• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

  • वीरगंज संजाल
  • ३१ असार २०८२, मंगलवार १३:२१
  • ३६१

    वीरगंज । लालबाबू सिंघ । नेसनल एकेडेमी क्याम्पसले आफ्नो २५ औं वार्षिकोत्सवको अवसरमा वीरगन्ज–१६, नगवामा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका कक्षा १० मा अध्ययनरत ३५ जना विद्यार्थी बहिनीहरूलाई नयाँ कपडा वितरण गरेको छ।

    भारतिय दूतावास वीरगन्जको पूर्वपट्टी अवस्थित नेसनल एकेडेमी क्याम्पसका प्रमुख केदार प्रसाद साहको नेतृत्वमा तथा वरिष्ठ समाजसेवी अधिवक्ता प्रकाश कुमार उपाध्यायको विशेष सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा कलेजका निर्देशक राजकुमार सहनी, ठाकुरराम क्याम्पसका प्राध्यापक इन्दु शंकर मिश्र, वडा नं. १६ की सदस्य लवनी देवी, विद्यालयका शिक्षक अजय साह, वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, समाजसेवी हरेन्द्र यादव, कलेजका लाइब्रेरियन सुरज शर्मा, विद्यालयका शिक्षक गीता ठाकुर र मनोज चौरसिया तथा विद्यार्थी प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

    कार्यक्रममा वरिष्ठ समाजसेवी उपाध्यायले शिक्षा नै सबैभन्दा ठूलो सम्पत्ति भएको भन्दै विद्यार्थी बहिनीहरूलाई मेहनतका साथ अध्ययन गर्न प्रेरित गरे। उनले विद्यालयको नाम देशमै उच्च स्थानमा पुर्‍याउन विद्यार्थीहरूलाई लागिपर्न आह्वान गर्दै भविष्यमा थप सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

    कलेज प्रमुख साहले आफ्नो विद्यार्थी जीवनका अनुभव सुनाउँदै, छोरी–बेटीहरूको शिक्षामा जोड दिए। उनले शिक्षा र समर्पणले मात्र समाज र देश समृद्ध हुने बताए। विद्यालयका शिक्षक अजय साहले कार्यक्रमप्रति आभार प्रकट गर्दै कलेज परिवारलाई वार्षिकोत्सवको शुभकामना व्यक्त गरे।

    वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंहले संस्थाले बिगत ६ वर्षदेखि असहाय तथा विपन्न समुदायलाई कपडा तथा अन्य सामग्री सहयोग गर्दै आएको उल्लेख गर्दै, कलेज परिवारको सहयोगप्रति आभार व्यक्त गरे।

    कार्यक्रममा ठाकुरराम क्याम्पसका प्राध्यापक मिश्रले शिक्षा नै जीवनको मूल आधार भएको बताउँदै अनुशासन र परिश्रमलाई जीवनमा आत्मसात गर्न आग्रह गरे।

    उक्त कार्यक्रमले विद्यार्थीहरूलाई आत्मबल वृद्धि गर्ने र समाजप्रति सकारात्मक सोच विकास गर्न प्रेरणा दिएको विद्यालयले जनाएको छ। कार्यक्रमको अन्त्यमा विद्यालय परिवारले नेसनल एकेडेमी क्याम्पसलाई २५ औं वार्षिकोत्सवको शुभकामना सहित धन्यवाद व्यक्त गरेको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑