काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको जन्मसिद्ध नागरिकता खारेज गर्ने कार्यकारी आदेशलाई अमेरिकाको एक संघीय अदालतले रोक लगाएको छ।
न्यु ह्याम्पशायर डिस्ट्रिक्ट कोर्टका न्यायाधीश जोसेफ लाप्लान्तेले बिहीबार ट्रम्पको कार्यकारी आदेश प्रभावित हुनेगरी आदेश सुनाएका हुन् । ‘नागरिकता कुनै पनि व्यक्तिको सबैभन्दा महत्त्वपूर्ण संवैधानिक अधिकार हो, जुन कसैबाट खोसिनु हुँदैन,’ आदेशमा भनिएको छ ।
ट्रम्पको उक्त कार्यकारी आदेश लागु भएमा अमेरिकामा जन्मिने हजारौं बच्चा नागरिकताबाट वञ्चित हुने खतरा रहेको भन्दै न्यायाधीश लाप्लान्तेले उक्त आदेशमा रोक लगाएका हुन्।