वीरगंज | मिति २०८२ साल असार २६ गते बिहीबार नेपाल खानेपानी संस्थान वीरगंज कार्यालयमा निरीक्षण तथा छड्के अनुगमन सम्पन्न भएको छ। निरीक्षणको क्रममा संस्थान र कर्मचारीहरूको कार्यप्रणालीको समिक्षा गर्दै जनताको लागि जीवनोपयोगी सेवा वितरणमा निरन्तरता र प्रभावकारिता कायम राख्न विशेष निर्देशन दिइएको छ।
हालसालै जलवायु परिवर्तनको प्रतिकूल असरका कारण तराई–मधेस क्षेत्र विशेषगरी वीरगंजमा खानेपानी अभावको समस्या गम्भीर बन्दै गएको उल्लेख गर्दै, उक्त समस्याको समाधानका लागि नेपाल खानेपानी संस्थानले अन्य सरोकारवाला निकायहरूसँग सहकार्य गर्दै तुरुन्त कदम चाल्न आवश्यक रहेकोमा जोड दिइएको छ।
निरीक्षणका क्रममा कर्मचारीहरूलाई जनसेवाको भावनाले अहोरात्र खटिनुका साथै आवश्यक सल्लाह तथा सहकार्यका लागि सम्बन्धित मन्त्रालयसँग निरन्तर सम्पर्कमा रहन निर्देशन दिइएको छ।
खानेपानी जनताको आधारभूत अधिकार भएकाले यसको पहुँच सुनिश्चित गर्न सबै तहका सरकारी संयन्त्रहरू जिम्मेवारीपूर्वक अघि बढ्न जरुरी रहेको पुन: उल्लेख गरिएको छ।