काठमाडौं । क्यानडाको ब्रिटिश कोलम्बिया प्रान्त अन्तर्गत सरे सहरमा भारतीय हास्य कलाकार कपिल शर्माको क्याफेमा गोली चलाइएको घटना सार्वजनिक भएको छ।
सीबीसी न्यूजले स्थानीय प्रहरीलाई उद्धृत गर्दै न्यूटन क्षेत्रको १२० स्ट्रिटमा रहेको क्याफेमा बिहीबार बिहान गोली चलेको उल्लेख गरेको छ । गोली चल्दा क्याफेभित्र स्टाफहरू उपस्थित थिए।
प्रहरीका अनुसार यस घटनामा कुनै व्यक्ति घाइते भएका छैनन्, तर क्याफेलाई केही भौतिक क्षति पुगेको छ। गोली प्रहारपछि क्याफेका झ्यालहरूमा गोली लागेका दागहरू देखिएका छन्।