn

    भो, ज, जि, खि, खु, खे, खो, गा, गि

    अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ।

    कुम्भ – Aquarius

    गु, गे, गो, सा, सि, सु, से, सो, द

    रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। बौद्धिक क्षमताको तारिफ हुनेछ भने व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ।

    मीन – Pisces

    दि, दु, थ, झ, ञ, दे, दो, च, चि

    केही खर्च लागे पनि नयाँ काममा लगानी गर्ने समय छ। मिहिनेतले प्रतिस्पर्धीहरू पछि पर्नेछन्। प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने अवसर प्राप्त हुनेछ। अरूको करकापमा गरिएको कामसमेत लाभदायी बन्न सक्छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने वा आफन्तबाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ। सरसापटमा गएको रकमले समेत मनग्गे फाइदा दिनेछ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑