काठमाडौ । फाइनान्स कम्पनीहरूलाई निक्षेप संकलनमा लगाइएको सीमा हटेको छ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा खुलाएको हो ।
यसभन्दा अघि फाइनान्स कम्पनीले प्राथमिक पूँजीको १५ गुणसम्म निक्षेप संकलन गर्न पाउने सीमा थियो ।
अब सीमा हटाइएपछि त्योभन्दा बढी निक्षेप संकलन गर्न बाटो खुल्ने छ । राष्ट्र बैंकले निर्देशन जारी गर्दै मौद्रिक नीतिलाई कार्यान्वयनमा ल्याउनेछ ।