आज:
  • होमपेज / Breaking News

    यो हो संसारकै दुर्गन्धित चरा

  • वीरगंज संजाल
  • ७ भाद्र २०८२, शनिबार ०१:२६
  • ८५७

    कुखुराजस्तै देखिने होआट्जिन चरालाई संसारकै सबैभन्दा दुर्गन्धित पक्षी मानिन्छ । यो एकमात्र यस्तो चरा प्रजाति हो जसले आफ्नो खाना पेटमा कुहाएर अर्थात फर्मेन्टेसन गराएर पचाउँछ। वास्तवमा यसको यहीँ अनौठो पाचन प्रणालीले यसलाई संसारको सबैभन्दा दुर्गन्धित चरा पनि बनाएको छ।

    होआट्जिन एक अत्यन्तै अनौठो चरा हो । यो अमेजन क्षेत्रका दलदल तथा जलक्षेत्रहमा पाइन्छ । यसको विशेषता यति अनौठो छ कि यसका चल्लाहरूको पखेटामा नै नंग्राहरू हुन्छन्। होआट्जिन करिब ६४ लाख वर्षअघि पृथक रूपमा विकास भएको एक प्राचीन चरा समूहको अन्तिम जिवित सदस्य मानिन्छ।

    यो चरा शाकाहारी हो र केवल बोटबिरुवामात्र खान्छ । पूर्ण रुपमा शाकाहारी हुनु चराहरूका लागि निकै असामान्य मानिन्छ।तर शाकाहारी हुनुका अलावा होआट्जिन चरा आफ्नो दिसाजस्तै गन्हाउने गन्धका कारण चर्चित छ । जसका कारण यसलाई ‘स्टिंग बर्ड’ अर्थात् ‘दुर्गन्धी चरा’ भन्ने उपनाम दिइएको छ।

    यो एकमात्र यस्तो चरा हो जसको पाचन प्रणाली गाईको जस्तै फोरगट फर्मेन्टेसन सिस्टम (Foregut Fermentation System) हुन्छ। यसले खाना उघ्राएर फर्मेन्टेसन गर्दा धेरै मात्रामा मिथेन ग्यास निकाल्छ, जुन लगातार डकारको रूपमा निस्कन्छ।

    यी डकारहरू र दुर्गन्धित दिसाकै कारण होआट्जिन चरा निकै दुर्गन्धित हुन्छ ।

    धेरैजसो चराहरूमा क्रप अर्थात् गोजेरो भनिने घाँटीको नजिकै रहेको एउटा सानो थैलीजस्तो अङ्ग हुन्छ। यसले खाना भण्डारण गर्ने काम गर्छ र चल्लाहरूलाई अलिकति खाना खुवाउन प्रयोग गरिन्छ। तर होआट्जिनमा यो थैली धेरै ठूलो हुन्छ । यसलाई चराले खाएका पातहरू फर्मेन्टेसन गर्ने फर्मेन्टेसन च्याम्बरको रूपमा काम गर्छ। यो थैली यति ठूलो हुन्छ कि चराका लागि उड्न प्रयोग हुने मांशपेशीहरुका लागि समेत ठाउँ पुग्दैछ। त्यसैले वयस्क होआट्जिन चरा धेरै लामो समयसम्म उड्न सक्दैनन्।

    यस गोजेरो भित्र विशेष प्रकारका ब्याक्टेरिया हुन्छन् जसले पातहरूलाई बिस्तारै टुक्राउने काम गर्छन् । यो सम्पूर्ण पाचन प्रक्रिया पूरा हुन करिब ४५ घण्टा लाग्छ। यस लामो र विशिष्ट पाचन प्रक्रियाको क्रममा, होआट्जिनले डकारमार्फत ग्यासहरू बाहिर निकाल्छ, जसले गोबरजस्तो गन्ध उत्पन्न गर्छ।

    संसारकै सबैभन्दा गन्हाउने यो चराको गोबरजस्तो गन्ध यति तीव्र हुन्छ कि यसको सिकार गर्न आउने मानिसहरू र अन्य सिकारी जनावरहरूलाई यो गन्धले विकर्षित गराउँछ ।

    गतवर्ष वैज्ञानिकहरुले यो चराको जिनोम अध्ययन गरी यसको विकासक्रम तथा वंशावली पत्ता लगाउन खोजे । तर, यसको वंशाणु अरु चरासँग मिलेन । यसबाट के पुष्टि भयो भने होआट्जिन एकदमै फरक र रहस्यमय चरा हो, जुन अझै वैज्ञानिकहरूका लागि अध्ययनको विषय बनेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑