बारा। सिकिन्द्र साह । बारा जिल्लाकाे सिम्रौनगढ नगरपालिकास्थित क्रीकेट मैदान नजिक एक युवककाे शव फेला परेको छ ।
शनिवार बिहान करिब ९:३० बजे स्थानीय बासिन्दाले शव देखेपछि सिम्रौनगढ इलाका प्रहरी कार्यालयमा जानकारी गराएका थिए । सूचना पाएपछि प्रहरीको टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान अघि बढाएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पवन पछाईले जानकारी दिनुभयो ।
मृतक सिम्रौनगढ नगरपालिका वडा नम्बर ६ कवलपुर टाेल निवासी करिब ३२ वर्षीय दिलचन्द्र कुशवाहा रहेको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि प्रदेशिक अस्पताल कलैया पठाइएको प्रहरी निरीक्षक पछाईले बताउनुभयो ।