वीरगन्ज । भन्सार विभागको आयोजनामा छैठौँ भन्सार सुधार तथा आधुनिकीकरण योजनाको समिक्षा तथा सातौँ चरणको योजनाको आधारपत्र तर्जुमा सम्बन्धी सुझाव र व्यापार सहजीकरण बैठक सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा विद्यमान भन्सार प्रणालीमा छैठौँ योजनाबाट भएका सुधारका पक्षहरुको समिक्षा गर्दै सातौँ योजनाले अवलम्बन गर्नुपर्ने विभिन्न विषयगत क्षेत्रका सम्बन्धमा सुझावहरू प्रस्तुत गरिएका छन् ।
बैठकमा सङ्घका अध्यक्ष हरिप्रसाद गौतम, निवर्तमान अध्यक्ष अनिलकुमार अग्रवाल, वरिष्ठ उपाध्यक्ष माधव राजपाल, उपाध्यक्ष आशिषकुमार लाठ, महासचिव शिवजीप्रसाद साह, सहसचिव अनुप अग्रवाल, कार्यसमिति सदस्य सुरेश रुँगटा लगायत क्लियरिङ्ग एजेण्ट तथा ढुवानी व्यवसायीहरुले आ–आफ्ना धारणा, सुझाव र जिज्ञासा राखेका थिए । बैठकमा उद्योगी, व्यवसायी तथा सङ्घका कार्यसमिति सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।