पर्सा | आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक (बन्द सत्र) आज नगर प्रमुख श्री प्रदुमन प्रसाद चौहानको अध्यक्षतामा सम्पन्न भएको छ।
उक्त कार्यक्रममा विशिष्ट अतिथिको रूपमा उप–प्रमुख श्रीमती रूबी ठाकुर, प्रमुख प्रशासकीय अधिकृत श्री राम विनय कुमार सिंह, एकदेखि दश नम्बरसम्मका सम्पूर्ण वडाका अध्यक्षज्यूहरू, सम्पूर्ण कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, कर्मचारी साथीहरू तथा आम नागरिकहरूको समेत उत्साहपूर्ण उपस्थिति रहेको थियो।
बैठकमा नगरको विकास, सेवा प्रवाह तथा आगामी योजना र बजेट सम्बन्धी विभिन्न विषयमा छलफल तथा निर्णयहरू भएको जनाइएको छ। नगरसभाले स्थानीय तहको सुशासन, पारदर्शिता र दिगो विकासलाई अझ प्रभावकारी बनाउने विषयमा जोड दिएको छ।