आज:
  • होमपेज / Breaking News

    एआईको प्रेमजालमा परे चीनका वृद्ध : श्रीमतीसँग डिभोर्सको चाहना

  • वीरगंज संजाल
  • ६ भाद्र २०८२, शुक्रबार १७:०४
  • ८१७

    कृत्रिम बुद्धिमत्ता अर्थात् एआईबाट सिर्जित अनलाइन सुन्दरीप्रति मोहित भएर चीनका एक ७५ वर्षीय वृद्धले आफ्नी श्रीमतीसँग डिभोर्स मागेको समाचारले अहिले चीनमा चर्चा पाएको छ ।

    यो घटना केवल एउटा व्यक्तिगत कथा मात्र होइन । वृद्धवृद्धाको बढ्दो जनसंख्या बीच बढिरहेको डिजिटल धोखाधडी र भावनात्मक शोषणको डरलाग्दो उदाहरण हो ।

    अनलाइन प्रेममा डुबेका वृद्ध

    जियाङ नाम गरेका वृद्ध सामाजिक सञ्जाल प्रयोग गर्ने क्रममा सुन्दर युवतीजस्तो देखिने अनलाइन पात्रसँग परिचित भए। उक्त भर्चुअल सुन्दरी एआईबाट बनाइएको थियो । तर एआई प्रविधिको छलछामबाट अनभिज्ञ रहेका जियाङले त्यो एआई पात्रलाई वास्तविक सुन्दरी युवती भन्ठाने ।

    उक्त एआई सिर्जित युवतीको बोली र ओठको चालबीचको असंगति, भावनाविहीन संवाद र यान्त्रिक शैली सबै एआईको उत्पादन हो भन्ने हेक्का उनलाई भएन । उल्टै त्यो अनलाइन साथी जियाङका लागि हरेक दिनको सबभन्दा ठूलो खुसी बन्न पुग्यो ।

    त्यसपछि दिनहुँ हातमा फोन राखेर सामान्य खालका सन्देश पर्खिनु उनको दैनिकी बन्न पुग्यो । पतिको मोबाइलप्रतिको लतबाट आजित भएकी उनकी पत्नीले सम्झाउने र कराउने गर्न थालिन् । त्यसपछि झनै उग्र बनेका ती वृद्धले एआई सिर्जित सुन्दरी युवतीलाई आफ्नो प्रेमिका बताउँदै पत्नीसँग डिभोर्स मागे ।

    ती वृद्धको त्यस्तो बहुलठ्ठीपूर्ण निर्णयले परिवारमा ठूलो हलचल मच्चायो। अन्तत: उनका छोराछोरीहरूले उनलाई सम्झाइ–बुझाइ गरेर एआई सुन्दरी प्रविधिले सिर्जना गरेको काल्पनिक पात्र मात्र हो भन्ने कुरा बुझाउन सफल भए । अनि बल्ल उनी यथार्थबोध गर्दै वास्तविक धरातलमा फर्किए।

    चीनमा बढ्दो समस्या

    विशेषज्ञहरूका अनुसार चीनमा भर्चुअल पात्रहरुप्रतिको भ्रमित आशक्तिका यस्ता घटना बढिरहेका छन् । खासगरी वृद्धवृद्धा, एकै बसोबास गर्ने मानिस तथा अपांगता भएका मानिसहरु वास्तविक जस्ता देखिने यस्ता भर्चुअल पात्रहरुको चङ्गुलमा फस्ने गरेका छन्।

    हिजोआज अनलाइनमा टाइशूटधारी विज्ञदेखि आकर्षक समाचार वाचक तथा विद्यार्थीजस्ता देखिने एआई पात्रहरु बग्रेल्ती देखिन्छन् । तीमध्ये धेरैजसो भर्चुअल पात्रहरुलाई कम्पनीहरुले आफ्ना प्रडक्टहरुको विज्ञापनमा प्रयोग गर्दछन् । यसका साथै ती भर्चुअल पात्रहरुमार्फत राजनीतिक प्रचार, भ्रामक सन्देश र भावनात्मक निर्भरता सिर्जना गर्ने कार्य पनि भइरहेको छ।

    विज्ञहरुको चेतावनी

    प्रविधिले धेरै सकारात्मक सुविधा दिन्छ। स्वास्थ्य सेवा, सञ्चार र सूचना प्रवाह सजिलो बनाउँछ । तर, संवेदनशील समूह र विशेष गरी वृद्धहरूमा भने यसले खतरनाक असर पार्न सक्छ ।

    विज्ञहरुका अनुसार आफ्नो घरमा रहेका वृद्ध सदस्यले यदि लामो समय मोबाइल वा अन्य ग्याजेट प्रयोग गरिरहेका छन् भने उनीहरूको अनलाइन गतिविधि नजिकैबाट निगरानी गर्नुपर्छ। मोबाइल तथा इन्टरनेटको लतप्रति समयमै सचेत नबनेमा यस्ता डिजिटल भ्रमहरुले उनीहरूलाई आर्थिक र भावनात्मक दुबै रूपमा ठगी गर्नसक्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑