काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले दुई केन्द्रीय नेतालाई स्पष्टीकरण सोधेको छ ।
कार्यकारिणी सदस्य शम्भुनाथ साह र विरेन्द्र साह सोनारलाई स्पष्टीकरण सोधिएको हो । अनुशासन समितिका संयोजक नरेन्द्रप्रसाद चौधरीले दुवै जनालाई सात दिनभित्र स्पष्टीकरण बुझाउन पत्र काटेका छन् । दुवै जनालाई सामाजिक सञ्जालमा पार्टी निर्णयको विरोध गरेको कारणले स्पष्टीकरण सोधिएको छ ।
पार्टीको अहित हुने गरी कार्य गरेको हुँदा किन कारबाही गर्नु नपर्ने ? भन्दै स्पष्टीकरण सोधिएको छ ।